Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्याब्सन वीरगंजको नकआउट क्रिकेटमा माउन्ट एडमन्ड, अल्पाइन र गौतमको शानदार जित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ४, २०८२
प्याब्सन वीरगंजको नकआउट क्रिकेटमा माउन्ट एडमन्ड, अल्पाइन र गौतमको शानदार जित

वीरगंज (पर्सा), ४ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वीरगंजको आयोजनामा सञ्चालन भइरहेको दोश्रो संस्करणको प्याब्सन छात्रा तथा जुनियर छात्र नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत पाँच वटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन् । विद्यालयस्तरमै खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरूमा उत्साह र प्रतिस्पर्धात्मक भावना थपेको छ ।

प्याब्सन वीरगंजका सचिव अमित आलोकका अनुसार विद्यार्थीहरूमा खेलकुद भावना अभिवृद्धि गर्नुका साथै शारीरिक र मानसिक विकासलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । उनले यस्ता खेलकुद कार्यक्रमले अनुशासन, टिमवर्क र नेतृत्व क्षमता विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए । छात्रातर्फ सम्पन्न पहिलो खेलमा माउन्ट एडमन्ड स्कुलले जीवन ज्योति स्कुललाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेकी माउन्ट एडमन्डकी स्मृति कुमारी भुलम ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।

त्यसैगरी, जुनियर छात्रतर्फको दोश्रो खेलमा अल्पाइन स्कुलले माउन्ट मकालु स्कुललाई २९ रनको अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम राख्यो । यस खेलमा अल्पाइन स्कुलका अजद आलम उत्कृष्ट प्रदर्शनका कारण ‘प्लेयर अफ दि म्याच’ बने । छात्रातर्फको तेश्रो खेलमा गौतम स्कुलले गुरुकुल स्कुललाई ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ । गौतम स्कुलकी श्रेष्का बस्नेतले प्रभावशाली खेल प्रदर्शन गर्दै ‘प्लेयर अफ दि म्याच’को उपाधि हात पारिन् ।

चौथो खेलमा छात्रातर्फ नै अल्पाइन स्कुल र एसआर ग्यालेक्सी स्कुलबीच कडा प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक खेलमा एसआर ग्यालेक्सी स्कुलले ५ विकेटको जित दर्ता गर्न सफल भयो । यस खेलमा रागनी कुशवाहा उत्कृष्ट खेलाडी घोषित भइन् । पाँचौँ खेल जुनियर छात्रतर्फ गौतम स्कुल र गोल्डेन फ्युचर स्कुलबीच सम्पन्न भएको थियो । उक्त खेलमा गोल्डेन फ्युचर स्कुलले ७ विकेटको सहज जित हात पार्‍यो । उत्कृष्ट प्रदर्शन गरेका गोल्डेन फ्युचरका रेहान अन्सारी ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।

आयोजकका अनुसार यस प्रतियोगिताले विद्यालयस्तरमै क्रिकेटप्रतिको रुचि बढाउनुका साथै विद्यार्थीहरूबीच अनुशासन, सहकार्य, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताका बाँकी खेलहरू आगामी दिनहरूमा निरन्तर सञ्चालन हुने प्याब्सन वीरगञ्जले जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि