Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

यातायात कार्यालय बारामा अराजकता, प्रमुखलाई कालोमोसो दल्नेदेखि कर्मचारीबीच कुटाकुटसम्म !

लाइसेन्स ‘किनबेच’ को संगठित खेल, ‘आर्थिक आतंक’ र प्रशासनिक पतन ! यातायात व्यवस्था कार्यालय कलैया पछिल्लो समय खुलेआम अराजकता, संगठित भ्रष्टाचार र प्रशासनिक पतनको केन्द्र बन्दै गएको छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
पुस २५, २०८२
यातायात कार्यालय बारामा अराजकता, प्रमुखलाई कालोमोसो दल्नेदेखि कर्मचारीबीच कुटाकुटसम्म !

कलैया (बारा), २५ पुस । बारा जिल्लाको कलैयास्थित यातायात व्यवस्था कार्यालय पछिल्लो समय खुलेआम अराजकता, संगठित भ्रष्टाचार र प्रशासनिक पतनको केन्द्र बन्दै गएको छ । सेवाग्राहीमाथि अन्याय, घुसको आतंक र आन्तरिक सत्ता संघर्ष चरम सीमामा पुगेपछि कार्यालय अब सेवा केन्द्रभन्दा पनि विवाद र बदनामीको अखडा बनेको छ ।

यसको ज्वलन्त उदाहारण हो, बिहीबार निमित्त कार्यालय प्रमुख जीवन पौडेलमाथि कालोमोसो दलिएको घटना । कार्यालयका प्रमुखलाई कालोमोसो दलिएको घटना नौलो होइन, यो भन्दा अघि पनि भ्रष्टाचारकै सन्दर्भमा भागवण्डा नमिल्दा तत्कालीन कार्यालय प्रमुख अरबिन्द दास र एक कर्मचारीबीच कुटाकुट सम्म भएको थियो । कार्यालय प्रमुखलाई कालोमोसो दलिनु, कर्मचारीबीच कुटाकुट हुनु जस्ता घटनाले यातायात कार्यालय संगठित भ्रष्टाचार र प्रशासनिक पतनको केन्द्र बन्दै गएको सहजै अनुमान लगाउन सकिन्छ ।

निमित्त प्रमुखमाथि कार्यकक्षमै कालो मोसो
यातायात व्यवस्था कार्यालय बाराका निमित्त प्रमुख जीवन पौडेलमाथि बिहीबार मध्यान्ह करिब सवा १२ बजे आक्रोशित सेवाग्राहीहरूले कालो मोसो दलेका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार आफूलाई ‘जेन–जी’ नामले चिनाउने सेवाग्राहीको एक समूहले कार्यालयको सेवा पारदर्शी नभएको, लाइसेन्स वितरणमा पक्षपात भएको, अनियमितता र व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै पौडेलको कार्यकक्षमै पुगेर मोसो प्रहार गरेको हो ।

घटनापछि कार्यालय परिसर तनावग्रस्त बनेको थियो । निमित्त प्रमुखमाथि दुर्व्यवहार भएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको बताइएपनि सेवाग्राहीहरू भने लामो समयदेखि संचित आक्रोश विस्फोट भएको बताउँछन् ।

प्रमुख र कर्मचारीबीच कुटाकुट
निमित्त प्रमुखमाथि मोसो प्रहार हुनुभन्दा केहीदिनअघि मात्रै सोही कार्यालयमा भागवण्डा नमिलेको विषयलाई लिएर कुटाकुटको घटना भएको थियो । मंसिर १८ गते साँझ करिब ५ः३० बजे तत्कालीन कार्यालय प्रमुख अबिन्दर दास र खरिदार सत्यनारायण साहबीच सुरु भएको विवाद कुटाकुटमा परिणत हुँदा दुवैजना घाइते समेत भएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार झडपमा खरिदार साहको अनुहार सुन्निने गरी चोट लागेको थियो भने प्रमुख दासको अनुहारमा समेत घाउ लागेको थियो । घटनापछि प्रमुख दास, खरिदार साह र दास पक्षका चालकसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर प्रारम्भिक सोधपुछ गरेको थियो । कार्यालयमै समाधान गर्ने सहमतिपछि सबैलाई छाडिएको थियो ।

कुटाकुटको जड कार्यालय प्रमुख दासको सरुवा विवादसँग जोडिएको थियो । श्रम तथा यातायात मन्त्रालयले दासलाई तालिम केन्द्र जनकपुर सरुवा गर्दै सरोज यादवलाई कलैया यातायात कार्यालयको नयाँ प्रमुख तोकेको थियो । तर, दासले सरुवा अस्वीकार गर्दै कार्यालय नछाडेपछि अवस्था जटिल बन्दै कुटाकुटको अवस्थामा पुगेको थियो ।

लाइसेन्स ‘किनबेच’ को संगठित खेल
यातायात व्यवस्था कार्यालय, कलैयामा भएको विवाद केवल प्रशासनिक असहजता मात्र नभई गहिरो संगठित भ्रष्टाचारको परिणाम भएको देखिएको छ । सेवाग्राहीहरूका अनुसार तत्कालीन प्रमुख अबिन्दर दास हाजिर भएदेखि नै यातायात कार्यालयमा लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षामा फेल भएका सेवाग्राहीबाट रकम असुली गरी पास गराउने खुलेआम धन्दा सञ्चालन हुँदै आएको छ ।

सेवाग्राहीहरूका अनुसार मोटरसाइकल लाइसेन्सका लागि १० हजारदेखि १५ हजार रुपैयाँ, चार पाँग्रे सवारीका लागि १५ हजारदेखि २५ हजार रुपैयाँ, हेभी सवारी र मेसिनरी साधनका लागि २५ हजारदेखि ७० हजार रुपैयाँसम्म रकम लिएर फेल भएकालाई पास गराइने गरिएको छ । पैसा बुझाएपछि कम्प्युटर प्रणालीमै पास देखिने गरी लाइसेन्स भेरिफिकेसन मिलाइने गरिएको श्रोतले बताएको छ ।

श्रोतका अनुसार ट्रायल सेन्टरमा जडान गरिएका सिसिटिभी क्यामेराका फुटेजसमेत आवश्यकता अनुसार सम्पादन गरी हटाइने गरिएको छ । लिखित परीक्षामा सेटिङ भएका परीक्षार्थीलाई ५–६ वटा प्रश्नमा मात्र संकेत चिन्ह लगाउन लगाई बाँकी खाली छोडेपछि कर्मचारीहरूले नै उत्तर भरी पास गराउने गरिएको आरोप छ । प्रयोगात्मक परीक्षामा सेटिङ भएका उम्मेदवारका लागि व्यक्तिगत रूपमा खरिद गरिएका मोटरसाइकल प्रयोग गरिने, दक्ष चालकलाई हेल्मेट र मास्क लगाएर अनुहार नदेखिने गरी ट्रायल दिन लगाइने गरेको दाबी गरिएको छ ।

‘आर्थिक आतंक’ र प्रशासनिक पतन
यस अवैध कारोबारमा निमित्त प्रमुख पौडेलका विश्वासपात्र ट्रायल प्रमुख, राजनीतिक पहुँच भएका व्यक्तिहरू र दर्जनभन्दा बढी बिचौलिया सक्रिय रहेको पीडित सेवाग्राहीहरूको आरोप छ । कार्यालयभित्र आर्थिक आतंक सिर्जना भएको र पैसा नदिने सेवाग्राहीलाई जानाजान फेल गराइने गरेको उनीहरुको गुनासो छ ।

लगातार कुटाकुट, मोसो प्रहार र भ्रष्टाचारका गम्भीर आरोपले बारा यातायात कार्यालय मात्र होइन, समग्र यातायात प्रशासनको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ । स्थानीयवासी र सेवाग्राहीहरूले निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र कार्यालयको सम्पूर्ण संरचनागत सुधारको माग गरेका छन् । यदि यस्ता घटनामा समयमै नियन्त्रण र सुधार भएन भने कलैयाको यातायात कार्यालय राज्य संयन्त्रको असफलताको ज्वलन्त उदाहरण बन्ने खतरा बढ्दै गएको छ ।

Tags: लाइसेन्स किनबेचको संगठित खेल
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

महिला मृत अवस्थामा फेला, हत्या गरिएको हुन सक्ने आशंका

बैशाख ३०, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

राजस्व चुहावट मुद्दामा दोषी ठहरिएका प्रबिन्द्र साह गोढ पक्राउ

बैशाख ३०, २०८३
छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

बैशाख ३०, २०८३
सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

बैशाख ३०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि