Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जेन-जी आन्दोलनमा आगजनी गरेको आरोपमा पक्राउ परेका रन्जन सिंह जिम्मेवारी जमानीमा रिहा

नेपाल सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच मंसिर २४ गते भएको १० बुँदे सम्झौताका आधारमा सिंहलाई जिम्मेवारी जमानीमा रिहा गरिएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ३, २०८२
जेन-जी आन्दोलनमा आगजनी गरेको आरोपमा पक्राउ परेका रन्जन सिंह जिम्मेवारी जमानीमा रिहा

वीरगंज (पर्सा), ३ पुस । गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको निजी निवासमा आगजनी गरेको आरोप लागि बिहीबार पक्राउ परेका हिन्दुवादी नेता रन्जन सिंह राजपुत छोटो समयको प्रहरी नियन्त्रणपछि रिहा भएका छन् ।

नेपाल सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच मंसिर २४ गते भएको १० बुँदे सम्झौताका आधारमा उनलाई जिम्मेवारी जमानीमा रिहा गरिएको हो । प्रहरीका अनुसार, सम्झौतामा आन्दोलनमा सहभागी भएकै आधारमा व्यक्तिलाई थुनामा नराख्ने प्रावधान उल्लेख छ, त्यही प्रावधानका अनुसार छाडिएको हो ।

वीरगंज महानगरपालिका वडा नम्बर १० रानीघाट निवासी ४१ वर्षीय राजपुतलाई बिहीबार बिहान अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बोलाइएको थियो । सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । मेयर राजेशमान सिंहले राजपुतसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएपछि पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

तर साँझ करिब ७ बजेर २० मिनेटतिर राजपुतलाई रिहा गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए । रिहाइपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रहरी उपरीक्षक पाठकले भने, ‘सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौताअनुसार आन्दोलनमा सहभागी भएकै आधारमा थुनामा राख्न नमिल्ने प्रावधान छ । आवश्यक परे बयानका लागि फेरि बोलाउन सकिन्छ ।’

रिहाइको माग गर्दै प्रदर्शन
राजपुतको रिहाइको माग गर्दै बिहीबार दिउँसो जेनजी समर्थक तथा हिन्दुवादी युवाहरूले जिल्ला प्रहरी कार्यालय पर्साअगाडि टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले राजपुत निर्दोष रहेको दाबी गर्दै बिना शर्त रिहाइ नगरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए ।

बिहीबार वीरगंजको लाल बङ्गला स्थित जिल्ला प्रहरी कार्यालय पर्साको गेट अगाडि मुख्य सडकमा टायर बालेर विरोध प्रदर्शन गर्दै हिन्दुवादी संघसंगठनहरूले प्रहरीको कदमप्रति आपत्ति जनाएका थिए । उनीहरूले राजपूत हिन्दुहरूको पक्षमा सक्रिय रहँदै आएका कारण राजनीतिक प्रतिशोधका आधारमा उनलाई जबरजस्ती हिरासतमा राखेर झुटा आरोप लगाइएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

मुद्दा कायमै, अनुसन्धान जारी
प्रहरी उपरीक्षक पाठकका अनुसार राजपुतलाई रिहा गरिएपनि मुद्दा भने कायमै रहेको छ । ‘कानुनको पालना गर्दै रिहा गरिएको हो, तर घटना सम्बन्धी अनुसन्धान जारी नै रहनेछ,’ उनले स्पष्ट पारे । जेनजी आन्दोलनका क्रममा देशभर सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षति र हिंसाका घटनाको छानबिन अझै जारी रहेको सन्दर्भमा रन्जन सिंह राजपुतको रिहाइले कानुनी र राजनीतिक वृत्तमा नयाँ बहसलाई जन्म दिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने गिरोह पक्राउ

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने गिरोह पक्राउ

जेष्ठ ५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरिया नगरपालिकामा औषधि खरिदमा अनियमितता, नियम मिचेर ३५ लाखभन्दा बढी खर्च

जेष्ठ ५, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

जेष्ठ ५, २०८३
चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

जेष्ठ ५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि