Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हिंसामुक्त समाजको यात्रामा हाम्रो सामूहिक प्रतिवद्धता

हरिशंकर शर्मा
हरिशंकर शर्मा
मंसिर ९, २०८२
हिंसामुक्त समाजको यात्रामा हाम्रो सामूहिक प्रतिवद्धता

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालको सामाजिक वास्तविकता, चेतना र न्यायप्राप्तिसँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा स्थापित भइसकेको छ । यस वर्ष वीरगंजमा आयोजित विशेष कार्यक्रममा मेयर राजेशमान सिंहले व्यक्त गरेको विचार केवल औपचारिक वक्तव्य मात्र होइन, यो आजको समाजको पीडादायी संरचनामा रमाइरहेका असमानता र हिंसाका गहिरा तहमा प्रहार गर्ने आवश्यक आवाज हो ।

मेयर सिंहले महिलाहरू, बालबालिका तथा अन्य संवेदनशील वर्गको सुरक्षालाई महानगरको प्राथमिकतामा राख्ने घोषणा गरे ! यो प्रशंसनीय कदम हो । तर सुरक्षाका प्रतिबद्धतासँगै व्यवहार परिवर्तन, चेतनाको निरन्तरता र गुणस्तरीय शिक्षालाई जोड दिनु अहिलेको सर्वाधिक महत्वपूर्ण आग्रह बनेको छ । किनकि हिंसाको जरा केवल अपराधिकृत कार्यमा मात्र होइन, परिवार, समाज र संस्थागत संस्कृतिमा जरा गाढेर बसेको मानसिकतामा पनि छ ।

१६ दिने अभियानले हरेक वर्ष जतिपनि कार्यक्रम, र्‍याली र प्रतिवद्धताको घोषणा गरिएपनि वास्तविक परिवर्तन तब मात्र सम्भव हुन्छ जब नागरिक, स्थानीय सरकार, समुदाय र राजनीतिक नेतृत्वले मिलेर हिंसालाई अपराध मात्र होइन, सामाजिक विकृति र नैतिक गिरावटको रूपमा लिन्छन् ।

यस वर्ष वीरगंजमा अभियानमा देखिएको विविध पक्षहरूको सक्रियता जनप्रतिनिधि, महिला तथा बालअधिकार समूह, सामाजिक अभियन्ता, समुदायका अगुवा र युवाहरू एक सकारात्मक संकेत हो । यो सहभागिता देखाउँछ कि लैङ्गिक हिंसाको मुद्दा अब केवल महिलाको मात्र होइन, सम्पूर्ण समाजकै साझा मुद्दा बन्दै गएको छ ।

तर, अभिभावकत्व, नीतिनिर्माण, कार्यान्वयन र सामाजिक चेतनामध्ये कुनै एक कमजोर भयो भने हिंसा पुनः उही चक्रमा फर्किन्छ । हामीले हरेक वर्ष आँकडाहरू बढ्दै गरेको सुन्छौँ, घटनाहरू मन थामेर पढ्छौँ, तर सामूहिक प्रतिरोध, सामाजिक निडरता र संस्थागत जवाफदेहिताको अभावले परिवर्तनलाई धीमा बनाइरहेको छ ।

१६ दिने अभियानले आजभोलि एउटा ठूलो प्रश्न फेरि बारम्बार उठाइरहेको छ ! के हामी हिंसा अन्त्यको लक्ष्यलाई वर्षैपिच्छेको नारा बनाएर बस्ने कि व्यवहार, शिक्षा र सामाजिक संरचनामा वास्तविक परिवर्तन ल्याउने ? यदि हामी दोश्रो विकल्प रोज्छौँ भने प्रत्येक नागरिक, परिवार, विद्यालय, स्थानीय सरकार, राजनीतिक दल र न्यायिक संरचनालाई समर्पित रूपमा अघि बढ्नैपर्छ ।

लैङ्गिक समानता र हिंसामुक्त समाज कुनै दान होइन, यो न्याय र अधिकारको सवाल हो र न्यायका लागि संघर्ष कहिल्यै आधामार्गबाट सफल हुँदैन । १६ दिने अभियानले आवाज बुलन्द गरेको छ, तर अब आवश्यकता छ यो आवाज वर्षभरि प्रतिध्वनित हुने वातावरण निर्माण गर्ने ।

हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

अशोज २५, २०८३
नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

अशोज २५, २०८३
भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

अशोज २५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि