Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपाल-भारत सीमामा नर्को आतंकी पक्राउ र नेपालमा सुरक्षा चुनौती !

राजवीर सिंह नेपाल हुँदै युरोपतर्फ फरार हुने योजनामा थिए । उनी नर्को–आतंकी (नशा र आतङ्कसँग जोडिएको) मोड्युलका महत्वपूर्ण सदस्य रहेको र पाकिस्तानका लागि जासुसी गतिविधिमा समेत संलग्न रहेको दाबी गरिएको छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
पुस ६, २०८२
नेपाल-भारत सीमामा नर्को आतंकी पक्राउ र नेपालमा सुरक्षा चुनौती !

वीरगंजसँग जोडिएको भारतीय सीमावर्ती सहर रक्सौलबाट भारतीय सुरक्षा निकायले हासिल गरेको पछिल्लो सफलता केवल एक व्यक्तिको गिरफ्तारीमा सीमित छैन, यो नेपाल–भारत सीमाक्षेत्रमा विद्यमान सुरक्षा चुनौती र सम्भावित जोखिमको गम्भीर संकेतसमेत हो । पञ्जाब प्रहरीको स्टेट स्पेशल अपरेसन सेलले मोतिहारी प्रहरीको सहयोगमा भारतीय सेनाका भगौडा जवान राजवीर सिंह उर्फ ‘फौजी’लाई पक्राउ गर्नु भारतका लागि मात्र नभई समग्र क्षेत्रीय सुरक्षाका दृष्टिले महत्वपूर्ण घटना हो ।

भारतीय प्रहरीका अनुसार राजवीर सिंह नेपाल हुँदै युरोपतर्फ फरार हुने योजनामा थिए । अझ गम्भीर कुरा त के छ भने उनी नर्को–आतंकी (नशा र आतङ्कसँग जोडिएको) मोड्युलका महत्वपूर्ण सदस्य रहेको र पाकिस्तानका लागि जासुसी गतिविधिमा समेत संलग्न रहेको दाबी गरिएको छ । सिरसास्थित महिला थानामा भएको ग्रेनेड आक्रमणका मुख्य योजनाकारसमेत उनी नै भएको पञ्जाब प्रहरीको भनाइले घटनाको संवेदनशीलता अझ बढाएको छ ।

नेपाल–भारत खुला सीमाको ऐतिहासिक र सामाजिक महत्व छ । तर यही खुलापन पछिल्लो समय अपराधी, तस्कर, लागुऔषध कारोबारी र आतङ्कसँग जोडिएका व्यक्तिहरूका लागि सहज मार्ग बन्दै गएको यथार्थ पटक–पटक उजागर हुँदै आएको छ । राजवीर सिंहजस्ता गम्भीर आरोप खेपिरहेका व्यक्तिहरू नेपाल हुँदै तेश्रो मुलुकतर्फ भाग्ने योजना बनाउनु संयोग मात्र होइन, प्रणालीगत कमजोरीको परिणाम हो ।

यसअघि पनि भारतमा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू नेपाल प्रवेश गरी यहाँबाट अन्य देशतर्फ पुगेका घटनाहरू सार्वजनिक भइसकेका छन् । यसले नेपाल अनिच्छित रूपमा अपराधीहरूको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको हो कि भन्ने गम्भीर प्रश्न उठाएको छ ।

पञ्जाब प्रहरी र मोतिहारी प्रहरीको संयुक्त कारबाही भारतका लागि लागूऔषध तथा राष्ट्रिय सुरक्षाविरुद्धको अभियानमा ठूलो उपलब्धिका रूपमा लिइएको छ । तर यही घटनाले नेपालका सुरक्षा संयन्त्रका लागि गहिरो आत्ममूल्याङ्कनको आवश्यकता पनि औँल्याएको छ । नेपाल कसरी यस्ता तत्वहरूको अस्थायी आश्रयस्थल बन्दै गइरहेको छ ? सीमामा निगरानी किन कमजोर देखिन्छ ? सूचना आदान–प्रदान कति प्रभावकारी छ ? यस्ता प्रश्नहरू अब नजरअन्दाज गर्न मिल्दैन ।

सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता अझ कडा बनाउनु समयको माग हो । नेपाल र भारतबीच सुरक्षा सूचना आदान–प्रदानलाई संस्थागत र प्रभावकारी बनाउनुपर्छ । खुला सीमाको दुरुपयोग रोक्न प्रविधि, संयुक्त गस्ती र लक्षित निगरानी प्रणालीको विकास अपरिहार्य भइसकेको छ । साथै, नेपालले आफ्नो भूमि कुनै पनि किसिमको आपराधिक, आतङ्कवादी वा अन्तर्राष्ट्रिय अवैध गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट र कडा सन्देश दिनु आवश्यक छ ।

अन्ततः रक्सौल सीमाबाट राजवीर सिंहको गिरफ्तारीले भारतलाई राहत दिएको छ, तर नेपालका लागि यो चेतावनी हो । यदि समयमै सजगता अपनाइएन भने खुला सीमा अवसरभन्दा जोखिममा परिणत हुन सक्छ । त्यसैले, यो घटना केवल छिमेकी देशको सफलता भनेर चुप लाग्ने होइन, आफ्नै सुरक्षा प्रणाली सुदृढ गर्ने अवसरका रूपमा लिनु नै दूरदर्शी निर्णय हुनेछ ।

हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि