Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजका अग्रपंक्तिका चिकित्सक डा. उदयनारायण सिंह एन.एम.ए. उपाध्यक्षमा उम्मेदवार

डा. उदयनारायण सिंह कोरोना महामारीको कठिन समयमा अग्रपंक्तिमा रहेर सेवा दिने परिचित र सम्मानित चिकित्सक हुन् । यसका अतिरिक्त, वीरगंजमा फैलिएको हैजा महामारी नियन्त्रणमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २, २०८२
वीरगंजका अग्रपंक्तिका चिकित्सक डा. उदयनारायण सिंह एन.एम.ए. उपाध्यक्षमा उम्मेदवार

वीरगंज (पर्सा), २ पुस । वीरगंजस्थित नारायणी अस्पतालमा लामो समयदेखि कार्यरत वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले नेपाल चिकित्सक संघ (एन.एम.ए.) को ३० औँ कार्यकारिणी समितिका लागि उपाध्यक्ष पदमा आफ्‌नो उम्मेदवारी घोषणा गरेका छन् । मधेश प्रदेशको संयोजकका रूपमा डा. सिंहले डा. मगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी घोषणासँगै उनले ‘जागौं चिकित्सक, जागौं ! सबल र अब्बल एनएमए बनाउन लागौं’ भन्ने नारासहित ६ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उक्त प्रतिबद्धतापत्रमा चिकित्सकहरूका दीर्घकालीन समस्या समाधानलाई प्राथमिकतामा राखिएको छ ।

डा. सिंहले चिकित्सकहरूको थातीमा परेको तलब भुक्तानी, कार्यस्थल सुरक्षा र पेशागत अधिकार सुनिश्चिततालाई आफ्‌नो मुख्य एजेण्डा बनाएका छन् । निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूको तलब, सेवा–सुविधा तथा अन्य समस्या समाधानका लागि दीर्घकालीन नीति निर्माण गर्न पहल गर्ने उनको प्रतिबद्धता छ ।

त्यसैगरी, तीन दशकदेखि समयानुकूल परिमार्जन हुन नसकेको सरकारी दरबन्दी संरचनालाई सुधार गरी रोजगारीका अवसर सृजना गर्न सरकारलाई दबाब दिने उनले बताएका छन् । पोस्ट ग्राजुएट अध्ययन पूरा गरेपनि दरबन्दी अभावका कारण बढुवाबाट वञ्चित चिकित्सकहरूको हकहितका लागि सरोकारवाला निकायसँग समन्वय र पहल गर्ने विषय पनि प्रतिबद्धतापत्रमा समेटिएको छ ।

सरकारी नियुक्ति प्रक्रियामा व्याप्त दलगत प्रवृत्तिको अन्त्य गर्दै निष्पक्ष र योग्यता आधारित प्रणाली स्थापित गर्न आफू दृढतापूर्वक लाग्ने डा. सिंहको भनाइ छ । साथै, प्रदेशस्तरीय एन.एम.ए. शाखाहरूबीच प्रभावकारी समन्वय गरी सेवा, सुविधा, सुरक्षा तथा शैक्षिक क्रियाकलापहरू वार्षिक कार्यतालिकाअनुसार सञ्चालन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

को हुन् डा. उदयनारायण सिंह ?
डा. उदयनारायण सिंह कोरोना महामारीको कठिन समयमा अग्रपंक्तिमा रहेर सेवा दिने परिचित र सम्मानित चिकित्सक हुन् । नारायणी अस्पतालमा लामो समयदेखि कार्यरत उनी महामारीका बेला कोभिड प्रमुखका रूपमा संक्रमित बिरामीहरूको उपचारमा सक्रिय रहे । एम्बुलेन्स अभावको अवस्थामा आफैं एम्बुलेन्स चलाएर संक्रमितलाई अस्पताल पुर्‍याएको उनको भूमिकाले उनलाई आमनागरिक माझ अझ लोकप्रिय बनाएको थियो ।

यसका अतिरिक्त, वीरगंजमा फैलिएको हैजा महामारी नियन्त्रणमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो । नेपाल चिकित्सक संघ नारायणी शाखाको सदस्य तथा महासचिवको जिम्मेवारी सम्हालिसकेका डा. सिंह हाल पनि लामो समयदेखि नारायणी अस्पतालका प्रवक्ताको रूपमा सक्रिय छन् ।

सर्पदंश उपचार तथा व्यवस्थापनमा उनको योगदान उल्लेखनीय मानिन्छ । तराईका जिल्लाहरूमा वर्षेनी देखिने सर्पदंशका कारण हुने ज्यानको क्षति न्यूनीकरण गर्न उनले खेलेको भूमिकाको व्यापक प्रशंसा हुँदै आएको छ । यही कारणले तराई मधेशका ग्रामीण भेगमा समेत डा. सिंह जनप्रिय चिकित्सकका रूपमा चिनिन्छन् ।

स्वास्थ्य सेवा, चिकित्सकको हकहित र संस्थागत सुधारका लागि लामो समयदेखि क्रियाशील डा. सिंहको उम्मेदवारीले एन.एम.ए.भित्र सकारात्मक परिवर्तनको अपेक्षा गरिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि