Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेशनल पानी उद्योग: बन्द बोतलभित्रै फोहर ! स्वास्थ्यसँग खेलवाड, सफा पानी कि रोगको निम्तो ?

शिल प्याक गरिएको पानीको बोतलभित्र फोहर देखिएपछि पानीजस्तो संवेदनशील उपभोग्य वस्तुमा कम्पनीको चरम लापरवाही सतहमा आएको छ । दूषित पानी सेवन गर्दा झाडापखाला, हैजा, टाइफाइड लगायतका घातक रोग फैलिन सक्ने जोखिम हुन्छ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
माघ ११, २०८२
नेशनल पानी उद्योग: बन्द बोतलभित्रै फोहर ! स्वास्थ्यसँग खेलवाड, सफा पानी कि रोगको निम्तो ?

प्रसौनी (बारा), ११ माघ । बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ३ स्थित सञ्चालित नेशनल पानी उद्योग (नेशनल वाटर कम्पनी) ले उत्पादन गरेको ‘नेशनल वाटर’ मिनरल वाटरमा पुनः फोहर भेटिएपछि उपभोक्ताहरु आक्रोशित भएका छन् । वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाईस्थित एक किराना पसलबाट बिक्री भएको शिल प्याक गरिएको पानीको बोतलभित्र फोहर देखिएपछि पानीजस्तो संवेदनशील उपभोग्य वस्तुमा कम्पनीको चरम लापरवाही सतहमा आएको हो ।

स्वच्छ र सुरक्षित पेय पदार्थको नाममा बजारमा बिक्री भइरहेको पानीमै फोहर भेटिनु केवल उपभोक्ता ठगी मात्र नभई सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड भएको भन्दै स्थानीयवासी र उपभोक्ताहरु आक्रोशित भएका छन् । दूषित पानी सेवन गर्दा झाडापखाला, हैजा, टाइफाइड लगायतका घातक रोग फैलिन सक्ने जोखिम रहने स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिएका छन् । विशेषगरी बालबालिका, वृद्ध तथा कमजोर प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरु यसबाट गम्भीर रूपमा प्रभावित हुन सक्ने बताइएको छ ।

घटनाबारे उपभोक्ताहरु उद्योग सञ्चालक विजय यादवलाई जानकारी गराउँदा ‘यो खासै ठूलो समस्या होइन, जे मन लाग्छ त्यही गर्नुहोस’ भन्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको उपभोक्ताहरुको गुनासो गरेका छन् । पानीमा फोहर भेटिएको जस्तो गम्भीर विषयमा उद्योग सञ्चालकको यस्तो लापरवाह भनाइले उपभोक्ता र स्थानीयवासीको आक्रोश झन् चुलिएको छ ।

यसैबीच, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, स्वास्थ्य कार्यालय र उपभोक्ता हित संरक्षण शाखा जस्ता सम्बन्धित नियामक निकायहरु भने घटनाप्रति मौन देखिएका छन् । नियमित अनुगमन र गुणस्तर परीक्षणको अभावकै कारण यस्ता गुणस्तरहीन पानी उद्योगहरु खुलेआम सञ्चालनमा रहेको उपभोक्ताको आरोप छ ।

उपभोक्ताहरुले दोषी उद्योगमाथि तत्काल कडा कारबाही, उत्पादन पूर्ण रूपमा रोक्नुपर्ने, बजारबाट दूषित पानी फिर्ता गर्नुपर्ने र सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् । यो घटनाले नेपालमा बोतल पानी उद्योग र त्यसको नियमन प्रणाली कति कमजोर छ भन्ने कुरा फेरि एकपटक उजागर गरेको छ ।

उद्योगको लापरवाहीको यो पहिलो पटक भने होइन । करिब दुई वर्षअघि पनि सोही उद्योगद्वारा उत्पादित पानीको बोतलभित्र माकुरा भेटिएपछि उपभोक्ताहरुले उजुरी दिएका थिए । त्यसक्रममा २०८० साल असोज १८ गते जिल्ला प्रशासन कार्यालय बाराको टोलीले उद्योगमा अनुगमन गरी सिलबन्दी गरेको थियो ।

तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी कृष्णाप्रसाद आचार्यको नेतृत्वमा प्रहरीसहित गएको टोलीले उद्योग सञ्चालन मापदण्डअनुसार नभएको, सरसफाइको अवस्था दयनीय रहेको तथा पानीको गुणस्तरमै गम्भीर शंका देखिएपछि उद्योग सिलबन्दी गरेको थियो । सो क्रममा मौज्दातमा रहेका पानी नियन्त्रणमा लिइएको र उद्योग सञ्चालक विजयकुमार यादवलाई नियन्त्रणमा लिएर पछि हाजिरी जमानतमा रिहा गरिएको थियो ।

त्यति ठूलो कारबाही भइसकेपछि पनि उद्योगले सरकारी ऐन कानूनलाई पटक पटक अटेरी गर्दै आएको उपभोक्ताको आरोप छ । एकपटकको गल्तीलाई भूलवश भन्न सकिएपनि उही घटना पटक पटक दोहोरिनु उद्योगले जानीजानी नागरिकको स्वास्थ्यसँग खेलवाड गरिरहेको प्रमाण भएको स्थानीयवासी बताउँछन् ।

यस्तै, बारा जिल्लामा सञ्चालित अन्य पानी उद्योगहरुले पनि मापदण्ड विपरित गुणस्तरहीन पानी उत्पादन गरी बिक्री वितरण गरिरहेको गुनासो बढ्दै गएको छ । यसै क्रममा महागढीमाई नगरपालिकास्थित नेचुरल रिसोर्स कम्पनीले उत्पादन गरेको ‘शुद्ध अमृत जल’ ब्राण्डको पानीको बोतलमा समेत फोहर भेटिएपछि कोल्हबी नगरपालिका वडा नं. ११ थस्कौलबाट ३७ थान जार र ३९ कार्टुन पानी स्थानीय प्रशासनले जफत गरेको थियो ।

लगातार यस्ता घटनाहरु दोहोरिँदा पनि नियामक निकायको उदासीनता र उद्योगहरुको मनपरीले सर्वसाधारण नागरिक असुरक्षित रूपमा दूषित पानी पिउन बाध्य छन् । अब पनि सम्बन्धित निकायले कडा कदम नचाले जनस्वास्थ्यमा अझ ठूलो संकट निम्तिन सक्ने सरोकारवालाहरुको चेतावनी छ ।

Tags: पानी होइन विषको व्यापार ! नागरिकको ज्यानसँग खुला खेलवाडपानीको बोत्तलमा फोहर भेटिनु स्वास्थ्यसँग गम्भिर खेलवाड
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि