Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रामकिशोर सिंह (पराग) को घरदैलो, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधार प्राथमिकता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ६, २०८२
रामकिशोर सिंह (पराग) को घरदैलो, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधार प्राथमिकता

वीरगंज (पर्सा), ६ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर-१ का रामकिशोर सिंह (पराग) ले वीरगंज महानगरपालिका विभिन्न वडामा घरदैलो तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् । कार्यक्रमको मुख्य उद्देश्य स्थानीय समस्याहरू बुझ्नु र आगामी प्रतिनिधिसभा निर्वाचनका लागि जनसमर्थन जुटाउनु रहेको थियो ।

सिंहले वडा नं. ७ अन्तर्गत कुम्हालटोल र रामटोल तथा वडा नं. ३२ को तेढा गाउँमा घरदैलो गर्दै स्थानीयबासी र युवाहरूका गुनासा र सुझाव सुनेका थिए । सहभागीहरूले बस्ती व्यवस्थापन, नाला र सडक सुधार, शिक्षा र स्वास्थ्य सेवामा देखिएका समस्या र रोजगारी अभावजस्ता मुद्दा उठाएका थिए । विशेषगरी युवाहरूले रोजगारी नपाउँदा केही युवा लागुऔषधको चपेटामा परेको विषय उठाउँदा सिंहले यसलाई गम्भीर समस्या ठानेर तुरुन्तै समाधानका लागि प्रतिबद्धता व्यक्त गरे ।

उम्मेदवार सिंहले निर्वाचित भएलगत्तै स्थानीय कलकारखानामा योग्य र स्थानीय युवाहरूलाई रोजगारीका अवसर दिने, सीपमूलक तालिम सञ्चालन गर्ने तथा स्वरोजगारका कार्यक्रम अघि बढाउने योजना रहेको बताए । उनले गाउँटोलको समग्र विकास, सडक र नालाको स्तरोन्नति, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने प्राथमिकतामा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा स्थानीय बासिन्दाले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ जस्तै परिणाममुखी र काम गर्ने नेतृत्व आवश्यक रहेको बताए । ‘हामी तपाईंको साथमा छौं, तपाईं पनि त्यस्तै प्रभावकारी काम गर्नुहोस्,’ स्थानीयहरूले सिंहलाई प्रोत्साहित गर्दै विश्वास व्यक्त गरे ।

सिंहले आफ्नो विगतको अनुभवलाई संघीय संसदसम्म पुर्‍याउँदै क्षेत्रीय विकासका मुद्दाहरूलाई सशक्त रूपमा उठाउने र समस्याहरूको दीर्घकालीन समाधान ल्याउने दाबी पनि गरे । उनका यी योजनाहरूले मतदातामा विश्वास निर्माण गर्दै युवाहरूको आकर्षणको केन्द्र बनाएको विश्लेषकहरूले बताएका छन् ।

घरदैलो तथा पार्टी प्रवेश कार्यक्रममा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो । यसले सिंहको क्षेत्रीय उपस्थितिलाई बलियो बनाएको र आगामी निर्वाचनमा जनसमर्थनमा वृद्धि गर्ने संकेत दिएको छ । सिंहको अभियानले स्थानीय मुद्दा र विकासमुखी एजेन्डालाई प्राथमिकतामा राख्दै मतदातासँग प्रत्यक्ष सम्पर्क कायम गरेको विश्लेषकहरूले बताएका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

अशोज ३१, २०८३
औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

अशोज ३१, २०८३
चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

अशोज ३१, २०८३
चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

अशोज ३१, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि