Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रतिनिधिसभा निर्वाचनः पर्सामा चुनावी सरगर्मी, चार पूर्वमन्त्रीसहित १०९ जना उम्मेदवार प्रतिस्पर्धामा

यसपटक पर्सामा चार पूर्वमन्त्री, निवर्तमान सांसद, पूर्वसांसद, नयाँ राजनीतिक दल र ठूलो संख्यामा स्वतन्त्र उम्मेदवारको सहभागिताले निर्वाचनलाई अत्यन्त रोचक, बहुपक्षीय र अनिश्चित बनाएको छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
माघ ६, २०८२
प्रतिनिधिसभा निर्वाचनः पर्सामा चुनावी सरगर्मी, चार पूर्वमन्त्रीसहित १०९ जना उम्मेदवार प्रतिस्पर्धामा

वीरगंज (पर्सा), ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लामा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएसँगै चुनावी माहोल थप तातेको छ । जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मंगलबार सम्पन्न मनोनयन दर्तामा कुल १०९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लामा रहेका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका चार सिटका लागि मंगलबार सम्पन्न मनोनयन दर्तामा दलगत र स्वतन्त्र गरी कुल १०९ जनाको उम्मेदवारी परेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साका सूचना अधिकारी प्रभाकर मल्लिकका अनुसार कुल उम्मेदवारमध्ये ६५ जना विभिन्न राजनीतिक दलका तर्फबाट र ४४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

चारवटै क्षेत्रमा उम्मेदवारको उल्लेखनीय भीड देखिँदा यसपटकको निर्वाचनलाई पर्सामा अहिलेसम्मकै सबैभन्दा प्रतिस्पर्धात्मक मानिएको छ । चार पूर्वमन्त्री, निवर्तमान सांसद, पूर्वसांसद, ठूला दलका प्रभावशाली नेता, नयाँ राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको उपस्थितिले पर्साको चुनावलाई विशेष अर्थमा हेरिएको छ ।

क्षेत्र-१ मा ३० जना उम्मेदवार, पुराना अनुहार र नयाँ शक्तिको भिडन्त
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये २० जना दलगत र १० जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ प्रमुख दलबीच कडा प्रतिस्पर्धा देखिएको छ । नेकपा एमालेबाट पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवले उम्मेदवारी दर्ता गराएका छन् । उनी यसअघि २०७४ र २०७९ को निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका थिए ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट पूर्वसांसद तथा केन्द्रीय सदस्य अनिल रुंगटा, जनता समाजवादी पार्टीबाट रामनरेस प्रसाद यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि पन्त, उज्यालो नेपाल पार्टीबाट रामकिशोर सिंह पराग, श्रम संस्कृति पार्टीबाट वासिम शेख, नेपाली कम्युनिष्ट पार्टीबाट अजयकुमार चौरसिया, जनमत पार्टीबाट ओमप्रकाश सर्राफ, राप्रपाबाट नन्दकिशोर श्रीवास्तव, पुल फस्ट पार्टीबाट जावेद एकबाल हैदर, नेपाल मजदुर किसान पार्टीबाट प्रमोद पटेल, जनअधिकार पार्टीबाट महेन्द्र पासवान, राष्ट्र निर्माण दलबाट महमद उमर खान, आम जनता पार्टीबाट विश्वराज पटेल र नेपाली जनता पार्टीबाट सुरेश साह कानु चुनावी मैदानमा उत्रिएका छन् । अनुभवी नेताहरू र उदाउँदै गरेका दलबीचको टक्करले यो क्षेत्र रोचक बन्ने संकेत देखिएको छ ।

क्षेत्र-२ मा ३२ उम्मेदवार, चर्चित अनुहारहरूको भीड
पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा सबैभन्दा बढी ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १८ जना दलगत र १४ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत मधु आचार्यले जानकारी दिए । यस क्षेत्रलाई पर्साकै सबैभन्दा चासोपूर्ण क्षेत्रका रूपमा हेरिएको छ । नेपाली कांग्रेसबाट पूर्वमन्त्री तथा निवर्तमान सांसद अजयकुमार चौरसियाले उम्मेदवारी दर्ता गराएका छन् । उनी २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशील कुमार कानु उम्मेदवार बनेका छन् । उनी २०७९ मा जनता समाजवादी पार्टीबाट वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्षमा निर्वाचित भएका थिए । जनता समाजवादी पार्टी नेपालबाट उद्योगपति अशोक टेमानी, नेकपा एमालेबाट रिमा यादव र राप्रपाबाट पूर्वसांसद विना कुमारी जैसवाल उम्मेदवार छन् । कांग्रेसबाट टिकट नपाएपछि पूर्व प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा चर्चित नाम मैदानमा उत्रिएपछि यहाँको प्रतिस्पर्धा बहुकोणीय र तीव्र हुने देखिएको छ ।

क्षेत्र-३ मा २३ उम्मेदवार, पूर्वमन्त्रीको प्रतिष्ठाको लडाइँ
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट २३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार यहाँ १४ जना दलगत र ९ जना स्वतन्त्र उम्मेदवार छन् । नेपाली कांग्रेसबाट पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी उम्मेदवार बनेका छन् । उनी २०७० मा सांसद निर्वाचित भए पनि २०७९ मा पराजित भएका थिए ।

यस क्षेत्रमा नेकपा एमालेबाट व्यवसायिक पृष्ठभूमिका रुपेश पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्माण व्यवसायी पृष्ठभूमिका रमाकान्त चौरसिया र नेपाली कम्यनिष्ट पार्टीबाट छोटेलाल यादव लगायत उम्मेदवार मैदानमा उत्रिएका छन् । यहाँ अनुभवी नेतासँगै नयाँ दलका उम्मेदवारको उपस्थितिले मतदातामाझ विकल्पको दायरा फराकिलो बनेको छ ।

क्षेत्र-४ मा २४ उम्मेदवार, निवर्तमान सांसद फेरि मैदानमा
पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये १३ जना दलगत र ११ जना स्वतन्त्र उम्मेदवार रहेको बताइएको छ । नेपाली कांग्रेसबाट पूर्वमन्त्री तथा निवर्तमान सांसद रमेश रिजाल उम्मेदवारी दर्ता गराएका छन् । उनी २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यस क्षेत्रमा नेकपा एमालेबाट जालिम मियाँ अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर शाक्य र नेपाली कम्युनिष्ट पार्टीबाट जयप्रकाश थारु लगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यहाँ पनि ठूला दल र नयाँ शक्तिबीच कडा टक्करको अवस्था देखिएको छ ।

चार पूर्वमन्त्रीसहित बहुपक्षीय प्रतिस्पर्धा, पर्सामा चुनाव ऐतिहासिक बन्ने संकेत
यसपटक पर्सामा चार पूर्वमन्त्री, निवर्तमान सांसद, पूर्वसांसद, नयाँ राजनीतिक दल र ठूलो संख्यामा स्वतन्त्र उम्मेदवारको सहभागिताले निर्वाचनलाई अत्यन्त रोचक, बहुपक्षीय र अनिश्चित बनाएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार परम्परागत दलहरूलाई रास्वपा जस्ता नयाँ दल र स्वतन्त्र उम्मेदवारले कडा चुनौती दिइरहेका छन् । यसले मत विभाजन बढ्ने र अन्तिम परिणामसम्म कडा प्रतिस्पर्धा हुने संकेत गरेको छ । मनोनयन दर्ता सम्पन्न भएसँगै अब पर्सामा चुनावी प्रचार–प्रसारले तीव्रता लिनेछ भने उम्मेदवारहरू घरदैलो, सभा, कोणसभा र सामाजिक सञ्जालमार्फत मतदातालाई आफ्नो पक्षमा पार्न सक्रिय हुनेछन् ।

Tags: पर्सामा चुनाव ऐतिहासिक बन्ने संकेतपर्सामा चुनावी सरगर्मी उत्कर्षमा
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि