Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छपकैयामा सुशील साहको घरदैलो, मतदाता भेटघाट र विकास एजेन्डा प्रस्तुत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ६, २०८२
छपकैयामा सुशील साहको घरदैलो, मतदाता भेटघाट र विकास एजेन्डा प्रस्तुत

वीरगंज (पर्सा), ६ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील कुमार कानुले बुधबार वीरगंज महानगरपालिका–३, छपकैयामा घरदैलो तथा जनता दर्शन कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना विकास योजना र प्रतिबद्धताहरू प्रस्तुत गरे ।

कानुले रास्वपाको करार पत्रअनुसार आगामी पाँच वर्षसम्म जनताको सेवा गर्ने वाचा गर्दै पर्सा क्षेत्रको जीवनस्तर उकास्ने र भुईँ तहका नागरिकहरूको आवाज संसद्मा पुर्‍याउने बताएका छन् । उनले भने, ‘मसँग पर्साको सर्वाङ्गीण विकासका लागि स्पष्ट एजेन्डा, रोडम्याप र ब्लु प्रिन्ट छ ।’

उक्त कार्यक्रममा कानुले विगतका निर्वाचित प्रतिनिधिहरूमाथि रोजगार, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा पर्याप्त काम नगरेको आरोप लगाउँदै निर्वाचित भए तुरुन्तै परिवर्तन गर्ने दाबी गरे । उनले मतदातालाई घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै रास्वपाका सबै उम्मेदवारलाई विजयी गराएर मधेशी समुदायका बालेन्द्र शाहलाई देशकै पहिलो प्रधानमन्त्री बनाउन सकिने बताएका छन् ।

कानुले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा प्राथमिकता दिने प्रतिवद्धता दोहोर्‍याए । साथै मुस्लिम महिला र युवाहरूलाई रोजगारीमुखी तथा सीपमूलक तालिम प्रदान गर्ने योजना अगाडि सार्ने बताए । कार्यक्रममा छपकैयाका स्थानीयवासी, विशेषगरी युवाहरू र ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता देखियो । युवा मतदाताहरूले उत्साहपूर्वक स्वागत गर्दै ‘परिवर्तनका लागि घण्टीमा मत हालौँ’ भन्ने नारासहित समर्थन जनाए ।

संचालन समितिका अनुसार कार्यक्रमले क्षेत्रीय विकास र जनप्रतिनिधित्वका मुद्दामा कानुको स्पष्ट दृष्टिकोण र योजना जनसमुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले जनताको माग, समस्या र अपेक्षाहरू सुनेका थिए र ती प्राथमिकताका आधारमा आफ्नो कार्यसूची निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचन नजिकिँदै गर्दा पर्सा–२ मा घरदैलो, जनता भेटघाट र संवाद कार्यक्रमहरू तीव्र गतिमा सञ्चालन भइरहेका छन् । कानुको यो कार्यक्रममा देखिएको व्यापक सहभागिता र उत्साहले रास्वपाको क्षेत्रीय उपस्थितिलाई बलियो बनाएको विश्लेषकहरूले बताएका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

अशोज ३१, २०८३
औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

अशोज ३१, २०८३
चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

अशोज ३१, २०८३
चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

अशोज ३१, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि