Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप चर्कियो

अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहका अनुसार अस्पतालमा कार्यरत ७० भन्दा बढी चिकित्सकमध्ये ६५ जनाले निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चित्तरञ्जन साहसमक्ष सामूहिक राजीनामा पेश गरेका हुन् । सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म चरणबद्ध रूपमा राजीनामा बुझाइएको उनले जानकारी दिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १२, २०८३
नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप चर्कियो

वीरगंज (पर्सा), १२ साउन । वीरगंजस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र त्यसपछिका घटनाक्रमले नयाँ मोड लिएको छ । उपचार सेवा बहिष्कार गर्दै आन्दोलनमा रहेका अस्पतालका ६५ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा बुझाएका छन् । अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहका अनुसार अस्पतालमा कार्यरत ७० भन्दा बढी चिकित्सकमध्ये ६५ जनाले निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चित्तरञ्जन साहसमक्ष सामूहिक राजीनामा पेश गरेका हुन् । सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म चरणबद्ध रूपमा राजीनामा बुझाइएको उनले जानकारी दिए ।

चिकित्सकहरूका अनुसार सोमबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्ताका क्रममा पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले आन्दोलनरत चिकित्सकमाथि धक्कामुक्का र दुर्व्यवहार गरेपछि उनीहरू थप आक्रोशित बनेका हुन् । यही घटनापछि आन्दोलनले अझ उग्र रूप लिँदै चिकित्सकहरूले सामूहिक राजीनामाको निर्णय गरेका हुन् ।

यसअघि गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको थियो । सोही क्रममा चिकित्सक डा. प्रमोद राममाथि पनि निर्घात कुटपिट भएको आरोप छ । उक्त घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने माग राख्दै वीरगञ्जका चिकित्सकहरू आइतबारदेखि उपचार सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको वार्ताका क्रममा आन्दोलनरत चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र पर्साका प्रहरी प्रमुखले पनि नैतिक जिम्मेवारी स्वीकार गर्दै पदबाट राजीनामा दिनुपर्ने माग राखेका थिए । त्यसपछि वार्ता तनावग्रस्त बनेको थियो । वार्ता निष्कर्षविहीन बन्दै चिकित्सकहरू बाहिरिन थालेपछि प्रहरी उपरीक्षक पाठकले उनीहरूलाई धक्कामुक्का गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षतर्फ लैजान खोजेको आरोप चिकित्सक पक्षको छ ।

त्यसक्रममा प्रहरी र चिकित्सकबीच फेरि धकेलाधकेल भएको थियो। त्यसपछि चिकित्सकहरूले वार्ता बहिष्कार गर्दै जिल्ला प्रशासन कार्यालय छाडेका थिए । सामूहिक राजीनामासँगै नारायणी अस्पतालको सेवा प्रवाह थप प्रभावित हुने देखिएको छ भने चिकित्सकमाथिको आक्रमण, अस्पतालभित्रको तोडफोड र वार्तास्थलमा भएको भनिएको दुर्व्यवहारप्रति सरकारको भूमिकामाथि समेत गम्भीर प्रश्न उठ्न थालेका छन् ।

Tags: नारायणी अस्पताल संकटमा: एकैसाथ ६५ चिकित्सक को राजिनामा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि