Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तराईमा गर्मी बढेसँगै जनजीवन कष्टकर, दिउँसोको समयमा बजारमा चहल पहल घट्यो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ७, २०७९
तराईमा गर्मी बढेसँगै जनजीवन कष्टकर, दिउँसोको समयमा बजारमा चहल पहल घट्यो

• हरिशंकर शर्मा
वीरगन्ज, ७ वैशाख / तराईमा गर्मी बढेसँगै पर्सा–बाराको जनजीवन कष्टकर बन्दै गएको छ । तातो हावा तथा बढ्दो गर्मीका कारण पर्सा–बारा सहित तराईको जनजिवन प्रभावित बन्दै गएको हो । एका विहानैदेखि सूर्योदय हुनासाथ चर्किने घामका कारण जिउ चिलाउने र सन स्ट्रक ‘लु’ लागेर मान्छे बेहोस समेत हुने जस्ता समस्याहरु उत्पन्न भएको छ । एक हप्ता यता चलेको तातो हावाका कारण सर्वसाधारणहरु घरबाहिर निस्कन सकेका छैनन् । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरुमा सेवाग्राहीको उपस्थिति घट्दो छ । वृद्धवृद्धा, मजदुर तथा बालबालिकाहरू समेत बढ्दो गर्मीबाट प्रभावित बनेका छन् ।


खास गरेर दैनिक ज्यालादारीमा काम गर्ने मजदुरी गर्नेहरू प्रभावित भएका छन् । रिक्सा, ठेला चालक, साइकलमा सामान बोकेर घरघर पुगी विक्री गर्ने तथा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरु यसको चपेटामा नराम्ररी परेका छन् । चर्को गर्मीका कारण बजारमा दिउँसोको समय चहल पहलमा कमि आएपछि मजदुरहरू ग्राहक नपाएर प्रभावित बनेका छन् भने ग्रामीण क्षेत्रबाट किनमेल गर्न आउने ग्राहकहरू नआउँदा व्यापार पनि प्रभावित बनेको छ । गर्मी बढेपछि दिउँसो बजार क्षेत्रमा चहलपहल देखिन छाडेको छ भने कार्यालयमा पनि तुलनात्मक रूपमा सेवाग्राहीको संख्या पातलिएको छ ।
गर्मीले गर्दा सर्वसाधारणहरु विहान र बेलुका मात्रै घर बाहिर निस्कन पाइरहेका छन् । घरबाहिर निस्कन नपाएपछि व्यापार देखि दैनिक काममा पनि कमी आएको स्थानीयहरुको भनाई छ । काम गर्नुपर्ने बाध्यता छ तर चर्को घामले गर्दा गरिरमा विभिन्न किसिमका रोगलाई निम्त्याउने भएको कारण घामबाट बचेर दैनिकी कामकाज गर्ने गरेको स्थानीयहरुको भनाई छ । यसैगरि रिक्सा, ठेला चालकहरुको कमाई पनि घटेको छ । विहान ५ बजेदेखि ९ नबज्दै रिक्सा लिएर घर फर्किनुपर्ने अवस्था छ भने साँझ पुनः ३ बजेदेखि बजारमा काम खोज्न जानुपर्ने अवस्था रहेको रिक्सा चालकहरुको भनाई छ ।


उनीहरुको अनुसार अर्को महिनामा दैनिक १ हजारदेखि १५ सय रुपैयासम्म कमाई हुने गरेकोमा विहानको ९ बजेसम्म ५ सयसम्म मात्रै कमाई हुने गरेको तथा साँझपख सवारी पाए दुई तीनसय थप गरि दैनिक ५ देखि ७ सय रुपैया मात्रै कमाई हुने गरेको बताउँछन् । यस्तो अवस्थामा परिवारलाई कसरी पाल्ने भन्ने चिन्ताले उनीहरुलाई सताएको छ । गर्मीले गर्दा घामको समयमा रिक्सा चलाए विभिन्न प्रकारको समस्या हुने गरेकोले विहान र बेलुका मात्रै मजदुरी गर्ने गरेको उनीहरु बताउँछन् ।
अहिले वीरगन्जको तापक्रम पनि बढेको अवस्था छ । अहिले वीरगन्जको तापक्रम न्यूनतम २३ डिग्री सेल्सियस तथा अधिक्तम ४१ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । आज वीरगन्जको तापक्रम न्यून्तम २४ डिग्री सेल्सियस र अधिक्तम ३५ डिग्री सेल्सियससम्म मापन गरिएको छ भने आउँदो शनिबार, आईतबार र सोमबारको तापक्रम न्यून्तम २३ डिग्री सेल्सियस र अधिक्तम ४१ डिग्री सेल्सियससम्म मापन गरिएको बताइएको छ ।


यसरी तराईका जिल्लाहरुमा गर्मी बढेको कारण जनजीवन कष्टकरसँगै विरामीहरुको संख्यामा पनि उत्तिकै वृद्धि भएको छ । गर्मीयाम सुरु भएदेखि नारायणी अस्पतालमा विरामीको चापमा पनि वृद्धि भएको छ । खास गरेर झाडापखाला, ज्वरो, सर्पदंश लगायतका विरामीहरुको संख्यामा वृद्धि हुँदै गएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि