Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सब-इन्जिनियर यादवको हत्याको विरोधमा वीरगंजमा प्रदर्शन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ५, २०८२
सब-इन्जिनियर यादवको हत्याको विरोधमा वीरगंजमा प्रदर्शन

वीरगंज (पर्सा), ५ फागुन । सर्लाहीको मलंगवामा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको घटनाको विरोधमा वीरगंजमा प्रदर्शन गरिएको छ । मंगलबार घण्टाघर क्षेत्रमा भेला भएका प्रदर्शनकारीहरूले हातमा नाराले भरिएका प्लेकार्ड बोकेर दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले हत्यामा संलग्न व्यक्ति अझै खुला रूपमा हिँडिरहेको आरोप लगाउँदै सरकारको निष्क्रियताप्रति असन्तोष व्यक्त गरे ।

उनीहरूले शान्तिपूर्ण रूपमा न्यायको माग राख्दै पीडित परिवारलाई न्याय दिलाउन राज्य गम्भीर हुनुपर्ने बताए । मलङ्गवा नगरपालिका–१० देवीटोलस्थित डेराबाट बाहिर बोलाएर अज्ञात समूहले फागुन ३ गते साँझ करिब ८ बजे ३६ वर्षीय प्रमोद कुमार यादवमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । यादवको स्थायी घर क्गपजष्उगच नगरपालिका–६ बैशाखामा रहेको छ । उनी सर्लाहीको भौतिक पूर्वाधार विकास कार्यालयमा सब–इन्जिनियरका रूपमा कार्यरत थिए ।

सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार यादव सोही दिन दिउँसो मात्रै बुबाको काजकिरिया सम्पन्न गरी मलंगवा फर्किएका थिए । घर पुगेको केही समयमै उनीमाथि आक्रमण भएको उनले बताए । मृतककी श्रीमती पुनम यादवका अनुसार मोटरसाइकलमा आएका व्यक्तिले प्रमोदलाई कोठाबाट बाहिर बोलाएका थिए । बाहिर निस्किएलगत्तै उनको देब्रे छातीमा गोली प्रहार गरिएको थियो । घटनापछि घाइते अवस्थाबाट उनलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनास्थलबाट प्रहरीले गोलीको एक खोका बरामद गरेको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार प्रारम्भिक अनुसन्धानले सानो हतियार अर्थात् पेस्तोल प्रयोग भएको संकेत गरेको छ । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । यसैबीच, घटनाको विरोधस्वरूप नेपाल इन्जिनियर्स एसोसिएशन वीरगंज च्याप्टर/केन्द्रले मंगलबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ‘पेन डाउन’ कार्यक्रम सञ्चालन गरेको छ । च्याप्टरका सभापति ई. प्रियान्सु गुप्ताका अनुसार कार्यालय समयमा कालोपट्टी बाँधेर शान्तिपूर्ण विरोध जनाइएको हो ।

मधेश प्रदेश अन्तर्गत कार्यरत कर्मचारीहरुको पेनडाउन
भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेशअन्तर्गत कार्यरत कर्मचारीले सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या घटनाको विरोधमा मंगलबार ‘पेनडाउन’ गरेका छन् । कर्मचारीले हातमा कालोपट्टी बाँधेर कार्यालयको कामकाज पूर्ण रूपमा ठप्प पार्नुका साथै घटनाको निष्पक्ष तथा शीघ्र छानबिनको माग गरेका छन् ।

पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इन्जिनियर यादवको आइतबार राति मलङ्गवा नगरपालिका–१० मा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । यस घटनापछि प्रदेशभरिका प्राविधिक र प्रशासनिक कर्मचारी आन्दोलित बनेका छन् । आन्दोलनमा सहभागी कर्मचारीले सार्वजनिक सेवामा खटिएका प्राविधिकमाथि भइरहेको आक्रमणले कार्यस्थलको सुरक्षा कमजोर भएको बताए ।

साथै, दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । कर्मचारीका विभिन्न सङ्घसङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् । यस्ता हिंसात्मक घटनाले कर्मचारीको मनोबल घटाउने र सेवा प्रवाहमा प्रत्यक्ष असर पार्ने विज्ञप्तिमा उल्लेख छ ।

Tags: सदरमुकाममै दिनदहाडै हत्या: सर्लाहीको सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि