वीरगंज (पर्सा), १० माघ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नं. १ मा युवा उम्मेदवार ओमप्रकाश सर्राफको सक्रियता व्यापक रूपमा देखिन थालेको छ । जनमत पार्टीबाट उम्मेदवारी दिएका सर्राफ पछिल्लो समय क्षेत्रका टोल-टोल र घर-घर पुग्दै जनसम्पर्क बढाइरहेका छन् । दैनिक रूपमा भइरहेका भेटघाट, छलफल र अन्तरक्रियाले क्षेत्र नं. १ को चुनावी माहोललाई थप चञ्चल बनाएको स्थानीयको भनाइ छ । निर्वाचनलाई लिएर क्षेत्र नंं. १ मा युवा उम्मेदवार ओमप्रकाश सर्राफ व्यापक चर्चामा छन् । सर्राफ अहिले क्षेत्र नं. १ का प्रत्येक नागरिकको घरदैलोमा पुगी चुनावी प्रचारप्रसार अभियानलाई तिब्रता दिएका छन् ।
सर्राफ क्षेत्रको भौतिक विकासदेखि शिक्षा र स्वास्थ्यलाई मुख्य एजेण्डा बनाई निर्वाचनमा होमिएका हुन् । सर्राफ ‘वीरगंजको खोसिएको गौरव फर्काइ गौरवशाली वीरगंज बनाउने, नारायणी अस्पताललाई शिक्षण अस्पतालको रुपमा स्तरोन्नित गर्ने, नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउने, ठाकुरराम बहुमुखी क्याम्पसलाई मधेश प्रदेशकै शैक्षिक हब बनाउने, घरघर रोजगारी प्रदान गर्ने, व्यापार प्रवद्र्धनको लागि व्यापारीहरुलाई हरेक किसिमको सहयोग गर्ने, सिर्सिया नदीलाई प्रदूषणमुक्त र अतिक्रमणमुक्त बनाउने, वीरगंज ट्रान्सपोर्ट नगरी हुँदाहुँदै पनि राज्यबाट विभेद भएकोले त्यसलाई केन्द्रसम्म आवाज उठाउने, मधेशका समस्याहरुलाई संसद मार्फत सधानगर्त पहल गर्ने, वीरगंजलाई लागुऔषध मुक्त बनाउने’ जस्ता एजेण्डाहरु लिएर चुनावी मैदानमा उत्रिएका हुन् ।
सर्राफले लिएर आएका एजेण्डाहरुलाई यस क्षेत्रका जनताहरु मन पराएका छन् । विगत लामो समयदेखि राजनीति यात्रा गर्नुका साथै समाजसेवा कार्यमा सक्रिय रहँदै आएका सर्राफ निर्वाचित भए यस क्षेत्रमा विकासले गति लिने मतदाताहरुको विश्वास छ । नारायणी अस्पताल सुधारको लागि विभिन्न समयमा गरिएको आन्दोलनमा सर्राफको उल्लेखनीय भूमिका छ । यसको साथसाथै कोरोना महामारीको बखत पनि उनको उल्लेख्य भूमिका देखिएको थियो । कोरोना महामारीसँग जनता जुद्धि रहेका बखत सर्राफ जनताहरुको उपचार कार्यमा अग्र पँक्तिमा उभिएका व्यक्ति हुन् । लोडसेडिङ्ग विरुद्ध गरिएको आन्दोलन पनि उनकै नेतृत्वमा भएको थियो । त्यस्तै नारायणी रङ्गशालालाई स्तरोन्निका लागि आन्दोलनमा होमिएका थिए भने सिर्सिया नदी प्रदूषणमुक्त बनाउन पनि उनले ठूलै कसरत गरेका छन् ।
वीरगंजलाई समृद्धि बनाउन पनि उनले निरन्तर विभिन्न अभियानहरु चलाएका व्यक्ति हुन् । युवाहरुको रोजगारीको लागि ५ हजार भन्दा बढि युवाहरुलाई स्किल दिएर रोजगारी मार्फत जोडिसकेका छन् । पछिल्लो कार्यको मूल्याँकन गर्दै जनताले यस पटक आफूलाई अमूल्य मत दिने उनको विश्वास छ । पुराना दलहरु भड्खालोमा गइसकेको अवस्था छ, पुरानो दलले यहाँका समस्याहरुलाई निकाश दिन सकेन, विकास पनि गर्न सकेन र जेनजी आन्दोलनमा ७३ जनाको हत्या गरायो, मधेश आन्दोलनमा सयौं युवाको हत्या गरायो, त्यसकारण विकल्पको रुपमा जनमत पार्टी र ओमप्रकाश सर्राफ नै रहेको दाबी गरे । आफू युवा हुनुका साथै विगत लामो समयदेखि राजनीतिमा सक्रिय रही संघर्ष गर्दै आएको उनको दाबी छ । निरन्तर समाजसँग जुड्दै आएको र निरन्तर समाजसेवामा सक्रिय रहँदै आएकोले यो बद्लावको लहरमा क्षेत्र नं. १ मा निश्चित हुने र त्यो बद्लावको विकल्प ओमप्रकाश सर्राफ रहेको बताए ।
यस पटकको निर्वाचनमा जनता सचेत भइसकेका छन्, जनताहरु यस पटक विक्नेवाला छैन, बद्लाव खोजि रहेका छन् त्यसै कारण पनि यस पटकको निर्वाचनमा आफ्नो जीत निश्चित रहेको उनको दाबी छ । अहिले पर्सा मात्र नभई चारैतिर जनमत पार्टीको लहर चलेको उनको भनाई छ । मधेश आन्दोलनमा पनि सर्राफको उल्लेखनीय भूमिकाको साथै यस क्षेत्रका नागरिकहरुको प्रत्येक समस्यालाई उजागर गर्दै आएको कारण यसपटकको निर्वाचनमा जनताको साथ पाउने आशमा छन् सर्राफ । यस क्षेत्रका जनताले पनि सर्राफलाई अत्याधिक मतले विजयी गराउने प्रतिबद्धता जनाउँदै आएका छन् ।
मधेशी जनताको हक अधिकारको लागि जारी मधेश आन्दोलनको क्रममा उनी प्रहरीद्वारा गिरफ्तार भई मुद्दा समेत खेपेका थिए । उनी नारायणी अस्पताल सुधार विकासको लागि वर्षौदेखि अभियान समेत चलाएका छन् । लोडसेडिङ्गमुक्तको लागि सत्याग्रह आन्दोलन पनि गरेका छन् । सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन जारी आन्दोलनमा सक्रिय भूमिका समेत निर्वाह गरेका छन् । तराई पर्यटन बिकासका लागि भिजिट मधेश अभियान पनि चलाएका छन् । कोरोना संक्रमण महामारीमा निःशुल्क खाना, निःशुल्क एम्बुलेन्स, अस्पतालमा विरामीहरुको उपचारको लागि सहजीकरण गरेर समाजसेवामा उल्लेख्नीय कार्य गरेवापत नै उनले ‘हिरो अफ द मधेश’ लगायत विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय पदक प्राप्त गरि सकेका छन् ।
घरदैलोको क्रममा सर्राफले आफूभन्दा अग्रजसँग आशिर्वाद लिने कार्यलाई तिब्रता दिएका छन् । सर्राफलाई यस क्षेत्रका नागरिकले नेता भन्दा पनि समाजसेवाको कार्यलाई मूल्याँकन गरि रहेका छन् । उनी यस क्षेत्रमा राजनीति दलका नेता भन्दापनि समाजसेवीको रुपमा यस क्षेत्रमा कार्य गर्दै आएका छन् । पर्सा क्षेत्र नं. १ मा यसपटकको निर्वाचन पुराना अनुहार र नयाँ पुस्ताबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिन थालिएको छ । लामो समयदेखि सामाजिक आन्दोलन, सेवा र राजनीतिक गतिविधिमा संलग्न रहँदै आएका सर्राफ अहिले त्यो यात्रालाई संसदीय राजनीतिसँग जोड्ने प्रयासमा छन् । घरदैलो, आन्दोलन, समाजसेवा र विकासका एजेण्डाले उनलाई क्षेत्र नं. १ को चुनावी बहसमा केन्द्रमा ल्याएको छ । फागुन २१ को निर्वाचनले पर्सा-१ को राजनीतिक दिशा कता मोडिन्छ भन्ने चासो भने दिनानुदिन बढ्दो छ ।













प्रतिक्रिया दिनुहोस् !