Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बुहारीको हत्या, घरभित्रै खनिएको खाल्डो : तहरीमा खातुन हत्या प्रकरणको भित्री कथा

प्रहरी अनुसन्धानका अनुसार तहरीमाको हत्या विवाहेतर सम्बन्धको आरोपसँग जोडिएको छ । अली र आश महमदको बयानअनुसार तहरीमाको अलीका जेठा छोराका छोरा अर्थात् नातिसँग सम्बन्ध थियो ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
पुस १०, २०८२
परिवारकै मिलेमतोमा महिलाको विभत्स हत्या, घरकै भुसाखाडलमा गाडिएको अवस्थामा शव फेला

वृन्दावन (रौतहट), १० पुस । रौतहटको वृन्दावन नगरपालिका–९ भुसहा टोल । बाहिरबाट हेर्दा सामान्य देखिने एउटा खपडाको घरभित्र लुकेको थियो एउटा निर्मम अपराध । त्यही घरको एउटा कोठाभित्र खाल्डो खनेर बोरामा हालिएको अवस्थामा १८ वर्षीया तहरीमा खातुनको शव फेला परेपछि यो गाउँ स्तब्ध बन्यो । मंसिर ९ गते उजागर भएको यो घटनाले पारिवारिक सम्बन्ध, सामाजिक सोच र अपराधको भयावह स्वरूपलाई एकैपटक उजागर गरिदियो ।

कोठाभित्र खनिएको खाल्डो र त्यसमाथि पुरिएको शव देखेपछि प्रहरीले तहरीमाको हत्या भएको निष्कर्ष निकाल्दै तत्काल अनुसन्धान थालेको थियो । प्रारम्भिक सूचनाले नै घटना घरभित्रकै सदस्यसँग जोडिएको संकेत गरिरहेको थियो । घटनाको भोलिपल्टै मंसिर १० गते प्रहरीले तहरीमाका ससुरा महमद अली र दाजु आश महमदलाई पक्राउ गरेपछि घटनाको डरलाग्दो विवरण बाहिर आउन थाल्यो ।

गुजरा नगरपालिका–७ पल्टुवाका आश महमद र वृन्दावन–९ भुसहा टोलका ७५ वर्षीय महमद अलीले प्रारम्भिक बयानमै हत्यामा संलग्नता स्वीकार गरेका थिए । उनीहरूलाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि बुधबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

सम्बन्धको जटिल जाल
तहरीमा महमद अलीकी बुहारी थिइन् भने आश महमद उनका दाजु । अलीका १० भाइ छोरामध्ये सातौं छोरा शेख आदिलकी पत्नी थिइन् तहरीमा । आश महमदले आफ्नी बहिनीकी नन्दसँग विवाह गरेका कारण उनी तहरीमाका दाजु मात्र होइन, ज्वाइँ नातामा पनि जोडिन्थे । घटनाको रात दुवै अभियुक्त घरमै रहेको पुष्टि प्रहरीले गरेको छ ।

प्रहरी अनुसन्धानका अनुसार तहरीमाको हत्या विवाहेतर सम्बन्धको आरोपसँग जोडिएको छ । अली र आश महमदको बयानअनुसार तहरीमाको अलीका जेठा छोराका छोरा अर्थात् नातिसँग सम्बन्ध थियो । गत कात्तिक १९ गते दुवै जनालाई सँगै देखेपछि गाउँलेले नियन्त्रणमा लिई चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयको जिम्मा लगाएका थिए ।

त्यसपछि अलीले ‘अब मेरो छोराले बुहारीलाई राख्दैन, यही भतिजोसँग विवाह गराइदिन्छु’ भन्दै तहरीमालाई घर ल्याएको खुलेको छ । माइती पक्षले एक सन्तानकी आमा तहरीमालाई पटक पटक सम्झाएर घर नबिगार्न आग्रह गरे पनि स्थिति सुध्रिएन । अन्ततः परिवारकै सदस्यहरूले योजनाबद्ध रूपमा हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

योजनाबद्ध अपराध
प्रहरीका अनुसार मृतकका दाजु आश महमद करिब १५ दिनअघि ससुराली आइपुगेका थिए । उनकै योजनामा मंसिर ८ गते राति घरका सबै सदस्य मिलेर तहरीमाको हत्या गरिएको हो । हत्या गरेपछि शवलाई कोठाभित्रै खाल्डो खनी गाडिएको र त्यसपछि घरका सदस्यहरू फरार भएका थिए ।

घटनाको समयमा घरमा महमद अली दम्पती, तहरीमा, उनका डेढ वर्षका नाबालक छोरा, दुईजना देउरानी–जेठानी र नाबालक देवरहरू थिए । हत्या भएपछि घरका सबै सदस्य भागेका थिए । हालसम्म आश महमद र महमद अली मात्र पक्राउ परेका छन् । तहरीमा–आदिलका नाबालक छोरा समेत अझै फेला नपरेको प्रहरीले जनाएको छ ।

तहरीमाका पति शेख आदिल वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । श्रीमतीको हत्या र छोरा बेपत्ता भएको खबरले उनको परिवारमाथि थप पीडा थपिएको छ ।

खोजी जारी, प्रश्न बाँकी
प्रहरीले फरार रहेका परिवारका अन्य सदस्यहरूको खोजी तीव्र पारेको जनाएको छ । तर यो घटना केवल एउटा हत्या प्रकरण मात्र होइन, सामाजिक सोच, पारिवारिक दबाब र ‘इज्जत’को नाममा हुने हिंसाको भयावह उदाहरण बनेको छ ।

घरभित्रै खाल्डो खनी बुहारीलाई गाडिएको यो अपराधले एउटा गम्भीर प्रश्न छोडेको छ कानुनभन्दा माथि ‘इज्जत’ ठान्ने मानसिकताले अझ कति जीवन लिने ?

Tags: घरभित्रै खनिएको खाल्डो
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि