Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चिकित्सकमाथि आक्रमण र प्रहरी दुर्व्यवहारको विरोधमा देशभर आकस्मिकबाहेक सेवा ठप्प

गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो । घटनाका दोषीमाथि कानुनी कारबाहीको माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा भइरहेको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमै प्रहरी प्रमुखले प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समिति सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरेको आरोप चिकित्सक संघले लगाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १२, २०८३
चिकित्सकमाथि आक्रमण र प्रहरी दुर्व्यवहारको विरोधमा देशभर आकस्मिकबाहेक सेवा ठप्प

वीरगंज (पर्सा), १२ साउन । वीरगंजस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण, अस्पतालभित्रको तोडफोड तथा जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताकै क्रममा चिकित्सकहरूमाथि भएको भनिएको प्रहरी दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ ।

संघले सोमबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार साउन १२ गते देशव्यापी रूपमा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरिएको हो । चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामाथि बारम्बार आक्रमण भइरहँदा सरकारले प्रभावकारी सुरक्षा दिन नसकेको निष्कर्षसहित संघ आन्दोलनमा उत्रिएको जनाएको छ ।

गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो । घटनामा डा. रामको टाउकोमा गम्भीर चोट लागेको र उनी हाल उपचाररत रहेको संघले जनाएको छ । आक्रमणसँगै अस्पताल परिसरमा समेत व्यापक तोडफोड गरिएको थियो ।

घटनाका दोषीमाथि कानुनी कारबाहीको माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा भइरहेको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमै प्रहरी प्रमुखले प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समिति सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरेको आरोप चिकित्सक संघले लगाएको छ । उक्त घटनालाई संघले चिकित्सक समुदायमाथिको गम्भीर अपमान र अस्वीकार्य व्यवहार भन्दै कडा शब्दमा भत्र्सना गरेको छ ।

संघले अस्पतालमा आक्रमण तथा तोडफोडमा संलग्न सबैलाई तत्काल पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै चिकित्सकहरूमाथि दुर्व्यवहार भएको आरोप लागेका पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि तत्काल छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग अघि सारेको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनका कारण बिरामी तथा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने उल्लेख गरिएको छ ।

Tags: आक्रमण र प्रहरी दुर्व्यवहारको विरोधमा देशभर स्वास्थ्य सेवा ठप्प
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकतामाथि उजुरी, अग्रवाल छानविनको घेरामाः मेडिकल उपकरण आपूर्तिको कारोबारमा पनि प्रश्न !

नागरिकतामाथि उजुरी, अग्रवाल छानविनको घेरामाः मेडिकल उपकरण आपूर्तिको कारोबारमा पनि प्रश्न !

अशोज १२, २०८३
नेपाली काँग्रेस पर्सा क्षेत्र नं. ४ को सभापतिमा श्रीकान्त यादव पुनः सर्वसम्मत चयन

नेपाली काँग्रेस पर्सा क्षेत्र नं. ४ को सभापतिमा श्रीकान्त यादव पुनः सर्वसम्मत चयन

अशोज ११, २०८३
वीरगंजमा अनधिकृत होर्डिङ बोर्ड र ब्यानर हटाउन महानगरको अभियान

वीरगंजमा अनधिकृत होर्डिङ बोर्ड र ब्यानर हटाउन महानगरको अभियान

अशोज ११, २०८३
लालबकैया नदीको तटबन्ध कटान तीव्र, रौतहटका आधा दर्जन बस्ती डुबानको जोखिममा

लालबकैया नदीको तटबन्ध कटान तीव्र, रौतहटका आधा दर्जन बस्ती डुबानको जोखिममा

अशोज ११, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि