Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जेन-जी आन्दोलन: आगजनी काण्डमा संलग्न आरोपमा एक पक्राउ, हिन्दुवादी संगठनको विरोध

राजपूत पक्राउ परेको खबर फैलिएसँगै हिन्दुवादी संघसंगठनहरूले त्यसको विरोध गरेका छन् । उनीहरूले राजपूतलाई झुटो मुद्दामा फसाइएको दाबी गर्दै बिना सर्त रिहाइको माग गरेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ३, २०८२
जेन-जी आन्दोलन: आगजनी काण्डमा संलग्न आरोपमा एक पक्राउ, हिन्दुवादी संगठनको विरोध

वीरगंज (पर्सा), ३ पुस । भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा वीरगंजमा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ प्रक्रिया सुरु गरेको छ । आन्दोलन भएको करिब तीन महिनापछि मात्रै जिल्ला प्रहरी कार्यालय पर्साले उक्त घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन थालेको हो ।

यसैक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको वीरगंज महानगरपालिका वडा नम्बर ३ स्थित निजी निवासमा आगजनी गरेको आरोपमा एक युवकलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति वीरगंज महानगरपालिका वडा नम्बर १० रानीघाट निवासी अन्दाजी ४० वर्षीय रञ्जन सिंह राजपूत रहेको प्रहरीले जनाएको छ ।

पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार, राजपूतलाई बिहीबार बिहान सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बोलाइएको थियो । सोधपुछकै क्रममा अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको हो ।

प्रहरी उपरीक्षक पाठकले जानकारी दिएअनुसार, मेयर राजेशमान सिंहले आफ्नो निजी घरमा भएको तोडफोड, आगजनी तथा लुटपाट घटनामा संलग्नहरुविरुद्ध किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि राजपूतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । उनीविरुद्ध आपराधिक उपद्रो कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

१२ देखि १५ जनाविरुद्ध पक्राउ पुर्जी
प्रहरी श्रोतका अनुसार, जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते वीरगंजमा भएको व्यापक हिंसात्मक गतिविधिमा संलग्न १२ देखि १५ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । ती घटनामा वीरगंज महानगरपालिकाको मुख्य कार्यालय, वडा नम्बर १०, १४ र २६ का कार्यालय, प्रहरी चौकी रानीघाट, अस्थायी प्रहरी पोस्ट घण्टाघर, शिव पार्वती मठ, आन्तरिक राजस्व कार्यालय, नेपाल टेलिकमको कार्यालय तथा नेपाली काँग्रेस र नेकपा एमालेका पार्टी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

त्यसैदिन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्व मन्त्रीहरू प्रदीप यादव, अजय चौरसिया र राजकुमार गुप्ता, मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको निजी निवासमा समेत तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

हिन्दुवादी संघसंगठनको विरोध, रिहाइको माग
राजपूत पक्राउ परेको खबर फैलिएसँगै हिन्दुवादी संघसंगठनहरूले त्यसको विरोध गरेका छन् । उनीहरूले राजपूतलाई झुटो मुद्दामा फसाइएको दाबी गर्दै बिना सर्त रिहाइको माग गरेका छन् ।

बिहीबार वीरगंजको लाल बङ्गला स्थित जिल्ला प्रहरी कार्यालय पर्साको गेट अगाडि मुख्य सडकमा टायर बालेर विरोध प्रदर्शन गर्दै हिन्दुवादी संघसंगठनहरूले प्रहरीको कदमप्रति आपत्ति जनाएका छन् । उनीहरूको आरोप छ कि राजपूत हिन्दुहरूको पक्षमा सक्रिय रहँदै आएका कारण राजनीतिक प्रतिशोधका आधारमा उनलाई जबरजस्ती हिरासतमा राखेर झुटा आरोप लगाइएको हो ।

हिन्दुवादी नेता कृष्ण साहले भने, ‘राजपूतजी हिन्दुहरूको पक्षमा आवाज उठाउँदै आएका व्यक्ति हुन् । छुट्टै विषयमा प्रहरी कार्यालय पुगेकै बेला जबरजस्ती नियन्त्रणमा लिएर झुटा मुद्दा लगाइनु सरासर अन्याय हो ।’

वीरगंजमा बढ्दो तनाव
जेन–जी आन्दोलनको तीन महिनापछि मात्र प्रहरीले आगजनी र तोडफोडका घटनामा संलग्नहरूलाई पक्राउ गर्न थालेपछि वीरगंजमा पुनः तनावको अवस्था सिर्जना भएको छ । हिन्दुवादी संघसंगठनहरूले राजपूतको पक्राउलाई राजनीतिक प्रतिशोध र हिन्दुविरोधी कदमको रूपमा चित्रण गर्दै थप आन्दोलनको चेतावनी दिएका छन् ।

यस घटनापछि वीरगंजमा सुरक्षा सतर्कता बढाइएको छ भने आगामी दिनमा थप प्रदर्शन हुन सक्ने आशङ्का स्थानीय प्रशासनले जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि