Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छपकैयामा सुशील साहको घरदैलो, मतदाता भेटघाट र विकास एजेन्डा प्रस्तुत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ६, २०८२
छपकैयामा सुशील साहको घरदैलो, मतदाता भेटघाट र विकास एजेन्डा प्रस्तुत

वीरगंज (पर्सा), ६ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील कुमार कानुले बुधबार वीरगंज महानगरपालिका–३, छपकैयामा घरदैलो तथा जनता दर्शन कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना विकास योजना र प्रतिबद्धताहरू प्रस्तुत गरे ।

कानुले रास्वपाको करार पत्रअनुसार आगामी पाँच वर्षसम्म जनताको सेवा गर्ने वाचा गर्दै पर्सा क्षेत्रको जीवनस्तर उकास्ने र भुईँ तहका नागरिकहरूको आवाज संसद्मा पुर्‍याउने बताएका छन् । उनले भने, ‘मसँग पर्साको सर्वाङ्गीण विकासका लागि स्पष्ट एजेन्डा, रोडम्याप र ब्लु प्रिन्ट छ ।’

उक्त कार्यक्रममा कानुले विगतका निर्वाचित प्रतिनिधिहरूमाथि रोजगार, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा पर्याप्त काम नगरेको आरोप लगाउँदै निर्वाचित भए तुरुन्तै परिवर्तन गर्ने दाबी गरे । उनले मतदातालाई घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै रास्वपाका सबै उम्मेदवारलाई विजयी गराएर मधेशी समुदायका बालेन्द्र शाहलाई देशकै पहिलो प्रधानमन्त्री बनाउन सकिने बताएका छन् ।

कानुले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा प्राथमिकता दिने प्रतिवद्धता दोहोर्‍याए । साथै मुस्लिम महिला र युवाहरूलाई रोजगारीमुखी तथा सीपमूलक तालिम प्रदान गर्ने योजना अगाडि सार्ने बताए । कार्यक्रममा छपकैयाका स्थानीयवासी, विशेषगरी युवाहरू र ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता देखियो । युवा मतदाताहरूले उत्साहपूर्वक स्वागत गर्दै ‘परिवर्तनका लागि घण्टीमा मत हालौँ’ भन्ने नारासहित समर्थन जनाए ।

संचालन समितिका अनुसार कार्यक्रमले क्षेत्रीय विकास र जनप्रतिनिधित्वका मुद्दामा कानुको स्पष्ट दृष्टिकोण र योजना जनसमुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले जनताको माग, समस्या र अपेक्षाहरू सुनेका थिए र ती प्राथमिकताका आधारमा आफ्नो कार्यसूची निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचन नजिकिँदै गर्दा पर्सा–२ मा घरदैलो, जनता भेटघाट र संवाद कार्यक्रमहरू तीव्र गतिमा सञ्चालन भइरहेका छन् । कानुको यो कार्यक्रममा देखिएको व्यापक सहभागिता र उत्साहले रास्वपाको क्षेत्रीय उपस्थितिलाई बलियो बनाएको विश्लेषकहरूले बताएका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि