Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा ४ मा रास्वपाले पार्टी प्रवेशबारे झुटो प्रचार गरेको आरोप

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २२, २०८२
पर्सा ४ मा रास्वपाले पार्टी प्रवेशबारे झुटो प्रचार गरेको आरोप

वीरगंज (पर्सा), २२ माघ । पर्सा निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी प्रवेशको विषयमा झुटो र भ्रामक प्रचार फैलाएको आरोप लागेको छ। दुई दिनअघि ठोरीमा सम्पन्न रास्वपाको पार्टी प्रवेश कार्यक्रममा कांग्रेस गाउँपालिका सभापतिसहित विभिन्न दल परित्याग गरी ३५० जना रास्वपामा प्रवेश गरेको दाबी गरिएको थियो । तर सो दाबी पूर्ण रूपमा गलत र अफवाह मात्र रहेको स्थानीय तथा कांग्रेस नेताहरूले बताएका छन् ।

रास्वपा पर्सा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकबहादुर शाक्यले चुनावी फाइदाका लागि ठूलो संख्यामा पार्टी प्रवेश भएको भन्दै झुटो प्रचार गरेको कांग्रेसको आरोप छ ।

कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति श्रीकान्त यादवका अनुसार ठोरीमा आयोजित कार्यक्रममा कांग्रेस ठोरी गाउँपालिका सभापति सन्तोष श्रेष्ठ मात्र पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका हुन् । श्रेष्ठ बाहेक अन्य कुनै पनि कांग्रेस नेता वा कार्यकर्ताले पार्टी नछाडेको उनले स्पष्ट पारे । साथै, श्रेष्ठको प्रवेशले ठोरी कांग्रेसलाई कुनै असर नपरेको पनि यादवले बताए ।

स्थानीय स्रोतका अनुसार उक्त कार्यक्रममा कुल ३५० जनाको उपस्थिति नै नभएकाले त्यति ठूलो संख्यामा पार्टी प्रवेश भएको दाबी विश्वासयोग्य नरहेको बताइएको छ । यसै कारण अन्य राजनीतिक दलहरूले रास्वपासँग ३५० जना प्रवेश गरेको नामावली सार्वजनिक गर्न माग गरेका छन् ।

यसअघि पनि रास्वपाले विभिन्न कार्यक्रममा सयौँको संख्यामा पार्टी प्रवेश भएको दाबी गर्दै आएको भए पनि वास्तविक सहभागिता न्यून रहने गरेको आरोप लगाइएको छ । त्यसैले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी उम्मेदवार शाक्यले आफूलाई बलियो देखाउन भ्रम फैलाउँदै आएको अन्य राजनीतिक दलहरूको आरोप छ ।

Tags: रास्वपा पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि