Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग नगर्न आयोगको अपिल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १९, २०७९
मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग नगर्न आयोगको अपिल

काठमाडौँ, १९ मंसिर / मधेसी आयोगले विगत केही दिनदेखि मधेसी समुदायलाई लक्षित गरी विभिन्न व्यक्तिले अपमानजन्य शब्द प्रयोग गरी सामाजिक सद्भावमा खलल पार्ने काम गरिरहेको भन्दै त्यस्ता अमानवीय, गैरसंवैधानिक र गैरकानूनी कार्य नगर्न÷नगराउन सबैलाई सचेत गराएको छ ।
आयोगले आज विज्ञप्ति जारी गर्दै मधेसी समुदायलाई लक्षित गर्दै विभिन्न व्यक्तिहरूले ‘धोती, भैया, मधिके काले’ जस्ता अपमानजनक शब्द प्रयोग गरी सामाजिक सद्भाव भड्काउने कार्य गरिहेकोबारे आयोगसमक्ष विभिन्न उजुरी प्राप्त भएको र यस्ता गैरकानूनी कार्यले राष्ट्रिय एकतामा समेत खलल पार्न सक्ने भएकाले त्यसप्रति आयोग गम्भीर सचेत रहेको जनाएको छ ।
आयोगले त्यस्ता उजुरीमाथि तुरुन्त सम्बन्धित निकायलाई पत्राचार गरी छानबिन तथा कडाभन्दा कडा कारबाही गर्नका लागि सिफारिससमेत गरिरहेको जनाएको छ । आयोगको सिफारिसपश्चात् सम्बन्धित निकायले विभिन्न घटना छानबिन गरी दोषीलाई कानूनी दायरामा समेत ल्याएको तथा यस्ता संवेदनशील घटनामा स्थलगत अनुगमतसमेत हुने गरेको आयोगले सबैमा जानकारी गराएको छ ।
“कुनै पनि जात, धर्म, समुदाय वा संस्कृतिमाथि प्रहार गर्नु अमानवीय, गैरसंवैधानिक र गैरकानूनी कार्य हो भन्दै यस्ता कार्यहरू नगर्न÷नगराउनु हुन आयोग सबैलाई सचेत गराउँदछ । कुनै पनि व्यक्ति वा संस्थाले त्यस्तो गैरकानूनी कार्य गरेमा नेपालको प्रचलित कानूनबमोजिम कडाभन्दा कडा कारबाही हुने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ”, आयोगको विज्ञप्तिमा भनिएको छ ।
‘जहाँ समस्या, त्यहीँ मधेसी आयोग’ को मूलमन्त्रसहित आयोगले आफ्नो संवैधानिक दायराभित्र रही मधेसी समुदायको संरक्षण, संवद्र्धन तथा सशक्तीकरणका लागि अहोरात्र काम गरिरहेको पनि स्पष्ट पारेको छ ।
साथै, मधेसी समुदायको अधिकार उल्लङ्घन गर्ने÷गराउने र सो समुदायमा प्रहार गर्ने व्यक्ति वा संस्थाको विरुद्धमा आयोग ऐन २०७४ (७) अनुसार उजुरी दिन आयोगले अनुरोध गरेको छ । टेलिफोन ०१–५२६११८५, हटलाइन ११४८, टोल फ्री १६६००११६१८५ तथा आयोगको सामाजिक सञ्चालनमा इमेलमार्फत सम्पर्क गर्न आयोगले अनुरोध गरेको छ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१५ वर्षदेखिको बेवास्तापछि नगवा ‘नहरको सडक’मा अस्थायी राहत, स्थायी समाधानको माग यथावत

१५ वर्षदेखिको बेवास्तापछि नगवा ‘नहरको सडक’मा अस्थायी राहत, स्थायी समाधानको माग यथावत

साउन १२, २०८३
निर्माणाधीन पुलछेउको पानी जमेको खाल्डोमा डुबेर दुई दिदीबहिनीको मृत्यु

निर्माणाधीन पुलछेउको पानी जमेको खाल्डोमा डुबेर दुई दिदीबहिनीको मृत्यु

साउन १२, २०८३
नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप चर्कियो

नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप चर्कियो

साउन १२, २०८३
चिकित्सकमाथि आक्रमण र प्रहरी दुर्व्यवहारको विरोधमा देशभर आकस्मिकबाहेक सेवा ठप्प

चिकित्सकमाथि आक्रमण र प्रहरी दुर्व्यवहारको विरोधमा देशभर आकस्मिकबाहेक सेवा ठप्प

साउन १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि