Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-२ मा सुशील कुमार कानुको घरदैलो, कृषि र स्वास्थ्य सुधार पहिलो प्राथमिकता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ५, २०८२
पर्सा-२ मा सुशील कुमार कानुको घरदैलो, कृषि र स्वास्थ्य सुधार पहिलो प्राथमिकता

वीरगंज (पर्सा), ५ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुशील कुमार कानुले पर्सागढी नगरपालिका–३ बढनिहारमा घरदैलो अभियान सञ्चालन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दिएका कानुले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै घण्टी चुनाव चिन्हमा समर्थन गर्न अपिल गरे ।

घरदैलोका क्रममा स्थानीयले अस्पताल अभाव, खेलकुद पूर्वाधारको कमी तथा कृषकले भोग्दै आएको मल र सिँचाइ समस्याबारे गुनासो राखेका थिए । ती विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कानुले कृषि नै यस क्षेत्रको मुख्य आधार भएकाले किसानलाई समयमै मल र पानी उपलब्ध गराउनु अत्यावश्यक रहेको बताए । निर्वाचित भए यी मुद्दालाई प्राथमिकतामा राखेर समाधानतर्फ ठोस पहल गर्ने उनको भनाइ थियो ।

युवालाई लक्षित कार्यक्रमअन्तर्गत स्थानीय तहमै पशुपालनसम्बन्धी प्राविधिक तालिम सञ्चालन गर्ने, स्वरोजगारका अवसर विस्तार गर्ने तथा रोजगारी सिर्जनामा जोड दिने योजना पनि उनले सार्वजनिक गरे । वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता घटाएर युवालाई आफ्नै गाउँ–ठाउँमा सम्भावना निर्माण गर्न सहयोग पुर्‍याउने उद्देश्य रहेको उनले स्पष्ट पारे ।

कानुले प्रभावकारी अस्पताल व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच र शिक्षाको गुणस्तर अभिवृद्धिलाई पार्टीको मुख्य एजेन्डाका रूपमा अघि सारे । ‘जनताको आधारभूत आवश्यकता सुनिश्चित नगरी विकासको चर्चा गर्नु सार्थक हुँदैन,’ उनले भने ।

घरदैलो कार्यक्रममा बढनिहारका ज्येष्ठ नागरिक, महिला, युवा तथा कृषक समुदायको उल्लेख्य सहभागिता देखिएको थियो । सहभागीहरूले परिवर्तनको पक्षमा समर्थन जनाउँदै यसपटकको मतले सकारात्मक रूपान्तरण ल्याउने विश्वास व्यक्त गरेका छन् । कार्यक्रमले बढनिहार क्षेत्रमा रास्वपाप्रति बढ्दो चासो र चुनावी गतिविधि थप सक्रिय बन्दै गएको संकेत गरेको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि