Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा बढ्दो एचआईभी संक्रमण : आँकडा मात्रै होइन, चेतनाको चीकट चिरा !

संक्रमण बढ्दै, चेतना घट्दै: पर्साको एचआईभीको चित्र किन यति भयावह ?, एचआईभी संकटले जनाउँछ नीतिको असफलता !

हरिशंकर शर्मा
हरिशंकर शर्मा
मंसिर १६, २०८२
पर्सामा बढ्दो एचआईभी संक्रमण : आँकडा मात्रै होइन, चेतनाको चीकट चिरा !

मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा, एचआईभी/एड्स संक्रमणको सर्वाधिक बोझ बोकिरहेको जिल्ला । स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांक भन्छ, प्रदेशभरका ४ हजार ३ सय ३२ संक्रमितमध्ये पर्सामा मात्रै १ हजार ८ सय ९६ जना । यो आकडा कुनै साधारण संख्या होइन, यो दीर्घकालीन स्वास्थ्य संकट, सामाजिक उदासिनता र नीतिगत कमजोरीको समष्टिगत चित्र हो ।

३८ औँ विश्व एड्स दिवसको अवसरमा जनकपुरमा सार्वजनिक गरिएको तथ्यांकले प्रदेशभर ४७४ जना नयाँ संक्रमित थपिएको देखाउँछ । प्रश्न उठ्छ, जनचेतना अभिवृद्धिको लामो अभियान, स्वास्थ्य क्षेत्रका थुप्रै योजना र विकसित उपचार सेवाबीच पनि नयाँ संक्रमण किन यति उच्च दरमा देखिँदैछ ? नयाँ संक्रमितमध्ये १६ जना गर्भवती महिलाहरू छन्, जुन राज्य र समाज दुवैका लागि गम्भीर संकेत हो । यसले स्वास्थ्य सेवा पहुँच तथा परिवार नियोजनबारे चेतनाको तह कति कमजोर छ भन्ने स्पष्ट देखाउँछ ।

यसैगरी, वैदेशिक रोजगारीबाट फर्किएका पुरुषहरू नयाँ संक्रमितको महत्वपूर्ण हिस्सा बनेको तथ्यले अर्को कडुवा यथार्थ उजागर गर्छ । वैदेशिक रोजगारमा जानेहरूको यौन स्वास्थ्य शिक्षा, जोखिम बुझाइ र सुरक्षित व्यवहार सम्बन्धी चेतना अझै न्यून छ । महिला, तेश्रोलिङ्गी तथा यौनकर्मीहरू संक्रमितको दायरामा रहेको तथ्यले उच्च जोखिम समूहहरूसँग केन्द्रित र संवेदनशील कार्यक्रम अझै मजबुत रूपमा नपुगेको संकेत दिन्छ ।

पर्सा जिल्ला मधेसको आर्थिक केन्द्र, सीमावर्ती खुला क्षेत्र, उच्च जनसंख्या घनत्व र ठूलो संख्यामा वैदेशिक रोजगारमा जाने जनशक्ति । यी सबैले जोखिम बढाउने वातावरण तयार गर्छन् । तर जोखिम बढेको ठाउँमा रोकथाम अझै पनि कमजोर, असंगठित र प्रायः औपचारिकतामा सीमित देखिन्छ । एचआईभी/एड्स केवल स्वास्थ्य समस्या होइन यो व्यवहार, चेतना, संस्कार, प्रवासन र नीतिगत कमजोर संयोजनको परिणाम हो ।

राज्यले उपचार उपलब्ध गराउनु नै समाधान होइन, रोकथाम, शिक्षा, खुलापन र व्यावहारिक हस्तक्षेप बिना संक्रमणको श्रृङ्खला तोडिँदैन । संक्रमणको श्रृङ्खला तोड्न नीति, कार्यक्रम र समुदाय स्तरको समन्वय, विद्यालय र कलेजमा व्यापक यौन स्वास्थ्य शिक्षा, वैदेशिक रोजगारीमा जानेहरूका लागि अनिवार्य काउन्सेलिङ, सीमावर्ती क्षेत्रमा लक्षित स्वास्थ्य सचेतना, उच्च जोखिम समूहले सहजै सेवा पाउन सक्ने वातावरण, गर्भवती महिलाका लागि अनिवार्य एचआईभी परीक्षण, सङ्क्रमितप्रतिको कलंक हटाउन सामुदायिक नेतृत्वको सक्रियता जस्ता क्रियाकलापहरुलाई सक्रियता दिन आवश्यक छ ।

मधेस प्रदेशमा ११ एआरटी केन्द्रमार्फत औषधी वितरण र परामर्श सेवा प्रदान भइरहेको छ । दातृ निकायको सहयोग, सरकारले उपलब्ध गराएको निःशुल्क औषधी र स्वास्थ्यकर्मीको निगरानी, येस्ता व्यवस्था प्रशंसनीय हुन् । तर तथ्यांकले देखाउँछ, उपचारको उपस्थितिले मात्र संक्रमण रोकिँदैन, रोकथाममा लगानी बिना मुल समस्या समाधान हुँदैन ।

एचआईभी/एड्सविरुद्धको लडाइँ आँकडाको खेल होइन । समाजले अझै एचआईभीलाई लुकाउने, डराउने र भेदभाव गर्ने रोगका रूपमा हेर्दै आएको छ । यही कारणले रोकथामका प्रयासहरू प्रभावहीन भइरहेका छन् । आज पर्साको १ हजार ८९६ संक्रमित केवल संख्या होइन यो चेतनाको चुनौती, स्वास्थ्य नीतिको अपूरो यात्रा र समाजको उदासीनताले जन्माएको पीडा हो । समाधानको यात्रा सुरु गर्न अब ढिलो गर्नु हुँदैन ।

बागमती प्रदेशमा ७ हजार १ सय ४ संक्रमित र कर्णालीमा ७३१ मत्र । यो भौगोलिक असमानता आफैँमा एक प्रश्न हो । जनसांख्यिक घनत्व ? आर्थिक प्रवासनको दर ? शहरीकरणको प्रभाव ? यौन व्यवहारबारे सामाजिक खुलापन ? यी सबै पक्षहरूको वैज्ञानिक विश्लेषण बिना नीतिगत हस्तक्षेप प्रभावकारी बन्न सक्दैन ।

हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि