Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छातीमा गोली हानी अधिकार बञ्चित संविधान आफूहरुलाई मान्य हुँदैन : मियाँ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ३, २०७९
छातीमा गोली हानी अधिकार बञ्चित संविधान आफूहरुलाई मान्य हुँदैन : मियाँ

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ३ असोज / असोज ३ गते सरकारले संविधान दिवस मनाई रहँदा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आज कालो दिनको रुपमा मनाएको छ । लोसपाले असोज ३ गतेलाई प्रतिगामी संविधानको विरुद्ध कालो दिनको रुपमा मनाएको हो । ‘असोज ३ गते’ मुर्दावादको नारा लगाउँदै पार्टीका कार्यकर्ताहरुले वीरगंजको घण्टाघर स्थित विरोध प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका नेता सशिकपुर मियाँले मधेशी छोराहरुको छातीमा गोली हानी मधेशीहरुकै अधिकार बञ्चित गरिएको संविधान आफूहरुलाई मान्य नहुने बताए । मधेशी जनताहरुको दबाबकै कारण संविधान सभाको निर्वाचन भएको तर देशमा बहुमत रही प्रजातन्त्रको खोल ओढेका पार्टी नेपाली काँग्रेस, माओवादी तथा एमालेकै कारण मधेशी, थारु, आदिवासी, जनजाति, मुस्लिमहरुलाई अधिकारबाट बञ्चित गरिएको आरोप समेत लगाए ।
मधेशी, थारु, पीडित, शोसित, जनजाति, आदिवासी, महिलाको अधिकारबाट बञ्चित गरिएको संविधान आफूहरुलाई मान्य नहुने भन्दै संविधान जारी गरिएको दिनलाई शुरुदेखि नै कालो दिनको रुपमा मनाउँदै आएको बताए । संविधान जारी गर्ने दिन मधेशी जनताहरु आफ्नो हक अधिकारको माग गर्दै आन्दोलनमा रहेको अवस्थामा बुहमतवादी एवं प्रजातन्त्रको खोल ओढेका ढोँगी पार्टीहरु बहुमतको आडमा जबरजस्ती संधिवान लादेकोले यो संविधान जबसम्म रहन्छ तबसम्म लोकतान्त्रिक समाजवादी पार्टीले आजको दिनलाई कालो दिनकै रुपमा मनाउने उनको भनाई छ ।
आजको दिन केही मधेशवादी दलहरुले संविधान दिवस मनाउने ढोङ्ग गरि रहेको भन्दै देशमा ५ दलीय गठबन्धनको सरकार चलि रहेको छ, तर न कसैको मन मिलेको छ, न त कसैको विचार ? यो देशलाई बन्धक बनाउन विभिन्न प्रपञ्च भइरहेकोले जबसम्म संविधान संशोधन नभई सम्पूर्णको अधिकार सुनिश्चित नगरे मधेशी छोराहरुको छातिमाथि गोली प्रहार गरि जारी गरिएको संविधान आफूहरुलाई मान्य नहुने बताए ।
विरोध कार्यक्रममा लोसपाका नेता फिरोज अब्दुल लगायतले सम्बोधन गरेका थिए । संविधानलाई लोसपाले स्वीकार गरेपनि संशोधन गर्नुपर्ने माग गर्दै संविधान जारी भएको २०७२ साल देखिनै विरोधका कार्यक्रमहरु गर्दै आएको छ । संविधान जारी हुँदा तत्कालीन सरकारले दीपावली मनाउने घोषणा गरेको दिन संविधान जलाएर विरोध गरेको थियो । २०७२ साल देखि निरन्तर संविधान संशोधन, नागरिकता लगायतका मुद्दालाई लिएर आन्दोलन गरिरहेका लोसपाले माग सम्बोधन गराउन तत्कालीन केपी शर्मा ओलीको नेतृत्वमा १८ दिनका लागि मन्त्रिमण्डलमा समेत सहभागी भएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि