Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेसमा ‘नेवार’, नेवाःमा ‘मधेसी”

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १०, २०७९
मधेसमा ‘नेवार’, नेवाःमा ‘मधेसी”

वीरगन्ज (पर्सा), १० जेठ / वीरगन्ज महानगरपालिका-३२ का विजय पन्जियार -चौधरी_ लाई स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो महानगरको अन्तिम नतिजाप्रति जति चासो छ, त्योभन्दा बढी चासो छ- काठमाडौं महानगरपालिकाको नतिजाप्रति । बाराको जितपुर बजारमा औषधि पसल चलाउँदै आएका चौधरीले वीरगन्जमा नेवार समुदायका राजेशमान सिंह र काठमाडौंमा मधेसी मूलका बालेन्द्र साहले मेयरमा जितेको हेर्न आतुर रहेको बताए।
‘मलाई अन्य ठाउँको भन्दा पनि वीरगन्ज र काठमाडौंको बढी चासो छ,’ टेलिफोन सम्पर्कमा उनले भने, ‘यसमा मैले प्रत्येक गणनामा मत मात्र हैन, समाज जोडिदै गएको पाएको छु।’ विगतमा परम्परागत पार्टीमा भोट हाल्दै आएका चौधरीको चाहना यतिबेला पूरा हुने अन्तिम चरणमा छ। मधेसको व्यापारिक केन्द्र मानिने वीरगन्जको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले भारी मतान्तरका साथ बिजयी भएका छन् । सिंह ४६ हजार २१५ मत प्राप्त गरि महानगरपालिकाको मयरमा निर्वाचित भएका छन् ।
उनका प्रतिद्वन्दी नेकपा एमालेबाट मेयर पदका उम्मेदवार विजय सरावगीले २३ हजार ६७१ मत प्राप्त गरेका थिए । सरावगी भन्दा सिंह २२ हजार ५४४ मत बढि ल्याई महानगरको मेयरमा विजयी भएका हुन् ।
‘मैले जात, धर्म, भूगोलभन्दा पनि उम्मेदवारको कुरा सुनेर भोट हालें,’ चौधरीले थपे, ‘यतिबेला काठमाडौं महानगरपालिकाका मतदाताले पनि यही बाटो पछ्याएको देख्दा सुन्दा खुसी लागेको छ।’ काठमाडौं महानगरपालिकाको मतगणनामा साहले सुरुका दिनदेखि नै अग्रता लिएका छन् । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई निरन्तर पछि पार्दै अघि बढेका साहले काठमाडौंको ‘कोर’ नेवार क्षेत्रबाट पनि विश्वासको मत पाएका छन्।
वीरगन्जका चौधरीजस्तै काठमाडौं महानगरका मतदाताले पनि उम्मेदवारको खुबी हेरेर मतदान गरेको सुनाउँछन् । ‘हामी महानगरका उम्मेदवार साहको विचारबाट प्रभावित बन्यौं,’ काठमाडौं जैसीदेवलकी निशा महर्जनले भनिन्, ‘यसले परम्परागत भोट हाल्ने ट्रेन्डमा परिवर्तन आएको छ।’

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि