Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हुण्डीको पैसा असुल्न आएका दुई भारतीय कारोबारी पक्राउ, ४० लाखमा रिहा, प्रहरीको भूमिका शंकास्पद

बिना ठोस प्रमाण पक्राउ परेका विदेशी नागरिकलाई लामो समय हिरासतमा राख्न कानुनी जटिलता हुने देखिएपछि प्रहरी र सम्बद्ध व्यक्तिबीच ‘सम्झौता’ भएको र ४० लाख रुपैयाँ लिएर रिहा गरिएको श्रोतले जनाएको छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
फाल्गुन ३, २०८२
हुण्डीको पैसा असुल्न आएका दुई भारतीय कारोबारी पक्राउ, ४० लाखमा रिहा, प्रहरीको भूमिका शंकास्पद

मलङ्गवा (सर्लाही), ३ फागुन । सर्लाही प्रहरीले ४० लाख रुपैयाँ घुस लिएर दुई जना भारतीय हुण्डी कारोबारीलाई रातारात छाडेको घटना सार्वजनिक भएको छ । भारतको विहार राज्य अन्तर्गत सितामढीस्थित गुदरी बजारका कुख्यात भनिएका हुण्डी कारोबारी शम्भु प्रसाद र कृष्ण प्रसादलाई पक्राउ गरी सर्लाही प्रहरीले ४० लाख रुपैयाँ लिएर रातारात छाडेको श्रोतले जनाएको छ ।

घटनाको सुरुआत गत बुधबार साँझ सर्लाहीको राजश्री चोकस्थित गोरखकाली रोडबाट भएको बताइन्छ । जिल्ला प्रहरी कार्यालय सर्लाही मातहतको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले सेतो रङको इनोभा कार र कालो रङको स्कर्पियोसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरू हुण्डी कारोबार सम्बन्धी रकम लिन नेपाल प्रवेश गरेका थिए र उनीहरुलाई सर्लाहीको सर्लाही मोतिपुरका हुण्डी कारोबारी उमेश यादवले प्रहरी लगाएर पक्राउ गर्न लगाएको बताइएको छ ।

यादवको इसारामा प्रहरीले पक्राउ गरेको भारतीय नागरिकहरुको साथबाट कुनै रकम वा प्रमाण बरामद नभएपनि सर्लाही प्रहरीले अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी कार्यालय लगिएको उनीहरूलाई त्यही रात ४० लाख रुपैयाँ लिएर इनोभा कारसहित छाडिएको बताइएको छ । प्रहरी श्रोतका अनुसार यस घटनामा सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का र अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी निरीक्षक विशाल बुढाथोकीको मिलेमतो रहेको बताइएको छ ।

यो प्रकरणले सर्लाही प्रहरी र हुण्डी कारोबारीबीचको कथित ‘कनेक्सन’लाई उजागर गरेको चर्चा चुलिएको छ । पक्राउ परेका भारतीय नागरिकहरू सर्लाहीको मोतिपुर निवासी तथा खुटौना स्कुलमा कार्यरत शिक्षक उमेश यादवसँग हुण्डीको पैसा लिन नेपाल आएका थिए । आरोप अनुसार नेपालमै बसेर भारततर्फको हुण्डी कारोबारीसँग मिलेर हुण्डी कारोबार गर्दै आएका उमेश यादवले ती भारतीय कारोबारीसँग ८० लाख रुपैयाँ लिएका थिए तर फिर्ता नगरेको कारण चार जनाको समूह रकम असुल्न नेपाल प्रवेश गरेका थिए ।

रकम असुल्न नेपाल प्रवेश गरेका दुबै भारतीय नागरिकलाई सर्लाहीका हुण्डी कारोबारी उमेश यादवले प्रहरी लगाएर समात्न लगाएको प्रहरी श्रोतकै दाबी छ । उमेश यादवले रकम फिर्ता गर्नुको सट्टा प्रहरीसँग मिलेमतो गरी उल्टै भारतीय नागरिकहरूलाई पक्राउ गराएको दाबी गरिएको छ । बिना ठोस प्रमाण पक्राउ परेका विदेशी नागरिकलाई लामो समय हिरासतमा राख्न कानुनी जटिलता हुने देखिएपछि प्रहरी र सम्बद्ध व्यक्तिबीच ‘सम्झौता’ भएको र ४० लाख रुपैयाँ लिएर रिहा गरिएको श्रोतले जनाएको छ ।

यदि यी आरोप सत्य प्रमाणित भएमा यो घटना केवल घुस प्रकरण मात्र नभई कानुन कार्यान्वयन निकायमाथि गम्भीर प्रश्न उठाउने विषय हुनेछ । सीमा क्षेत्रमा सक्रिय हुण्डी कारोबार र त्यसमा प्रहरीको सम्भावित संलग्नता राष्ट्रको वित्तीय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो । ४० लाखको कथित ‘डिल’ले प्रहरी संगठनको विश्वसनीयतामाथि गम्भीर आघात पुर्‍याएको छ । यदि सत्य हो भने, यो प्रकरणले सीमावर्ती जिल्लामा फैलिएको हुण्डी सञ्जाल र त्यसमा प्रहरी–कारोबारी गठजोडको गहिरो जालो उजागर गर्न सक्छ ।

यस घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीका एस.पी. योगेन्द्र खड्कासँग बुझ्‌दा केही प्रमाण फेला नपरेकोले छाडेको हुन सक्छ, यसबारे आफूलाई जानकारी नभएकोले मुद्दाका इन्स्पेक्टरसँग कुरा गर्न भने । यता मुद्दाका शाखाका प्रमुख प्रहरी निरीक्षकको कार्यालयको मोबाइल नम्बर ९८५४०७१४४४ मा बुझ्‌दा प्रहरी निरीक्षक विशाल बुढाथोकीको निर्देशनमा छाडिएको बताए । पक्राउ परेका व्यक्तिसँग कुनै प्रमाण फेला नपरेको र प्रनि बुढाथोकीले छाड्न निर्देशन दिएपछि छाडिएको बताए ।

Tags: सर्लाहीमा ‘प्रहरी र हुण्डी कारोबारी’ बीच कनेक्सन
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

ठगी कसुरको मुद्दामा फरार हरिनारायण रौनियारसहित चारजनालाई पक्राउ गर्न पत्राचार

भदौ ११, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

दुई नाबालकको शंकास्पद मृत्युः सौतेनी आमा प्रहरीको नियन्त्रणमा

भदौ ११, २०८३
अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

भदौ ११, २०८३
रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

भदौ ११, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि