Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अनुभव, दृष्टि र प्रत्यक्ष संवादसहित ‘उद्योगबाट नीति निर्माणसम्म’ को लागि मतदातामाझ टेमानी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ४, २०८२
अनुभव, दृष्टि र प्रत्यक्ष संवादसहित ‘उद्योगबाट नीति निर्माणसम्म’ को लागि मतदातामाझ टेमानी

वीरगंज (पर्सा), ४ फागुन । पर्सा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक कुमार टेमानीले आफ्नो घरदैलो अभियानलाई थप सशक्त बनाउँदै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसमेत रहेका टेमानीले उद्योग, व्यवसाय र समाजसेवामा हासिल गरेको लामो अनुभवलाई अब नीति निर्माण र क्षेत्रीय विकासमा रूपान्तरण गर्ने प्रतिवद्धता जनाउँदै अभियान अघि बढाएका हुन् ।

३५ वर्षभन्दा बढीको व्यावसायिक यात्रामा उद्योग, व्यापार, आयात निर्यात, अन्तर्राष्ट्रिय व्यवसाय तथा लजिस्टिक्स क्षेत्रमा दक्षता हासिल गरेका टेमानीले आफूलाई ‘व्यवहारिक अनुभव भएको उम्मेदवार’ का रूपमा प्रस्तुत गरिरहेका छन् । घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास, उद्योग व्यापार प्रवद्र्धन, युवा उद्यमशीलता र लगानीमैत्री वातावरण निर्माणका विषयमा विस्तृत छलफल गरिरहेका छन् ।

टोल टोलमा पुगेर मतदाताको गुनासो सुन्ने र तत्कालै समाधानका सम्भावित उपायहरू प्रस्तुत गर्ने शैलीले टेमानीको अभियानलाई अन्य उम्मेदवारभन्दा फरक बनाएको समर्थकहरूको दाबी छ । ‘हामीलाई भाषण होइन, समाधान चाहिएको छ,’ एक स्थानीय व्यवसायीले भने, ‘टेमानीज्यूले उद्योग र रोजगारीका विषयमा स्पष्ट योजना सुनाउनुभएको छ ।’

टेमानीले आफ्नो अन्तर्राष्ट्रिय अध्ययन र अनुभवलाई पनि अभियानको मुख्य एजेण्डा बनाएका छन् । हार्वर्ड विश्वविद्यालय (अमेरिका) मा नेतृत्व तथा सार्वजनिक नीति सम्बन्धी कार्यकारी शिक्षा, अमेरिका, जापान र डेनमार्कमा प्राप्त व्यवस्थापन तथा स्वच्छ उत्पादन तालिमको अनुभवलाई नेपालमा व्यवहारिक रूपमा लागू गर्ने उनको प्रतिबद्धता छ । ‘स्थानीय सम्भावनालाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्न सकियो भने पर्सा आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्छ,’ टेमानीले एक अन्तरक्रियामा बताएका छन् ।

उनको संस्थागत नेतृत्व अनुभव पनि अभियानमा प्रमुख आधार बनेको छ । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष, एफ.एन.सि.सि.आई. नेपालका कार्यकारी बोर्ड सदस्य तथा वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षको रूपमा काम गरिसकेका टेमानीले उद्योग व्यवसाय क्षेत्रको नीतिगत समस्या नजिकबाट बुझेको दाबी गर्छन् ।

घरदैलो अभियानका क्रममा युवाहरूले रोजगारी र सीप विकास केन्द्र स्थापना, महिलाहरूले स्वरोजगार र सहुलियत कर्जा, किसानहरूले कृषि प्रशोधन उद्योगको माग अघि सारेका छन् । टेमानीले यी मागहरूलाई आफ्नो प्राथमिक कार्यसूचीमा राख्ने आश्वासन दिएका छन् । ‘स्थानीय उत्पादनलाई मूल्य श्रृंखलासँग जोडेर रोजगारी सिर्जना गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ,’ उनले बताएका छन् ।

समाजसेवामा सक्रिय भूमिकाका कारण पनि टेमानी स्थानीय समुदायमा परिचित छन् । नेपाल रेडक्रस सोसाइटी, नेत्र ज्योति संघ, लायन्स क्लव तथा शैक्षिक संस्थासँगको संलग्नताले उनलाई सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध नेतृत्वका रूपमा चिनाएको समर्थकहरूको भनाइ छ । अभियानको क्रममा टेमानीले स्पष्ट सन्देश दिइरहेका छन् ‘अब विकासका लागि अनुभवी र नीति दृष्टि भएको नेतृत्व आवश्यक छ ।’ उनका अनुसार पर्सा क्षेत्र नं. २ लाई औद्योगिक हब, रोजगारी केन्द्र र शैक्षिक स्वास्थ्य पूर्वाधारमा अग्रणी क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना छ, यदि सही योजना र पारदर्शी कार्यान्वयन भयो भने ।

घरदैलो अभियानसँगै टेमानीको चुनावी सक्रियता तीव्र बन्दै गएको छ । प्रत्यक्ष संवाद, स्पष्ट योजना र अनुभवको संयोजनले उनको उम्मेदवारीलाई बलियो बनाएको समर्थकहरूको विश्वास छ । अब मतदाताको निर्णयले पर्सा क्षेत्र नं. २ को विकास यात्रामा नयाँ अध्याय सुरु हुने कि नहुने तय गर्नेछ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि