Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र सञ्चालकलाई कारबाही हुने

पूर्वाधार विकास मन्त्रालयमा सरोकारवालाबीच भएको छलफलपछि विभागले यस्तो निर्णय सार्वजनिक गरेको हो । विभागले सार्वजनिक यात्रुवाहक सवारीका चालकलाई यात्रुका लागि खाजा, नास्ता तथा खाना उपलब्ध गराउँदा स्वच्छता र गुणस्तरलाई प्राथमिकता दिन निर्देशन दिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २७, २०८३
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र सञ्चालकलाई कारबाही हुने

काठमाडौँ, २७ असोज । राजमार्गका होटल तथा रेस्टुरेन्टमा गुणस्तरहीन खाना खाँदा यात्रु बिरामी परेको पाइए अब सम्बन्धित सवारी चालक र होटल सञ्चालकमाथि कानुनी कारबाही हुने भएको छ । यातायात व्यवस्था विभागले मंगलबार सूचना जारी गर्दै यात्रुको स्वास्थ्यमा खेलबाड गर्ने होटल सञ्चालक र त्यस्ता होटलमा सवारी रोकेर खाना खुवाउने चालकलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

पूर्वाधार विकास मन्त्रालयमा सरोकारवालाबीच भएको छलफलपछि विभागले यस्तो निर्णय सार्वजनिक गरेको हो । विभागले सार्वजनिक यात्रुवाहक सवारीका चालकलाई यात्रुका लागि खाजा, नास्ता तथा खाना उपलब्ध गराउँदा स्वच्छता र गुणस्तरलाई प्राथमिकता दिन निर्देशन दिएको छ ।

विभागका अनुसार चालकहरूले सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टमा मात्रै सवारी रोकेर यात्रुलाई खाना खुवाउने व्यवस्था मिलाउनुपर्नेछ । यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै सफा, स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध हुने स्थान छनोट गर्न विभागले आग्रह गरेको छ ।

गुणस्तरहीन खानाले यात्रु बिरामी परे कडा कारबाही
राजमार्गका होटल तथा रेस्टुरेन्टमा उपलब्ध गराइने खाजा, नास्ता र खाना न्यून गुणस्तरको भएको तथा त्यसका कारण यात्रु बिरामी परेको गुनासो प्राप्त भएको विभागले जनाएको छ । यस्ता गतिविधिमाथि सरकारी निकायले सूक्ष्म निगरानी गरिरहेको पनि विभागले स्पष्ट पारेको छ ।

खाना तथा खाजाको गुणस्तरमा लापरबाही गरेको र त्यसबाट यात्रु बिरामी परेको पुष्टि भए सम्बन्धित होटल वा रेस्टुरेन्ट सञ्चालकसँगै त्यहाँ सवारी रोकेर यात्रुलाई खाना खुवाउने चालकलाई समेत प्रचलित कानुनअनुसार कारबाही गरिने विभागको चेतावनी छ ।

खानाको गुणस्तर र मूल्यमा ठगी भए कहाँ गर्ने उजुरी ?
राजमार्गका होटल तथा रेस्टुरेन्टमा खाना, खाजा र नास्ताको स्वच्छता तथा गुणस्तरमा कमी भेटिएमा वा तोकिएकोभन्दा बढी मूल्य लिएर ठगी गरिएमा यात्रुले सम्बन्धित निकायमा उजुरी गर्न सक्नेछन् ।

विभागले यात्रुलाई यस्ता समस्या देखिए नेपाल प्रहरीको हेल्पलाइन ‘१००’ मा फोन गरेर जानकारी गराउन आग्रह गरेको छ । त्यसबाहेक जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका सम्बन्धित कार्यालयमा समेत उजुरी दिन सकिनेछ ।

यात्रुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गका होटल तथा रेस्टुरेन्टमा खाद्य स्वच्छता कायम गराउने र मूल्यमा हुने ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले निगरानी बढाएको विभागको सूचनाले देखाएको छ ।

Tags: राजमार्गका होटल तथा रेस्टुरेन्ट
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

अशोज २७, २०८३
महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

अशोज २७, २०८३
नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

अशोज २७, २०८३
११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

अशोज २७, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि