Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा चुनावी सरगर्मी उत्कर्षमा : पुराना अनुहार, नयाँ शक्ति र जेन-जीबीच बहुकोणीय प्रतिस्पर्धा

पर्सामा बहुकोणीय प्रतिस्पर्धा, चुनाव रोचक बन्ने संकेत ! फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा पुराना अनुहार हावी, नयाँ आकांक्षीको उदय, टिकटका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
पुस ३०, २०८२
पर्सामा चुनावी सरगर्मी उत्कर्षमा : पुराना अनुहार, नयाँ शक्ति र जेन-जीबीच बहुकोणीय प्रतिस्पर्धा

वीरगंज (पर्सा), ३० पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । प्रमुख राजनीतिक दलहरूले उम्मेदवार सिफारिस प्रक्रिया लगभग टुंग्याइसकेका छन् भने आकांक्षी नेताहरू टिकटका लागि केन्द्रस्तरमा लबिङ, समन्वय र राजनीतिक जोडघटाउमा सक्रिय देखिएका छन् । मनोनयन दर्ताको मिति नजिकिँदै जाँदा पर्सामा चुनावी वातावरण तातेको हो ।

चारवटै क्षेत्रमा पुराना नेताहरू, नयाँ अनुहार, आन्तरिक गुटबन्दी, नयाँ पार्टी र जेन–जि प्रभाव मिसिँदा पर्साको निर्वाचन बहुकोणीय, रोचक र अनिश्चित बन्दै गएको छ । मनोनयन दर्ताको समय नजिकिँदै जाँदा दलहरू उम्मेदवार टुंग्याउने, गठबन्धन बनाउने र रणनीति तय गर्न व्यस्त देखिएका छन् । हालसम्म कुनै पनि दलले अन्तिम उम्मेदवार घोषणा नगरेपनि पर्सा यसपटक मधेश प्रदेशकै सबैभन्दा चासोको निर्वाचन जिल्ला बन्ने संकेत देखिएको छ ।

पर्सा–१ः पुराना अनुहारबीच प्रतिस्पर्धा, नयाँ शक्तिको प्रवेशले समीकरण जटिल
पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा शीर्ष दलहरूबाट सिफारिस भएका उम्मेदवारबीच कसले टिकट पाउने र कसले चुनाव जित्ने भन्ने विषयमा चर्चा चुलिएको छ । जेन–जि आन्दोलनको प्रभाव देखिन सक्ने आँकलन भइरहँदा अधिकांश पुरानै अनुहार दोहोरिएपनि केही नयाँ नामहरूले पनि चुनावी मैदान तताएका छन् ।

जनता समाजवादी पार्टीबाट पूर्व मन्त्री तथा निर्वतमान सांसद प्रदीप यादवको एकल नाम सिफारिस भएको छ । यद्यपि जसपा नेपालतर्फ पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीसहित तीन जनाको नाम सिफारिस भएकाले यादव कुन दलबाट उम्मेदवार बन्ने भन्ने अझै स्पष्ट छैन ।

नेपाली कांग्रेसभित्र संस्थापन पक्षबाट अनिल रुंगटा र शेखर कोइराला पक्षबाट अजय द्विवेदीसहित तीन जनाको नाम सिफारिस भएको छ । पार्टी कारबाही फुकुवा भएपछि द्विवेदी पुनः सक्रिय बनेसँगै कांग्रेसभित्र टिकटको प्रतिस्पर्धा झनै जटिल बनेको छ । नेकपा एमालेले अरबिन्द सिंहसहित सात जनाको नाम सिफारिस गरेको छ । प्रभु हजरा, सुन्दर कुर्मी, नवराज शर्मा, बसरुदिन अंसारी तथा महिला उम्मेदवार ममता गुप्ता र इन्दु घिमिरेको नाम सूचीमा रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति हरि पन्त र प्रदेश सभा सदस्य रहबर अन्सारीको नाम चर्चामा छ । जनमत पार्टीबाट ओमप्रकाश सर्राफ सक्रिय देखिएका छन् भने उज्यालो नेपाल पार्टीबाट रामकिशोर सिंह (पराग) चुनावी तयारीमा छन् । अन्य दल र स्वतन्त्र उम्मेदवारसमेत मैदानमा आउन सक्ने भएकाले पर्सा–१ मा उम्मेदवारको संख्या उच्च हुने संकेत देखिएको छ ।

पर्सा–२ः कांग्रेस, एमाले र नयाँ शक्तिबीच त्रिपक्षीय संघर्षको संकेत
पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा पनि चुनावी गतिविधि तीव्र बनेको छ । नेपाली कांग्रेसबाट अजय चौरसिया, राजेन्द्र बहादुर आमात्य र राकेश यादव सिफारिस भएपछि कांग्रेसभित्र टिकट कसले पाउने भन्ने अन्योल कायमै छ । नेकपा एमालेबाट पूर्व मन्त्री राजकुमार गुप्ता, अरविन्द सिंह र केन्द्रीय सदस्य निर्मला देवकोटाको नाम सिफारिस भएको छ । गुप्ता भ्रष्टाचार मुद्दामा थुनामा रहेकाले एमालेभित्र वैकल्पिक उम्मेदवारको खोजी तीव्र बनेको छ ।

प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाबाट मनोज चौधरी, सत्यनारायण रौनियार र प्रभाकर गुप्ताको नाम सिफारिस भएको छ । राप्रपाबाट विना जयसवाल कुर्मीको नाम बलियो देखिएको छ । जसपा नेपालबाट सुरेन्द्र प्रसाद कुर्मी र अशोक टेमानीसहित आधा दर्जन नाम सिफारिस भएका छन् । जनमत पार्टीबाट नविन प्रकाश साहको नाम अगाडि देखिएको छ । रास्वपाले उम्मेदवार टुंगो लगाइसकेको छैन भने नेपाल जनता पार्टीका सन्तोष पटेलले हिन्दु राष्ट्रको एजेन्डासहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।

पर्सा–३ः एमालेभित्र तीव्र रस्साकस्सी, कांग्रेस र नेकपाबाट बलिया दाबेदार
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा एक दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । एमालेबाट पूर्व मन्त्री तथा निर्वतमान सांसद राजकुमार गुप्ता, रुपेश पाण्डे र पूर्व मन्त्री प्रमोद जयसवालसहित करिब १० जनाको नाम सिफारिस भएको छ । गुप्ता थुनामा रहेकाले एमालेभित्र वैकल्पिक उम्मेदवार खोज्ने प्रयास तीव्र बनेको छ ।

नेपाली कांग्रेसबाट पूर्व मन्त्री सुरेन्द्र चौधरी र पूर्व मन्त्री तथा जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको नाम सिफारिस भएको छ । नेकपाबाट रामबाबु बैठा, छोटेलाल यादव र विक्रम चौरसियाको नाम अघि सारिएको छ । जनमत पार्टीबाट मालती कुशवाहाले चुनावी अभियान सुरु गरिसकेकी छन् । जसपा नेपालबाट नरेन्द्र यादव, भरत गिरी र जनार्दन यादवको नाम सिफारिस भएको छ । राजकुमार यादव पुनः उम्मेदवार बन्न सक्ने सम्भावना पनि चर्चामा छ ।

पर्सा–४ः रिजालको पुनरागमन लगभग निश्चित, विपक्षी दलहरूमा प्रतिस्पर्धा
पर्सा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले पूर्व मन्त्री तथा निर्वतमान सांसद रमेश रिजालको एकल नाम सिफारिस गरेपछि उनको उम्मेदवारी लगभग निश्चित देखिएको छ । नेकपा एमालेबाट जालिम मियाँ, बिरेन्द्र यादव र गोकुली कुमारी रेग्मी सिफारिस भएका छन् । अघिल्लो निर्वाचनका उम्मेदवार जालिम मियाँले नै टिकट पाउने सम्भावना बलियो देखिएको छ ।

नेकपाबाट बलिराम साह, जयप्रकाश थारु र मेनेजर साह सिफारिस भएका छन् । रास्वपाबाट पाँच जना आकांक्षी देखिएका छन् । जसपा–लोसपा एकतापछि डा. कृपासिन्धु चौधरी र लक्ष्मण लाल कर्णमध्ये एक जनाले संयुक्त टिकट पाउनेछन् । जनमत पार्टीबाट सीमा कुशवाहा र आम जनता पार्टीबाट इमदाद गद्दी उम्मेदवार बन्ने निश्चितजस्तै छ ।

Tags: पर्सामा चुनावी सरगर्मी उत्कर्षमा
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि