Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एचआईभी संक्रमित मृत्युको संख्या वर्षेनी साढे ५ सयभन्दा बढि, अझैपनि गम्भीर जनस्वास्थ्य चुनौती

नेपालमा एचआईभी सङ्क्रमितको अनुमानित संख्या ३४ हजार ३ सय ३७, एचआईभी रोकथाम तथा उपचार सेवामा थप ध्यान दिनुपर्ने आवश्यकता ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ५, २०८२
एचआईभी संक्रमित मृत्युको संख्या वर्षेनी साढे ५ सयभन्दा बढि, अझैपनि गम्भीर जनस्वास्थ्य चुनौती

वीरगंज (पर्सा), ५ पुस । एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालद्वारा आयोजित ‘नेपालमा एचआईभी कार्यक्रमको वर्तमान अवस्था’ विषयक पत्रकार अन्तरक्रिया कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ । एचआईभी/एड्स नियन्त्रण, न्यूनीकरण र सचेतनाका विषयमा सञ्चारमाध्यमको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक सर्वेश शर्माले राष्ट्रिय एचआईभी कार्यक्रमको अवस्थाबारे विस्तृत प्रस्तुति दिँदै नेपालमा एचआईभी सङ्क्रमितको अनुमानित संख्या ३४ हजार ३ सय ३७ रहेको जानकारी दिए । प्रस्तुत तथ्याङ्कअनुसार कुल सङ्क्रमितमध्ये १९ हजार ८ सय २१ जना अर्थात् ५८ प्रतिशत पुरुष र १४ हजार ५ सय १६ जना अर्थात् ४२ प्रतिशत महिला रहेका छन् ।

यसैगरी ० देखि १४ वर्ष उमेर समूहका १ हजार ५८ जना, अर्थात् ३ प्रतिशत बालबालिका एचआईभी सङ्क्रमित रहेको पनि उनले बताए । निर्देशक शर्माका अनुसार नेपालमा वार्षिक रूपमा नयाँ एचआईभी सङ्क्रमण हुनेको संख्या ६ सय १४ रहेको छ भने एड्ससम्बन्धी वार्षिक मृत्युको संख्या ५ सय ६९ रहेको तथ्यले एचआईभी अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेको संकेत गर्दछ ।

जिल्लागत अवस्थाबारे जानकारी गराउँदै उनले पर्सा जिल्लामा ८ सय १२ जना र बारा जिल्लामा ४ सय ७२ जना एचआईभी सङ्क्रमित रहेको बताए । यी तथ्याङ्कले तराई–मधेश क्षेत्रमा एचआईभी रोकथाम तथा उपचार सेवामा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको उनको भनाइ थियो । वीरगंजस्थित मकालु होटलमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले एचआईभी नियन्त्रण र न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे ।

उनीहरूले तथ्यपरक, जिम्मेवार र संवेदनशील रिपोर्टिङमार्फत गलत धारणा तोड्न र समुदायमा सचेतना फैलाउन सञ्चारकर्मीहरूले महत्वपूर्ण योगदान दिन सक्नेमा जोड दिएका थिए । साथै एचआईभी नियन्त्रणका प्रयासलाई अझ प्रभावकारी बनाउन स्थानीय तह, नागरिक समाज, स्वास्थ्य निकाय र सञ्चारकर्मीबीच सहकार्य सुदृढ गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।

कार्यक्रममा एएचएफ नेपालले हाल पर्सा, धनुषा, मकवानपुर, अछामसहित देशका १७ वटा जिल्लामा एचआईभी रोकथाम, परीक्षण, उपचार तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी पनि गराइएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य राख्दै एएचएफ नेपालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले नेपालमा एचआईभी नियन्त्रणका लागि सरकार, गैरसरकारी संस्था, स्वास्थ्यकर्मी र सञ्चारकर्मीबीचको सहकार्य अपरिहार्य रहेको बताए । उनले समन्वित प्रयासबाट मात्र एचआईभीको फैलावट रोक्न र प्रभावित समुदायलाई प्रभावकारी सेवा पुर्‍याउन सकिने धारणा राखे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष ओम प्रकाश खनालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा आयोजक संस्थाका कार्यक्रम तथा बजार व्यवस्थापक राधेश्याम श्रेष्ठ, जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा, वीरगञ्ज महानगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राजु साहलगायत स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि