Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विद्यालय गाभ्न स्थानीय तहलाई प्रोत्साहन अनुदान

२०८२ साउन १ देखि २०८२ फागुन मसान्तसम्म विद्यालय समायोजन भइसकेका तथा आगामी शैक्षिक सत्र २०८३ को सुरुमै समायोजन हुने गरी निर्णय भइसकेका विद्यालयहरू प्रोत्साहन अनुदानका लागि योग्य हुनेछन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १०, २०८२
सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विद्यालय गाभ्न स्थानीय तहलाई प्रोत्साहन अनुदान

वीरगंज (पर्सा), १० पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव श्रोत विकास केन्द्र, सानोठिमीले सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार र व्यवस्थित सञ्चालनका लागि विद्यालय गाभ्ने (मर्ज गर्ने) वा समायोजन गर्ने स्थानीय तहलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने घोषणा गरेको छ ।

केन्द्रले मंगलबार सार्वजनिक गरेको सूचनामार्फत देशभरका सबै स्थानीय तहलाई विद्यालय गाभ्ने तथा समायोजन प्रक्रियामा सहभागी भई आवश्यक प्रस्ताव पेश गर्न आह्वान गरेको हो । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा उल्लेख गरिएको विद्यालय शिक्षाको दीर्घकालीन शासकीय सुधारको मार्गचित्र अनुसार यो कदम चालिएको केन्द्रका निर्देशक हरिप्रसाद अर्यालले जानकारी दिए ।

सरकारको उद्देश्य विद्यार्थी संख्या न्यून रहेका सामुदायिक विद्यालयलाई एकीकृत गरी उपलब्ध श्रोत–साधनको अधिकतम उपयोग गर्नु रहेको केन्द्रले जनाएको छ । शिक्षक विद्यार्थी अनुपात, भौगोलिक अवस्था, यातायात पहुँच र विद्यालयको वास्तविक आवश्यकता विश्लेषण गर्दै विद्यालयहरूको पुनःनक्शाङ्कन गरिने र यसमार्फत शिक्षालाई थप गुणस्तरीय, प्रभावकारी र जीवनोपयोगी बनाइने लक्ष्य राखिएको छ ।

केन्द्रका अनुसार २०८२ साउन १ देखि २०८२ फागुन मसान्तसम्म विद्यालय समायोजन भइसकेका तथा आगामी शैक्षिक सत्र २०८३ को सुरुमै समायोजन हुने गरी निर्णय भइसकेका विद्यालयहरू प्रोत्साहन अनुदानका लागि योग्य हुनेछन् । समायोजनपश्चात कायम रहने शिक्षक दरबन्दीलाई आवश्यकता अनुसार निम्न माध्यमिक र माध्यमिक तहमा रूपान्तरण गर्दै शिक्षक आपूर्ति व्यवस्थालाई सहज बनाइने पनि सूचनामा उल्लेख छ ।

स्थानीय तहले २०८२ फागुन मसान्तभित्र केन्द्रमा पेश गर्ने प्रस्तावमा विद्यालयको विस्तृत तथ्याङ्क, शिक्षक विद्यार्थी अनुपात, पहुँच तथा भौगोलिक अवस्था, समायोजनका लागि पहिचान गरिएका विद्यालयहरूको सूची, समायोजनपछिको भौतिक पूर्वाधार र व्यवस्थापन योजना, शिक्षक दरबन्दी मिलान तथा रूपान्तरणको प्रस्ताव, अभिभावक, समुदाय र विद्यालय व्यवस्थापन समितिको सहमति र प्रतिबद्धता, कार्यान्वयनको समयरेखा तथा आवश्यक बजेट विवरण समावेश गर्नुपर्नेछ ।

यस प्रक्रियालाई प्रभावकारी बनाउन शिक्षा विकास तथा समन्वय एकाइहरूलाई स्थानीय तहसँग आवश्यक समन्वय र सहजीकरण गर्न केन्द्रले निर्देशन दिएको छ । केन्द्रद्वारा जारी सूचनामा विद्यालय समायोजन प्रक्रियाले सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्नुका साथै राज्यको लगानीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ । शिक्षक तथा अभिभावकहरूले राजनीतिक पहुँचका आधारमा सञ्चालन हुँदै आएका, विद्यार्थी संख्या न्यून भएपनि कागजी विद्यार्थी देखाएर अनुदान लिँदै आएका विद्यालयहरूको समस्या अब क्रमशः अन्त्य हुने अपेक्षा गरेका छन् ।

अभिभावकहरूका अनुसार स्थानीय तहको अत्यधिक हस्तक्षेपका कारण पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर बन्दै गएको अवस्थामा सरकारले ल्याएको यो नयाँ नीतिले आर्थिक अनियमितता घटाउने र शिक्षाको स्तरमा उल्लेख्य सुधार ल्याउने विश्वास गरिएको छ ।

पटेर्वासुगौली गाउँपालिकाका एक वडाध्यक्ष वासु पंजियारले वडा र पालिकाको सीमित क्षमता र श्रोतका कारण विद्यालय व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए। उनले विद्यालय गाभेर व्यवस्थित र गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा प्रयास भइरहेको उल्लेख गरे ।

त्यस्तै, अर्का वडाध्यक्ष विजय गैरेले आफ्नो वडामा सातवटा सामुदायिक विद्यालय रहेको जानकारी दिँदै कतै विद्यार्थी कम तर शिक्षक बढी, कतै विद्यार्थीको अनुपातमा शिक्षक कम हुनु, विषयगत शिक्षकको अभाव र दरबन्दी व्यवस्थापन जस्ता समस्या ठूलो चुनौतीका रूपमा देखिएको बताए ।

घरपायक विद्यालय स्थापनाले समस्या थपिएको जनाउँदै, सरकारले अघि सारेको यो नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सके पर्सासहित मधेश प्रदेशका सामुदायिक विद्यालयहरूको अवस्था सुधार हुने सरोकारवालाहरूले अपेक्षा गरेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि