Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा नेपाल रास्वपा पर्सा जसपा उम्मेदवार अशोक टेमानी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा ‘रन टुगेदर, राइज टुगेदर’ म्याराथन प्रतियोगिता सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १९, २०८२
वीरगंजमा ‘रन टुगेदर, राइज टुगेदर’ म्याराथन प्रतियोगिता सम्पन्न

वीरगंज (पर्सा), १९ पुस । युथ सर्भ फाउण्डेशन र त्रिविया डिजिटल स्कुपको संयुक्त आयोजनामा वीरगंजमा ‘रन टुगेदर, राइज टुगेदर’ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । फाउण्डेशनका अध्यक्ष नकुल गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यार्थी, युवा तथा खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले खेलकुद र खेलाडी महानगरपालिकाको प्राथमिकतामा रहेको स्पष्ट पार्दै खेलकै माध्यमबाट देशको पहिचान स्थापित हुने बताए । उनले नयाँ खेलाडी उत्पादन, क्षमता विकास, सम्मान तथा प्रोत्साहनका कार्यक्रमलाई महानगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए । खेलकुदले अनुशासन, स्वास्थ्य र आत्मविश्वास बढाउने भएकाले युवालाई खेलप्रति आकर्षित गर्न स्थानीय सरकारले निरन्तर पहल गरिरहेको पनि उनले उल्लेख गरे ।

कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. २० का वडाध्यक्ष रामकिशोर सिंह पराग, लायन्स क्लब इन्टरनेशनल ३२५ एस का प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर रामबिहारी पाण्डे, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ बासु तिमिल्सिना, प्याबसन पर्साकी उपाध्यक्ष सुशिला साह, पर्सा जिल्लाका एथ्लेटिक्स प्रशिक्षक विश्वेश्वर पटेललगायतले नियमित दौड र खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्य मजबुत बनाउनेमा जोड दिएका थिए ।

युथ सर्भ फाउण्डेशनका अध्यक्ष नकुल गुप्ताले विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको बताए । दौडप्रति रुचि भएका प्रतिभालाई अवसर प्रदान गर्नु पनि कार्यक्रमको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो । कार्यक्रम संयोजक दिपु वर्णवालले धन्यवाद मन्तव्य राख्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै संघ-संस्था, स्वयंसेवक, सहभागी तथा समर्थकप्रति आभार व्यक्त गरे । उनले यस्ता कार्यक्रमले वीरगंजलाई खेलकुदमैत्री शहरको रूपमा चिनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे ।

म्याराथन प्रतियोगितामा श्री जनता माध्यमिक विद्यालय, उम्जन (बारा) का पप्पु कुमार यादव प्रथम, उनका भाइ धिरज प्रसाद यादव द्वितीय तथा वीरगंजस्थित एसआर ग्यालेक्सीका सचिन यादव तृतीय स्थान हासिल गर्न सफल भए । प्रथम हुने पप्पु यादवले एक थान साइकलसहित नगद ५ हजार १ सय रुपैयाँ, द्वितीय हुने धिरज यादवले नगद ५ हजार १ सय रुपैयाँ र तृतीय हुने सचिन यादवले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरे । विजेताहरूलाई मेडल, प्रमाणपत्र तथा एक–एक जोर जुत्तासमेत प्रदान गरिएको थियो ।

कार्यक्रम संयोजनमा अंकित चौरसिया, नरोत्तम पाण्डेलगायतको सक्रिय भूमिका रहेको थियो । कार्यक्रममा प्रभु अस्पतालका प्रबन्ध निर्देशक डा. मनोज गुप्ता, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी थापा, लायन्स क्लब अफ वीरगंज ह्युमानिटीका अध्यक्ष अमरकान्त झा, मानव सेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ता, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

युथ सर्भ फाउण्डेशनकी सचिव सोनालाल सहनीका अनुसार प्रतियोगितामा पर्सा र बारा जिल्लाबाट २५० भन्दा बढी धावकहरूको सहभागिता रहेको थियो ।

Tags: न टुगेदरराइज टुगेदर’ म्याराथन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

डीआईजीको छायाँमा सईको राज : मधेश प्रहरीमा असुली, सरुवा र तस्करीको खतरनाक सेटिङ्ग !

डीआईजीको छायाँमा सईको राज : मधेश प्रहरीमा असुली, सरुवा र तस्करीको खतरनाक सेटिङ्ग !

माघ २७, २०८२
छापामारीको नाममा प्रहरी दमनः सीमामा सेटिङ्ग, गोदाममा छापा ! प्रहरीको दोहोरो चरित्र उजागर

छापामारीको नाममा प्रहरी दमनः सीमामा सेटिङ्ग, गोदाममा छापा ! प्रहरीको दोहोरो चरित्र उजागर

माघ २७, २०८२
सगरमाथा स्कुलमा ‘फुड फेस्टिभल’: विद्यार्थीका हातमा सीप, मनमा संस्कार

सगरमाथा स्कुलमा ‘फुड फेस्टिभल’: विद्यार्थीका हातमा सीप, मनमा संस्कार

माघ २७, २०८२
रामबन र तेढामा रामकिशोर सिंह (पराग) को घरदैलो

रामबन र तेढामा रामकिशोर सिंह (पराग) को घरदैलो

माघ २६, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि