Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

तराई-मधेश क्षेत्रमा माघ १ लाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाइन्छ । यस अवसरमा घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो तथा खिचडी खाने चलन रहेको छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
माघ १, २०८२
धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

वीरगंज (पर्सा), १ माघ । देशभर माघे सङ्क्रान्ति पर्व श्रद्धा, भक्ति र उल्लासका साथ मनाइएको छ । माघ १ गते बिहीबार सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । यही दिनदेखि उत्तरायण सुरु हुने धार्मिक विश्वासअनुसार दिन क्रमशः लामा र रात छोटा हुँदै जान्छन् ।

उत्तरायण आरम्भको दिन स्नान, जप, तपस्या, ध्यान र दानलाई विशेष पुण्यदायी मानिने परम्पराअनुसार देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका प्रमुख तीर्थस्थलहरूमा बिहानैदेखि माघ स्नान गर्ने श्रद्धालुहरूको ठूलो भीड देखिएको थियो ।

तराई-मधेश क्षेत्रमा माघ १ लाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाइन्छ । यस अवसरमा घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो तथा खिचडी खाने चलन रहेको छ । माघे सङ्क्रान्तिको अवसर पारेर देशका विभिन्न स्थानमा मेला, सांस्कृतिक कार्यक्रम तथा उत्सवहरू आयोजना गरिएका छन् ।

यसै अवसरमा माघी महोत्सव मूल समारोह समिति पर्साले वीरगंजमा आदिवासी थारु समुदायको नयाँ वर्ष २६५० को उपलक्ष्यमा भव्य कार्यक्रम आयोजना गरेको छ । शुभकामना आदान-प्रदान, सांस्कृतिक प्रस्तुति र र्‍यालीसहित कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम संयोजक जङ्गबहादुर चौधरीका अनुसार थारु समुदायको परम्परा, संस्कृति र पहिचान उजागर गर्ने उद्देश्यले वीरगंज नगर परिक्रमा गर्दै सांस्कृतिक र्‍याली निकालिएको थियो । र्‍यालीपछि स्वीमिङ पुल क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा थारु समुदायका मौलिक नृत्य-गीत, सामा–चकेवा, झम्टा, पूर्वी नाच, बालबालिकाद्वारा प्रस्तुत गीत-नृत्य तथा बाल कला प्रदर्शनीले दर्शकको ध्यान तानेको थियो । साथै घोंगी, केकडा, माछा, परेवा, हाँस, कुखुरा, चिचरलगायत परम्परागत थारु खानाका परिकारहरूको प्रदर्शनीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

यस्तै पर्साको सखुवाप्रसौनी गाउँपालिका-स्थित श्रीपुर पचगाँवामा आयोजित माघी विशेष कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र चौधरीले देश जटिल मोडमा पुगेको उल्लेख गर्दै सबैले स्वार्थ त्यागी जनहितमा लाग्नुपर्ने आवश्यकता औँल्याए । उनले थारु समुदायको विशिष्ट संस्कृति र पहिचान नेपालको गौरव भएको बताए । कार्यक्रममा थारु समुदायका अगुवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

त्यसैगरी जिराभवानी गाउँपालिका वडा नं. ३ नौकाटोला चौकमा माघी महोत्सव भव्य रूपमा सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा वडा नं. ३ का युवा समाजको व्यवस्थापनमा सम्पन्न महोत्सव वडाध्यक्ष सुरज राय थारुको सभापतित्व तथा मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सहभागीहरूले कुटो, कोदालो, माछा मार्ने खोखी, डेली लगायत सामग्री बोकी बाजागाजासहित गाउँ परिक्रमा गरेका थिए ।

महोत्सवमा वक्ताहरूले माघी पर्वको शुभकामना व्यक्त गर्दै थारु समुदायको भाषा, कला, संस्कृति र परम्परागत खानाको संरक्षणमा जोड दिए । लागूऔषध दुर्व्यसन नियन्त्रण र अनावश्यक भोजभतेर कम गर्न आग्रहसमेत गरिएको थियो । राष्ट्रिय थारु कलाकार मुस्कान चौधरी, निशा चौधरी र नेपाली निरहुवाको प्रस्तुति महोत्सवको मुख्य आकर्षण बनेको थियो ।

यसैगरी पटेर्वासुगौली गाउँपालिकामा थारु सम्बत् २६५० तथा पाँचौँ माघी खिचडी महोत्सव हर्षोल्लासका साथ सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको सभापतित्वमा आयोजित महोत्सवमा स्वस्तिका चौधरी, सागर चौधरी र नेपाली निरहुवाले दर्शकलाई झुमाएका थिए । नृत्य प्रतियोगितामा पकडिया युनिक ग्रुप प्रथम, ब्रह्मबाबा समूह द्वितीय र गुदरबाबा समूह तृतीय भएका छन् ।

यसरी माघे सङ्क्रान्ति तथा माघी पर्वले देशभर धार्मिक आस्था, सांस्कृतिक गौरव र सामाजिक सद्भाव झल्काउँदै उल्लासपूर्ण वातावरण सिर्जना गरेको छ ।

राष्ट्रिय कृषि जैविक विविधता दिवस
माघ १ गते बिहीबार अर्थात् मकर सङ्क्रान्तिकै दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ पनि मनाएको छ । माघे सङ्क्रान्तिमा तरुल, सखरखण्ड र पिँडालु जस्ता कन्दमूलको व्यापक प्रयोग हुने भएकाले यस्ता स्थानीय बालीको संरक्षण र संवर्धन गर्ने उद्देश्यले गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो । कन्दमूलको प्रयोगलाई चाडपर्वमा मात्र सीमित नराखी खाद्य सुरक्षा र जैविक विविधताको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।

Tags: माघे सङ्क्रान्ति पर्व श्रद्धा र भक्ति
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रमेश रिजालद्वारा ठोरीमा घरदैलो अभियान

रमेश रिजालद्वारा ठोरीमा घरदैलो अभियान

फाल्गुन ४, २०८२
हरपुरमा चौधरीको घरदैलो, मतदातासँग प्रत्यक्ष संवाद

हरपुरमा चौधरीको घरदैलो, मतदातासँग प्रत्यक्ष संवाद

फाल्गुन ४, २०८२
प्रसौनीमा रास्वपाका ५० जना एमालेमा प्रवेश

प्रसौनीमा रास्वपाका ५० जना एमालेमा प्रवेश

फाल्गुन ४, २०८२
जिल्ला प्रशासन कार्यालय पर्सा : विचौलियालाई २५ हजार दिए टोकन विनै हाथोहाथ नागरिकता

आमाको नामबाट नागरिकता वितरण प्रक्रिया अघि बढ्यो

फाल्गुन ४, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि