Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अनुमति बिना प्रहरीले घरमा खानतलासी गरेको भन्दै स्थानीय आक्रोशित, गाउँपालिकामा तालाबन्दी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २९, २०८२
अनुमति बिना प्रहरीले घरमा खानतलासी गरेको भन्दै स्थानीय आक्रोशित, गाउँपालिकामा तालाबन्दी

परवानीपुर गाउँपालिका कार्यालय अगाडि स्थानीयहरुले गरेको विरोध प्रदर्शन । (कृत्रिम बुद्धिमता (ए.आई) को सहयोगमा तयार पारिएको तस्विर)

परवानीपुर (बारा), २९ मंसिर । बाराको परवानीपुर गाउँपालिकामा प्रहरीले अनुमति तथा वैधानिक प्रक्रिया बिना स्थानीयको घरमा प्रवेश गरी खानतलासी गरेको आरोपपछि स्थिति तनावग्रस्त बनेको छ । उक्त घटनाप्रति आक्रोश व्यक्त गर्दै स्थानीयवासीहरूले गाउँपालिका कार्यालयमा तालाबन्दी गर्नुका साथै टायर बालेर प्रदर्शनसमेत गरेका छन् ।

स्थानीयहरूका अनुसार परवानीपुर गाउँपालिका वडा नं. ३ निवासी राजेश यादवको घरमा उनी अनुपस्थित रहेका बेला गाउँपालिका प्रहरीले नेपाल प्रहरीसँग मिलेर कुनै लिखित अनुमति वा कानुनी प्रक्रिया नपुर्‍याई खानतलासी गरेको हो । केही दिनअघि भएको साइकल चोरीको घटनालाई आधार बनाएर केवल शंकाकै भरमा यस्तो कार्य गरिएको उनीहरूको आरोप छ ।

घटनाको विरोधमा सोमबार आक्रोशित स्थानीयहरू गाउँपालिका कार्यालय अगाडि भेला भई टायर बाल्दै प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनपछि उनीहरूले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले गाउँपालिका अध्यक्षसहित सम्बन्धित जनप्रतिनिधि र कर्मचारीहरूले सार्वजनिक रूपमा स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् । स्थानीयहरूको भनाइमा, जबसम्म घटनाबारे स्पष्ट जवाफ र न्याय मिल्दैन, तबसम्म तालाबन्दी यथावत् राखिनेछ ।

पीडित राजेश यादवले आफू पेशाले यातायात व्यवसायी रहेको र बजार क्षेत्रमा राम्रो सामाजिक प्रतिष्ठा बनाएको बताए । उनले कुनै पनि प्रमाण वा ठोस आधार बिना आफ्‌नो घरमा खानतलासी गरिनु आफूलाई बदनाम गराउने नियोजित प्रयास भएको दाबी गरे । ‘मसँग सम्बन्धित कुनै प्रमाण छैन, न त म कुनै आपराधिक गतिविधिमा संलग्न छु । त्यसै पनि शंकाको भरमा घर खानतलासी गर्नुको उद्देश्य मलाई सामाजिक रूपमा बदनाम गराउनु मात्र हो,’ यादवले भने ।

यादवका अनुसार उनी यसअघि गाउँपालिका अध्यक्ष राम क्षत्री प्रसाद कुर्मी आबद्ध नेकपा (एमाले) का सदस्य थिए । तर पछिल्लो राजनीतिक घटनाक्रमपछि पार्टी परित्याग गरेपछि अध्यक्षले राजनीतिक रिसइबी साध्न गाउँपालिका प्रहरी प्रयोग गरेर आफूलाई बदनाम गराउन खोजेको उनको आरोप छ ।

विरोध प्रदर्शनमा सहभागी अर्का स्थानीय युवा प्रकाश यादवले गाउँपालिका वा नगरपालिकालाई कुनैपनि व्यक्तिको घरमा प्रवेश गरी खानतलासी वा सोधपुछ गर्ने कानुनी अधिकार नभएको बताए । उनले गाउँपालिका प्रहरीले आफ्नो मूल जिम्मेवारीभन्दा बाहिर गएर अध्यक्षको पार्टीगत गतिविधिमा बढी सक्रिय भएको आरोप लगाए । ‘गाउँपालिकाको फोहर व्यवस्थापन, पूर्वाधार सुधारजस्ता आधारभूत काममा चासो छैन । कर्मचारीहरू मनलाग्दी रूपमा चलिरहेका छन् । नगर प्रहरी दिनभरि पार्टीको झोला बोकेर हिँड्छन् र शंकाकै भरमा नागरिकको घरमा पुगेर तलासी लिन्छन् । यो सरासर गलत र निन्दनीय हो,’ उनले भने ।

नेपालको संविधानको अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका तथा नगरपालिकालाई नगर प्रहरी (वा गाउँपालिका प्रहरी) गठन, सञ्चालन र व्यवस्थापन गर्ने अधिकार दिइएको छ । नगर प्रहरीको मुख्य दायित्व स्थानीय शान्ति–सुरक्षा कायम राख्ने, फोहर व्यवस्थापन, ट्राफिक नियमन, बजार व्यवस्थापन, अतिक्रमण नियन्त्रण तथा विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने रहेको छ । तर आपराधिक अनुसन्धान, घर खानतलासी, गिरफ्‌तारी तथा सोधपुछजस्ता कार्य नेपाल प्रहरीको क्षेत्राधिकारभित्र पर्छन् । नगर प्रहरीलाई यस्ता कार्य गर्न कानुनी अधिकार छैन र उनीहरूले नेपाल प्रहरीको निर्देशन तथा नियन्त्रणमा रही सीमित सहयोगी भूमिका मात्र निर्वाह गर्न सक्ने कानुनी व्यवस्था छ ।

परवानीपुरको घटनामा गाउँपालिका प्रहरीले अनुमति बिना घर खानतलासी गरेको आरोपले स्थानीय सरकारको कानुनी सीमा उल्लंघन भएको हो कि भन्ने गम्भीर प्रश्न उठाएको छ । घटनाबारे बुझ्‌न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारलाई सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन । त्यस्तै, जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितसँग पनि सम्पर्क हुन नसकेको बताइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने गिरोह पक्राउ

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने गिरोह पक्राउ

जेष्ठ ५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरिया नगरपालिकामा औषधि खरिदमा अनियमितता, नियम मिचेर ३५ लाखभन्दा बढी खर्च

जेष्ठ ५, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

जेष्ठ ५, २०८३
चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

जेष्ठ ५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि