Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हरिखेतान क्याम्पसः नियुक्ति विवाद कि सामुदायिक शिक्षामाथिको आक्रमण ?

सामुदायिक क्याम्पसलाई सीमित व्यक्ति वा परिवारको स्वार्थअनुसार सञ्चालन गर्ने प्रवृत्ति मौलाउँदै जाने हो भने, त्यसको प्रत्यक्ष मार विद्यार्थी र अभिभावकमाथि पर्नु स्वाभाविक हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २३, २०८२
हरिखेतान क्याम्पसः नियुक्ति विवाद कि सामुदायिक शिक्षामाथिको आक्रमण ?

वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसमा सुस्मिता यादवको नियुक्तिसँगै सुरु भएको विवाद सामान्य प्रशासनिक विषयमा सीमित नरही अब सामुदायिक शिक्षाको भविष्यसँग गाँसिएको गम्भीर संकटका रूपमा देखा परेको छ । विद्यार्थीहरूद्वारा आइतबारदेखि सुरु गरिएको आन्दोलन बुधबारदेखि प्राध्यापक संघ र कर्मचारी युनियनको समर्थन पाएसँगै अझ व्यापक र सशक्त बनेको छ, जसले क्याम्पसभित्रको असन्तोष कति गहिरो छ भन्ने स्पष्ट संकेत गर्दछ ।

नियुक्ति प्रक्रियामा पारदर्शिता, विधि र संस्थागत मापदण्डको पालना नहुँदा उत्पन्न हुने परिणाम कति घातक हुन्छ भन्ने उदाहरण हरिखेतान क्याम्पस बनेको छ । विद्यार्थीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदा समेत व्यवस्थापन पक्ष मौन बस्नुले समस्या समाधानको इच्छाशक्ति नै छैन कि भन्ने गम्भीर प्रश्न उठाएको छ ।

हरिखेतान प्राध्यापक संघका अध्यक्ष धमेन्द्र यादवले उठाएको मुद्दा केवल एक व्यक्तिको नियुक्तिसँग सम्बन्धित होइन । उनले सामुदायिक क्याम्पसको मूल मर्ममाथि नै आघात पुग्ने गरी विधान संशोधनमार्फत निजीकरणतर्फ धकेल्ने प्रयास भइरहेको गम्भीर आरोप लगाएका छन् । यदि सामुदायिक क्याम्पसलाई सीमित व्यक्ति वा परिवारको स्वार्थअनुसार सञ्चालन गर्ने प्रवृत्ति मौलाउँदै जाने हो भने, त्यसको प्रत्यक्ष मार विद्यार्थी र अभिभावकमाथि पर्नु स्वाभाविक हो ।

झन चिन्ताको विषय त के हो भने, विद्यार्थीहरूको आधारभूत माग पूर्वाधार, शैक्षिक सुविधा, छात्रवृत्ति र पारदर्शी प्रशासनप्रति व्यवस्थापनको उदासीनता देखिनु हो। गरिब तथा जेहनदार विद्यार्थीका लागि लक्षित छात्रवृत्ति मनपरी रूपमा वितरण भइरहेको गुनासोले सामाजिक न्याय र समावेशितामाथि समेत प्रश्न उठाएको छ ।

प्राध्यापक संघकी उपाध्यक्ष प्रीतिकुमारी सिंहले निजी विधान खारेज गरी सामुदायिक भावनाअनुसार नयाँ विधान निर्माणको माग गर्नु आफैंमा व्यवस्थापन प्रणालीमाथिको गम्भीर अविश्वासको द्योतक हो । साथै, क्याम्पस प्रमुखदेखि प्रशासन प्रमुखसम्म बारम्बार परिवर्तन गरिनुले विद्यार्थीहरूमा मानसिक तनाव बढ्नु स्वाभाविक देखिन्छ ।

‘सामुदायिक क्याम्पस भनेर छोराछोरी भर्ना गर्‍यौँ’ भन्ने अभिभावकको पीडा केवल भावनात्मक अभिव्यक्ति होइन, यो राज्य र समाजप्रति गरिएको गम्भीर प्रश्न हो । शिक्षण संस्था राजनीतिक स्वार्थ, आफन्तवाद र मनोमानीको अखडा बन्न थाले भने त्यसले दीर्घकालमा शिक्षाको गुणस्तर मात्र होइन, समाजकै भविष्यलाई कमजोर बनाउँछ ।

हरिखेतान क्याम्पसको अहिलेको विवाद तत्काल संवाद, पारदर्शिता र संस्थागत सुधारमार्फत समाधान खोजिनु आवश्यक छ । अन्यथा, यो विवाद एउटा क्याम्पसमा सीमित नरही सामुदायिक शिक्षामाथिको विश्वास गुमाउने खतरनाक नजिर बन्न सक्छ । समयमै सच्याइएन भने हरिखेतान क्याम्पसको संकट केवल आन्दोलनमा सीमित रहने छैन, यसले सम्पूर्ण शैक्षिक प्रणालीप्रतिको भरोसालाई नै चुनौती दिनेछ ।

Tags: हरिखेतान क्याम्पस विवाद
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिरहामा डकैतीसहित विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ

सिरहामा डकैतीसहित विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ

अशोज १२, २०८३
प्रमुख प्रशासकीय अधिकृत नआएपछि नगरप्रमुखले नगरपालिका र वडा कार्यालयमा लगाए ताला

प्रमुख प्रशासकीय अधिकृत नआएपछि नगरप्रमुखले नगरपालिका र वडा कार्यालयमा लगाए ताला

अशोज १२, २०८३
दुई सय घर निर्माणको लक्ष्यसहित ‘वास्तु विहार’ परियोजना निर्माण कार्य तीब्र

दुई सय घर निर्माणको लक्ष्यसहित ‘वास्तु विहार’ परियोजना निर्माण कार्य तीब्र

अशोज १२, २०८३
जागिरको प्रलोभनमा ‘जब सेन्टर’को ठगी धन्दाः युवाहरुसँग शुल्क असुल्दै ‘गोलचक्कर’ घुमाइँदै

जागिरको प्रलोभनमा ‘जब सेन्टर’को ठगी धन्दाः युवाहरुसँग शुल्क असुल्दै ‘गोलचक्कर’ घुमाइँदै

अशोज १२, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि