Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दुई जितपछि तेश्रोको खोजीः पर्सा-१ मा फेरि इतिहास दोहोर्‍याउन ‘प्रदीप यादव’ मैदानमा

२०७४ र २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर–१ बाट लगातार दुई पटक विजयी हुँदै यादवले नयाँ इतिहास कायम गरेका छन् ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
माघ ८, २०८२
दुई जितपछि तेश्रोको खोजीः पर्सा-१ मा फेरि इतिहास दोहोर्‍याउन ‘प्रदीप यादव’ मैदानमा

वीरगंज (पर्सा), ८ माघ । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन पर्सा क्षेत्र नम्बर–२ बाट मधेसी जनअधिकार फोरम नेपालका उम्मेदवार बनेका प्रदीप यादव झिनो मतान्तरले पराजित भएका थिए । तर त्यसयता भएका संसदीय निर्वाचनहरूमा उनले पराजयको सामना गर्नु परेन ।

२०७४ र २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर–१ बाट लगातार दुई पटक विजयी हुँदै यादवले नयाँ इतिहास कायम गरेका छन् । यसअघि पर्सा–१ मा कुनै पनि उम्मेदवारले एक पटकभन्दा बढी चुनाव जित्न नसकेको अवस्थामा यादवले दुई पटक लगातार जित निकाल्दै आफूलाई क्षेत्रको बलियो र भरोसायोग्य नेताका रूपमा स्थापित गरेका हुन् ।

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार बनेका यादवले नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटालाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गर्दै पहिलो पटक संघीय संसद् प्रवेश गरे । त्यसपछि २०७९ मा तत्कालीन जसपा नेपालबाट उम्मेदवार बनेर उनले स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई एक हजार सात सयभन्दा बढी मतले हराउँदै दोस्रो कार्यकाल सुनिश्चित गरे ।

अब यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यादव नेकपा एमालेबाट उम्मेदवार बनेर पर्सा–१ बाट तेस्रो जित हात पार्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन् । उनी यसपटक ‘जितको ह्याट्रिक’ गर्ने दृढ आत्मविश्वासका साथ मतदातामाझ पुगेका छन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले भने, ‘पर्सा–१ मा यसअघि कसैले पनि लगातार दुई पटक चुनाव जितेको इतिहास थिएन । मैले २०७४ र २०७९ मा त्यो इतिहास बनाएको हुँ । यसपाली पनि यही क्षेत्रबाट उम्मेदवार बनेको छु र फेरि जीत निकालेर ह्याट्रिक पूरा गर्नेमा म पूर्ण रूपमा विश्वस्त छु ।’ विगतका दुई कार्यकालमा पर्सा–१ का जनताको हरेक सुख–दुःखमा आफू सधैं साथमा रहेको उल्लेख गर्दै उनले जनताले कामकै आधारमा फेरि विजयी बनाउने विश्वास व्यक्त गरे ।

खानेपानी मन्त्रीका रूपमा काम गर्दा वीरगंजमा देखिएको गम्भीर खानेपानी संकट समाधानका लागि विशेष पहल गरेको स्मरण गराउँदै यादवले भने, ‘वीरगंजमा खानेपानीको हाहाकार हुँदा संयोगले म खानेपानी मन्त्री थिएँ । मन्त्रालयमार्फत पर्याप्त बजेट ल्याएर घर–घरमा पानी पुर्‍याउने काम गरियो । साथै, विश्व बैंकसँग पहल गरी वीरगंजको दीर्घकालीन समाधानका लागि साढे चार सय करोड रुपैयाँभन्दा बढीको खानेपानी आयोजना निर्माण प्रक्रिया अघि बढिसकेको छ ।’

हैजा महामारीका बेला काठमाडौंबाट विशेषज्ञ स्वास्थ्यकर्मीको टोली ल्याएर नियन्त्रणमा भूमिका खेलेको तथा कोरोना महामारीको कठिन समयमा पनि घरमै नबसी जनताको घरदैलोमा पुगेको उनले बताए । यसपटक फरक दल नेकपा एमालेबाट उम्मेदवार बनेको कारण खुलाउँदै यादवले संविधान, संघीयता र लोकतन्त्रको रक्षाका लागि एमाले रोजेको बताए ।
‘राष्ट्रप्रेम र विकासका सवालमा केपी शर्मा ओलीको चट्टानी अडानबाट प्रभावित भएर एमालेमा प्रवेश गरेको हुँ,’ उनले भने, ‘एमालेमा आएपनि मधेस आन्दोलनका मुद्दा मैले छोडेको छैन । बाँकी मधेसका मुद्दा समाधान गर्ने सामर्थ्य एमालेसँग छ ।’

पर्सा–१ मा एमालेका प्रदीप यादवसँगै नेपाली कांग्रेसका अनिल रुंगटा, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि पन्त, जसपा नेपालका रामरेश प्रसाद यादव, राप्रपाका नन्दकिशोर (नन्दु) श्रीवास्तव, उज्यालो नेपाल पार्टीका रामकिशोर सिंह पराग, नेपाल कम्युनिष्ट पार्टीका अजयकुमार चौरसिया, जनमत पार्टीका ओमप्रकाश सर्राफसहित करिब ३० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

Tags: ह्याट्रिक जितको दाउमा प्रदीप यादव
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि