Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

१५ वर्षदेखिको बेवास्तापछि नगवा ‘नहरको सडक’मा अस्थायी राहत, स्थायी समाधानको माग यथावत

न्यूज २४ टेलिभिजनका पर्सा संवाददाता एवं वीरगंज टाइम्स डटकमका संचालक हरिशंकर शर्मा एवं नेपाली कांग्रेसका युवा नेता कृष्ण कुशवाहाले पहल गरेपछि वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको निर्देशनमा शुक्रबारदेखि नगवा पोखरीदेखि करिब एक सय मिटर पूर्व हुँदै दक्षिणतर्फ भुटनदेवीसम्म पुग्ने नहरको सडकमा रेबिस खसाल्ने काम सुरु गरिएको हो ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
साउन १२, २०८३
१५ वर्षदेखिको बेवास्तापछि नगवा ‘नहरको सडक’मा अस्थायी राहत, स्थायी समाधानको माग यथावत

वीरगंज (पर्सा), १२ साउन । वीरगंज महानगरपालिका–१६ नगवास्थित नयाँ बस्ती जाने ‘नहरको सडक’ वर्षौंदेखिको सरकारी बेवास्ताको प्रतीक बनेको अवस्थामा अन्ततः अस्थायी मर्मतको काम सुरु भएको छ । सडकमा इँटाका टुक्रा (रेबिस) बिछ्याएर तत्काल आवागमन सहज बनाउने प्रयास थालिएपनि स्थानीयले भने स्थायी निर्माणबिना समस्या समाधान नहुने बताएका छन् ।

न्यूज २४ टेलिभिजनका पर्सा संवाददाता एवं वीरगंज टाइम्स डटकमका संचालक हरिशंकर शर्मा एवं नेपाली कांग्रेसका युवा नेता कृष्ण कुशवाहाले पहल गरेपछि वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको निर्देशनमा शुक्रबारदेखि नगवा पोखरीदेखि करिब एक सय मिटर पूर्व हुँदै दक्षिणतर्फ भुटनदेवीसम्म पुग्ने नहरको सडकमा रेबिस खसाल्ने काम सुरु गरिएको हो । त्यसको साथसाथै उक्त सडकमा पर्ने नयाँ वस्तीका सहायक सडकहरुमा पनि रेबिस खसाल्ने कार्य भइरहेको हो ।

नहरको सडक नयाँ बस्तीको लागि मुख्य सडकको रुपमा चिनिने गरिएको हो । यो सडक करिब १५ वर्षअघि निर्माण गरिएपछि प्रभावकारी रूपमा मर्मत हुन सकेको थिएन । प्रत्येक वर्ष वर्षायाममा सडक कटान हुँदै जाने, पानी जमेर हिलाम्मे बन्ने र अन्ततः आवागमन नै अवरुद्ध हुने समस्या दोहोरिँदै आएको थियो । यस वर्ष त अवस्था झन् विकराल बनेपछि स्थानीयको दबाब र पहलपछि महानगरपालिकाले तत्कालका लागि अस्थायी व्यवस्थापन थालेको हो ।

स्थानीयका अनुसार सामान्य वर्षा हुँदा पनि सडक घुँडासम्म पानीले भरिने भएकाले पैदल यात्रु, मोटरसाइकल चालक, विद्यार्थी, वृद्धवृद्धा, बिरामी तथा दैनिक कामकाजमा निस्कने सर्वसाधारणले अत्यन्त सास्ती खेप्दै आएका छन् । वर्षौंदेखि एउटै समस्या दोहोरिएपनि सम्बन्धित निकायले स्थायी समाधानतर्फ कुनै प्रभावकारी कदम नचालेको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै आएका छन् ।

स्थानीयवासीले पटक–पटक वडा कार्यालय र वीरगंज महानगरपालिकासँग सडक निर्माण तथा मर्मतको माग गरेपनि सडक नहर क्षेत्रअन्तर्गत पर्ने कारण देखाउँदै काम अघि नबढाइएको उनीहरूको गुनासो छ । चुनावका बेला विकासका आश्वासन दिने जनप्रतिनिधिहरू निर्वाचनपछि आधारभूत समस्याप्रति उदासीन बनेको आरोपसमेत स्थानीयले लगाएका छन् ।

स्थानीयका अनुसार नगवा नयाँ बस्तीमा स्थायी मतदाताको संख्या तुलनात्मक रूपमा कम रहेकाले विकास योजनामा यस क्षेत्रलाई प्राथमिकतामा नराखिएको महसुस उनीहरूले गर्दै आएका छन् । यस कारण वर्षौंदेखि सडकको समस्या समाधान हुन नसकेको उनीहरूको बुझाइ छ । वीरगंज महानगरपालिका–१६ का वडाध्यक्षलाई यस समस्याबारे पटक पटक जानकारी गराउँदा पनि उनले अस्थायी निकासको लागि पनि पहल गरेनन् ।

सडकमा लामो समयसम्म पानी जमिरहँदा आवागमन मात्रै प्रभावित भएको छैन, सार्वजनिक स्वास्थ्य र सुरक्षामा समेत जोखिम बढेको छ । पानी जमेका स्थानमा सर्पको विगविगी बढ्ने, साँझ–राति सर्प घरआँगनसम्म पुग्ने तथा बालबालिका, महिला र वृद्धवृद्धालाई बढी जोखिम हुने गरेको स्थानीयको भनाइ छ ।

यसअघि यस सडकको दयनीय अवस्थाबारे ‘वीरगंज टाइम्स डटकम’ले समाचार प्रकाशन गरेपछि पनि स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका थिए । अहिले रेबिस बिछ्याउने कार्यले तत्काल केही राहत मिल्ने अपेक्षा गरिएपनि स्थायी समाधानका रूपमा नालासहितको पक्की ढलान सडक निर्माण गर्नुपर्ने माग स्थानीयको छ ।

युवा नेता कृष्ण कुशवाहाले तत्काल आवागमन सहज बनाउन अस्थायी रूपमा रेबिस बिछ्याइएको र चालु आर्थिक वर्षभित्र नालासहित पक्की सडक निर्माणका लागि प्रदेश सरकारसँग आवश्यक पहल गरिने बताए । स्थानीयवासीले भने अस्थायी टालटुलभन्दा पनि वर्षौंदेखिको समस्या अन्त्य हुने गरी स्थायी पूर्वाधार निर्माणमा तत्काल काम अघि बढाउन वीरगंज महानगरपालिका र सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।

अविरल वर्षाको कारण घुँडासम्म पानी जमेको नगवाको नहरको सडकको विगत दुई हप्ताअघिको अवस्था ।
Tags: नगवाको नहर सडकमा रेबिस बिछ्याइँदै: ढलानसडक निर्माणको माग
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि