Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-२ मा अशोक टेमानीको भव्यरात्री सभा, विभिन्न दल त्याग्दै सयौँ युवा जसपामा समाहित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ६, २०८२
पर्सा-२ मा अशोक टेमानीको भव्यरात्री सभा, विभिन्न दल त्याग्दै सयौँ युवा जसपामा समाहित

वीरगंज (पर्सा), ६ फागुन । वीरगंज महानगरपालिका वडा नं. २७ मा आयोजित जनता समाजवादी पार्टी (जसपा) को रात्रीसभा तथा पार्टी प्रवेश कार्यक्रम उत्साहपूर्ण सहभागितासहित सम्पन्न भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सा निर्वाचन क्षेत्र नं. २ का जसपा उम्मेदवार अशोक टेमानीको समर्थनमा आयोजित उक्त कार्यक्रममा सयौँ युवाहरू विभिन्न राजनीतिक दल परित्याग गरी जसपामा प्रवेश गरेका छन् ।

रातिको समयमा आयोजना गरिएको कार्यक्रम नाराबाजी, गीत–संगीत र राजनीतिक सम्बोधनले भरिएको थियो । सहभागी युवाहरूले ‘अब परिवर्तन चाहिन्छ’ भन्दै क्षेत्रको विकासका लागि नयाँ नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । नवप्रवेशीहरूलाई उम्मेदवार टेमानीसहित जसपाका नेता एवं पूर्वमन्त्री रमेश कुर्मी र नेतृ करिमा बेगमलगायतका नेताहरूले अविर–टिका लगाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका थिए । स्वागतपछि बोल्दै नेताहरूले युवाशक्तिको साथ र विश्वासले क्षेत्रको राजनीतिक समीकरण परिवर्तन गर्ने दाबी गरे ।

कार्यक्रममा बोल्दै नवप्रवेशी युवाहरूले पर्सा–२ को विकासका लागि टेमानी नै उपयुक्त विकल्प भएको जिकिर गरे । विगतका चुनावमा विभिन्न दल र नेताहरूले आश्वासन मात्रै बाँडेको तर अपेक्षित काम नगरेको आरोप उनीहरूले लगाए । पटक पटकको निराशाजनक अनुभवपछि अब व्यवहारमा परिणाम देखाउने नेतृत्व आवश्यक भएको उनीहरूको भनाइ थियो ।

युवाहरूले टेमानी शिक्षित, अनुभवी र सफल उद्योगी भएकाले विकासको स्पष्ट दृष्टिकोण राख्न सक्ने नेता भएको दाबी गरे । ‘हामीलाई भाषण होइन, काम चाहिएको छ,’ एक नवप्रवेशीले भने, ‘समस्या सुन्ने, बुझ्ने र समाधान खोज्न सक्ने क्षमता टेमानीमा देख्यौं, त्यसैले जसपामा प्रवेश गरेका हौं ।’

टेमानीले पनि युवाहरूको विश्वासप्रति आभार व्यक्त गर्दै क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, पूर्वाधार विस्तार तथा उद्योग व्यवसाय प्रवद्र्धनमार्फत आर्थिक सशक्तीकरण आफ्नो मुख्य एजेन्डा रहेको उनले बताए । उनले भने, ‘पर्सा–२ लाई समृद्ध बनाउने स्पष्ट योजना लिएर मैदानमा उत्रिएको छु । तपाईंहरूको साथले परिवर्तन सम्भव छ ।’

पूर्वमन्त्री रमेश कुर्मीले जसपा मधेश र उत्पीडित समुदायको अधिकारका लागि निरन्तर संघर्षरत पार्टी भएको उल्लेख गर्दै अब विकास र सुशासनको अभियानलाई अगाडि बढाउने समय आएको बताए । नेतृ करिमा बेगमले महिलाहरू र युवाहरूको सहभागिता बढ्दै जानु सकारात्मक संकेत भएको धारणा राखिन् ।

निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा–२ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । विभिन्न दलहरू घरदैलो, सभासम्मेलन र संगठन विस्तारमा सक्रिय छन् । तर वडा नं. २७ मा भएको यस रात्रीसभाले जसपाको संगठनात्मक आधार सुदृढ हुँदै गएको सन्देश दिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

अशोज ३१, २०८३
औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

अशोज ३१, २०८३
चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

अशोज ३१, २०८३
चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

अशोज ३१, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि