Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

डौकैला-बहुवरीमा अशोक टेमानीको घरदैलो, खानेपानीदेखि कृषि सुधारसम्म प्राथमिकता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ५, २०८२
डौकैला-बहुवरीमा अशोक टेमानीको घरदैलो, खानेपानीदेखि कृषि सुधारसम्म प्राथमिकता

वीरगंज (पर्सा), ५ फागुन । पर्सा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक टेमानीले बहुदरमाई नगरपालिका–४ अन्तर्गत डौकैला–बहुवरी चौक क्षेत्रमा घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट उम्मेदवारी दिएका टेमानीले टोल–टोल पुगेर स्थानीयका गुनासा सुनेका हुन् ।

घरदैलो क्रममा ज्येष्ठ नागरिक, महिला, युवा तथा कृषकसँग छलफल गर्दै उनले गाउँलेले भोगिरहेका दैनन्दिन समस्याबारे जानकारी लिए । स्थानीयले स्वच्छ खानेपानीको अभाव, विद्यालयमा पूर्वाधार र गुणस्तरीय शिक्षाको कमी, शिक्षक अभाव तथा स्वास्थ्य चौकीको कमजोर सेवाका विषय उठाएका थिए ।

कृषकहरूले सिँचाइ सुविधा नपुग्नु, मल–बीउ आपूर्तिमा ढिलाइ हुनु र उत्पादनको उचित बजार नपाउनु जस्ता समस्याले खेतीपाती प्रभावित भएको बताएका थिए । ग्रामीण जीवनस्तर उकास्न आधारभूत सेवामा सुधार अपरिहार्य रहेको उनीहरूको जोड थियो ।

स्थानीयका कुरा सुनेपछि टेमानीले जनताको समस्या आफ्नै सरोकार भएको उल्लेख गर्दै योजनाबद्ध ढंगले समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाए । ‘म पदका लागि होइन, परिणामका लागि राजनीतिमा आएको हुँ । खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि सुधार बिना समग्र विकास सम्भव छैन,’ उनले भने ।

उनले स्थानीय पूर्वाधार सुदृढीकरण, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा गुणस्तरीय शिक्षा–स्वास्थ्य सेवाको विस्तारलाई प्राथमिकतामा राख्ने बताए । कार्यक्रममा सहभागी स्थानीयले विकासमुखी नेतृत्वलाई साथ दिने विश्वास व्यक्त गरेका थिए ।

यस अभियानसँगै टेमानीले क्षेत्र नं. २ का विभिन्न गाउँ–टोलमा चुनावी गतिविधि तीव्र बनाएका छन् । जनतासँग प्रत्यक्ष संवादमार्फत सम्बन्ध सुदृढ गर्दै उनले आफ्नो अभियानलाई स्थानीय आवश्यकता र विकासकेन्द्रित एजेन्डामा केन्द्रित गरेका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि