Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा क्षेत्र नं. १ मा कडा भिडन्त : काँग्रेसबाट उद्योगी रुङ्गटा र कम्युनिष्ट राजनीतिकर्मी यादव आमने सामने

यस निर्वाचन क्षेत्रमा जनमत पार्टी बाट ओमप्रकाश सर्राफ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हरि पन्त, नेपाल कम्युनिष्ट पार्टीबाट अजय चौरसिया, जनता समाजवादी पार्टी (जसपा) नेपाल बाट रामनरेश यादव, उज्यालो नेपाल पार्टी बाट रामकिशोर सिंह (पराग) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट नन्दु श्रीवास्तवलगायत राजनीति दलका उम्मेदवारहरू पनि सक्रिय रूपमा चुनावी मैदानमा छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ६, २०८२
पर्सा क्षेत्र नं. १ मा कडा भिडन्त : काँग्रेसबाट उद्योगी रुङ्गटा र कम्युनिष्ट राजनीतिकर्मी यादव आमने सामने

वीरगंज (पर्सा), ६ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ । यस क्षेत्रमा व्यापारी पृष्ठभूमिका उम्मेदवार र लामो राजनीतिक अनुभव भएका नेताबीच मुख्य भिडन्त हुने आकलन गरिएको छ । विशेषगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदीप यादव र नेपाली कांग्रेसका अनिल रुंगटाबीच कडा प्रतिस्पर्धा हुने राजनीतिक वृत्तमा चर्चा छ ।

एमालेका उम्मेदवार यादव पूर्व मन्त्री तथा निर्वतमान सांसद हुन् । मधेश आन्दोलनको पृष्ठभूमिबाट राजनीतिक यात्रा सुरु गरेका उनी पछिल्लो समय जनता समाजवादी पार्टी परित्याग गरी एमालेबाट चुनावी मैदानमा उत्रिएका हुन् । दल परिवर्तन गरेसँगै मधेशका एजेन्डा त्यागेको आरोप उनीमाथि लाग्दै आएको छ । तर यादवले भने आफूले मन्त्री र सांसदका रूपमा गरेका विकास निर्माणका कामलाई आधार बनाएर मत मागिरहेका छन् । आफ्नो कार्यकालमा क्षेत्रको पूर्वाधार, शिक्षा र अन्य विकासका क्षेत्रमा योगदान दिएको दाबी गर्दै उनले सधैं जनताको सुख–दुःखमा साथ दिएको बताउँदै आएका छन् ।

यता कांग्रेसका उम्मेदवार रुंगटा उद्योगी तथा व्यवसायीका रूपमा परिचित छन् । उनी समानुपातिक कोटाबाट संविधानसभा सदस्य भइसकेका व्यक्ति हुन् । संविधानसभा सदस्य रहँदा उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको र चुनावी समयमा मात्र सक्रिय हुने गरेको आरोप उनीमाथि लाग्दै आएको छ । त्यस्तै, उनले सञ्चालन गरेको उद्योगका कारण सिर्सिया नदी प्रदूषित बनेको तथा नेपाली कामदारको सट्टा भारतीय कामदार बढी रोजगारी दिएको भन्ने विषयमा स्थानीयस्तरमा असन्तोष देखिएको छ । यद्यपि, रुंगटाले यी आरोप अस्वीकार गर्दै आफू विकास र आर्थिक रूपान्तरणको स्पष्ट योजनासहित मैदानमा उत्रिएको बताएका छन् । उनले निर्वतमान सांसदको कार्यशैलीप्रति प्रश्न उठाउँदै अब क्षेत्रलाई नयाँ सोच र नेतृत्व आवश्यक रहेको दाबी गरेका छन् ।

यस निर्वाचन क्षेत्रमा अन्य राजनीतिक दलका उम्मेदवारहरू पनि सक्रिय रूपमा चुनावी प्रतिस्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हरि पन्त, नेपाल कम्युनिष्ट पार्टी बाट अजय चौरसिया, जनता समाजवादी पार्टी (जसपा) नेपाल बाट रामनरेश यादव, जनमत पार्टी बाट ओमप्रकाश सर्राफ, उज्यालो नेपाल पार्टी बाट रामकिशोर सिंह (पराग) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट नन्दु श्रीवास्तवलगायत उम्मेदवार मैदानमा छन् ।

रास्वपाका उम्मेदवार पन्त पेशाले होटल व्यवसायी हुन् र राजनीतिमा अपेक्षाकृत नयाँ अनुहारका रूपमा देखिएका छन् । त्यस्तै नेकपाका उम्मेदवार चौरसिया चार्टर्ड एकाउन्टेन्ट (सिए) पृष्ठभूमिबाट आएका नयाँ प्रतिस्पर्धी हुन् । उज्यालो नेपाल पार्टीका पराग भने वडाध्यक्ष पदबाट राजीनामा दिएर संघीय संसदतर्फ उक्लिएका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस क्षेत्रको मुख्य प्रतिस्पर्धा यादव र रुंगटाबीच केन्द्रित रहने सम्भावना बढी छ । यद्यपि, रास्वपाले देशभर वैकल्पिक राजनीतिक शक्तिको रूपमा आकर्षण बढाइरहेका बेला त्यसको प्रभाव पर्सा–१ मा पनि देखिन सक्ने आँकलन गरिएको छ । विशेषगरी रास्वपाले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सारेको सन्देशले युवापुस्तामाझ उत्साह थपेको विश्लेषण गरिएको छ ।

निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा–१ मा घरदैलो, सभा–सम्मेलन र मतदाता भेटघाट तीव्र बनेका छन् । अब मतदाताले अनुभव र नयाँ विकल्पमध्ये कसलाई रोज्छन् भन्ने चासो बढ्दो छ । यस पटकको परिणामले पर्सा–१ को मात्र होइन, समग्र मधेश क्षेत्रको राजनीतिक दिशासमेत संकेत गर्ने अपेक्षा गरिएको छ ।

Tags: उद्योगी पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा रहेका रुङ्गटाप्रति आरोप प्रत्यारोप तीव्र
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि