Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान तीव्र, पर्सा-१ मा हरि पन्तको आक्रामक घरदैलो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ६, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान तीव्र, पर्सा-१ मा हरि पन्तको आक्रामक घरदैलो

वीरगंज (पर्सा), ६ फागुन । पर्सा जिल्लामा निर्वाचनको माहोल तातिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी गतिविधि तीव्र बनाएको छ । पर्सा–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा रास्वपा पर्सा सभापति हरि पन्तले घरदैलो अभियानलाई थप सक्रिय बनाउँदै संगठन सुदृढीकरण र पार्टी कार्यालय विस्तारलाई समानान्तर रूपमा अघि बढाएका छन् ।

वीरगंजको हरपतगञ्ज क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीय बासिन्दाको सहभागिता देखिएको थियो । टोल टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका पन्तले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र जनउत्तरदायी प्रशासनलाई आफ्नो प्रमुख चुनावी एजेन्डा भएको स्पष्ट पारे । उनले परम्परागत राजनीतिक संस्कारबाट आजित नागरिकले अब नयाँ विकल्प रोज्नुपर्ने समय आएको धारणा व्यक्त गरे ।

कार्यक्रमका क्रममा समर्थकहरूले घण्टी बजाउँदै ‘जय घण्टी’ तथा ‘अबकी बार, वैकल्पिक सरकार’ जस्ता नाराले वातावरण उत्साहपूर्ण बनाएका थिए । ‘राजनीति सेवा गर्ने माध्यम हो, सत्ताको साधन होइन,’ भन्ने सन्देश दोहोर्‍याउँदै पन्तले जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

घरदैलोका क्रममा स्थानीयवासीले रोजगारी अभाव, कृषि क्षेत्रको समस्या, सडक तथा आधारभूत पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर लगायत समग्र आर्थिक राजनीतिक अस्थिरताबारे जिज्ञासा राखेका थिए । प्रत्युत्तरमा पन्तले योजनाबद्ध, पारदर्शी र परिणाममुखी विकासमार्फत यी समस्या समाधान गर्ने अठोट व्यक्त गरे । साथै, केन्द्र सरकारसँग प्रभावकारी समन्वयका लागि रास्वपालाई समर्थन गर्न आग्रह गरे ।

यसै सन्दर्भमा, पन्तले इनरुवामा रास्वपाको सम्पर्क कार्यालय उद्घाटनसमेत गरेका छन् । उद्घाटन कार्यक्रममा उनले स्थानीयवासीबाट प्राप्त माया, विश्वास र साथप्रति कृतज्ञता व्यक्त गर्दै त्यसलाई सधैं सम्मान गर्ने प्रतिबद्धता जनाए । कार्यक्रम विजय साहको सभापतित्वमा सम्पन्न भएको थियो भने सहजीकरण सन्तोष पटेलले गरेका थिए । महानगर सभापति अमन आलम, जिल्ला सचिव सुदिश प्रजापती, दिलिप कुर्मी, मुकेध पटेललगायत नेताहरूको उपस्थिति रहेको थियो । कार्यालय स्थापनामा सम्साद आलम, तबरेज अहमद र सन्नी कुमार गुप्ताले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

निर्वाचन मिति नजिकिँदै जाँदा पर्सामा प्रमुख राजनीतिक दलहरू घरदैलो, सभासम्मेलन र संगठन विस्तारमार्फत मतदाता आकर्षित गर्न प्रतिस्पर्धात्मक रूपमा जुटेका छन् । रास्वपाले भने आफूलाई वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित गर्दै जनसमर्थन विस्तार गर्ने रणनीति अघि बढाएको जनाएको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि