Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा देखिएको लागुऔषधको ‘ठूलो जालो’ : रोकथामको संरचनागत कमजोरीको अर्को प्रमाण

हरिशंकर शर्मा
हरिशंकर शर्मा
मंसिर २६, २०८२
वीरगंजबाट लागूऔषध कारोबारको गिरोह पक्राउ, कोलकत्ताबाट नेपाल तस्करी हुने गरेको खुलासा

वीरगंजमा प्रहरीले ७६ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित चारजनालाई पक्राउ गरेको घटना सामान्य आपराधिक केस मात्र होइन, नेपालको सुरक्षा संरचना, सीमाप्रहरी, औषधी आपूर्ति श्रृंखला र सिङ्गो प्रशासनिक संयन्त्रमा गहिरो प्रश्न उठाउने घटना हो । अपराधको स्वरूप, प्रयोग गरिएका माध्यम, र भारत–नेपाल सीमाका नाका प्रयोग गरिने तरिका हेर्दा यो कुनै सामान्य तस्करी होइन, दीर्घकालीन योजना र जालोमार्फत सञ्चालन हुँदै आएको सुव्यवस्थित आपराधिक कारोबार हो भन्ने स्पष्ट देखिन्छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमै यो गिरोहले भारतको कोलकत्ताबाट ट्रामाडोल जस्तो जोखिमयुक्त औषधि भित्र्याउने गरेको तथ्य बाहिर आएको छ । कोलकत्ताबाट रक्सौल हुँदै वीरगंज प्रवेश गर्ने र त्यसपछि काठमाडौं तथा अन्य सहरमा आपूर्ति गर्ने प्रक्रिया एउटै समूहले लामो समयदेखि निर्बाध रूपमा सञ्चालन गरिरहेको देखिन्छ । यो मार्ग खुला रूपमा सञ्चालन हुनुले दुई सन्देश दिन्छ । सीमामा नियमन र चेकजाँच प्रणाली अत्यन्त कमजोर छ एवं स्थानीय क्षेत्रमा यस्ता समूहलाई संरक्षण दिने अथवा अनदेखा गर्ने संरचनागत समस्या विद्यमान छ ।

वीरगंज नेपाल भारत व्यापारिक गतिविधिको मुख्य ढोका मात्र होइन, अवैध औषधी, मदिरा र अन्य प्रतिबन्धित सामग्रीको ‘हब’ बन्दै गएको तथ्य यस्ता घटनाले फेरि उजागर गर्छ । पक्राउ परेका चार जनाको भूमिका हेर्दा उनीहरू ‘भरिया’ वा ‘साना स्तरका एजेन्ट’ मात्र भएको प्रहरीको आकलन गलत छैन । उनीहरूले तस्करी नेटवर्कको सिराबाट आदेश पाएका हुन्छन्, तर मुख्य सञ्चालक, आर्थिक लगानीकर्ता, आपूर्तिकर्ता तथा वितरणकर्ता भने प्रायः कानूनको पहुँचबाहिर नै रहन्छन् ।

पक्राउ परेकाले बयान दिएपछि थप तीन जनाको पहिचान खुलेको जानकारी आएको छ, तर यस्तो जालो भंग गर्न देशमा सुरक्षित साझेदारी, सीमा सुरक्षा संयन्त्रको आधुनिकीकरण, स्थानीय प्रशासनको दिगो संयोजन जस्ता गहन सुधारहरू अपरिहार्य छन् । यस्तो जालोले युवा पुस्तालाई लक्षित गर्छ । ट्रामाडोल हाइड्रोक्लोराइड सामान्य दर्दनाशक औषधी हो । तर दुरुपयोगका कारण यो नयाँ पुस्तामा लागुऔषधको ‘सबैभन्दा सजिलो प्रवेशद्वार’ बन्दै गएको छ । यसको मूल्य सस्तो, उपलब्धता सरल र लत छिटो लाग्ने भएकाले तस्करको ‘प्राथमिक चोइस’ बन्नु स्वाभाविक छ ।

धेरै युवाहरू यसलाई अध्ययन, काम, लामो यात्रा वा मानसिक तनावका क्षणमा प्रयोग गर्न सुरु गर्छन् । तर केही हप्तामै निर्भरता अत्याधिक बढ्ने र स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले यसको दुरुपयोग भयावह सामाजिक समस्या बनेको छ ।

पक्राउ परेका चार जनामाथि प्रहरीले अदालतबाट म्याद थप गरि अनुसन्धान गरि रहेको छ । तर यो मुद्दा ‘कागजी सफलता’मै सीमित नहोस् । नेपालमा लागुऔषध सम्बन्धी धेरै मुद्दा पक्राउ, पत्रकार सम्मेलन र फाइल बन्द गर्ने प्रथामा मात्र सीमित रहने गरेको देखिन्छ । यसपटक अपेक्षा फरक छ । यो नेटवर्क कसले सञ्चालन गर्छ ? कसले पैसाको व्यवस्थापन गर्छ ? सुधारिएको चेकजाँच व्यवस्थासँगै किन सीमा अझै कमजोर छ ? स्थानीय स्तरमा सुरक्षा निकाय र प्रशासनको समन्वय कहाँ कमजोेर छ ? यी सबै प्रश्नको उत्तर खोज्न सके मात्र यस्तो जालो भत्काउन सकिन्छ ।

वीरगंजबाट बरामद भएको ठूलो परिमाणको ट्रामाडोल नेपालका नाकाहरूमा बढ्दो असुरक्षाको प्रत्यक्ष प्रमाण हो । यसले सीमा सुरक्षाको कमजोर संरचना, प्रशासनिक तहको निष्क्रियता र संगठित अपराध नियन्त्रणमा सरकारले देखाएको सुस्ततामाथि गम्भीर प्रश्न उठाउँछ । यसपटक प्रहरीको सक्रियता प्रशंसनीय छ । तर यसको सफलताको मूल्यांकन ‘जताततै फोटोसहित समाचार’ होइन, सिङ्डिकेट भत्कियो कि भत्किएन ? भन्ने आधारमा हुनुपर्छ ।

नेपालका युवालाई नष्ट गर्ने यस्तो कारोबारमाथि अब ‘सामान्य अभियान’ होइन, राष्ट्रव्यापी सशक्त अभियान आवश्यक छ नत्र, यस्ता घटना फेरि–फेरि दोहोरिने निश्चित छ ।

हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि