Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कार्यालयभित्र कर्मचारीमाथि कुटपिट भएपछि कालिकामाई गाउँपालिकामा पेनडाउन, सेवा ठप्प

मंगलबार दिउँसो करिब १२ः५१ बजे गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर (चौथो तह) चन्दन कुमार चौरसियामाथि कार्यालय परिसरभित्रै कुटपिट तथा दुर्व्यवहार भएको आरोप लगाइएको छ । घटनापछि आक्रोशित कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै दोषीमाथि तत्काल कानुनी प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २४, २०८३
कार्यालयभित्र कर्मचारीमाथि कुटपिट भएपछि कालिकामाई गाउँपालिकामा पेनडाउन, सेवा ठप्प

वीरगंज (पर्सा), २४ असार । पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत एक कर्मचारीमाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट भएको घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारी आन्दोलनमा उत्रिएका छन् । दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै उनीहरूले पेनडाउन आन्दोलन सुरु गरेका छन्, जसका कारण गाउँपालिकाको सम्पूर्ण प्रशासनिक सेवा प्रभावित भएको छ ।

मंगलबार दिउँसो करिब १२ः५१ बजे गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर (चौथो तह) चन्दन कुमार चौरसियामाथि कार्यालय परिसरभित्रै कुटपिट तथा दुर्व्यवहार भएको आरोप लगाइएको छ । घटनापछि आक्रोशित कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै दोषीमाथि तत्काल कानुनी प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

कर्मचारीहरूले कार्यालय समयमै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि भएको आक्रमणलाई व्यक्तिगत घटनाका रूपमा नभई सम्पूर्ण कर्मचारी समुदायमाथिको आक्रमणका रूपमा व्याख्या गरेका छन् । यस्तो घटनाले कर्मचारीहरूको मनोबल कमजोर बनाउनुका साथै सार्वजनिक सेवा प्रवाह, प्रशासनिक कार्यसम्पादन र सुशासनमा प्रतिकूल प्रभाव पर्ने उनीहरूको भनाइ छ ।

संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा घटनाको पृष्ठभूमि स्वास्थ्य शाखामार्फत सञ्चालन भइरहेको बहुक्षेत्रीय पोषण कार्यक्रमसँग सम्बन्धित विषयसँग जोडिएको उल्लेख गरिएको छ । उक्त विषयमा चौरसियाको कुनै व्यक्तिगत संलग्नता वा जिम्मेवारी नरहेको अवस्थामा उनीमाथि आक्रमण हुनु अत्यन्त निन्दनीय र दुर्भाग्यपूर्ण भएको कर्मचारीहरूको निष्कर्ष छ ।

विज्ञप्तिमार्फत कर्मचारीहरूले आफूलाई जेनजी अगुवा बताउने कालिकामाई गाउँपालिका–२ का राजनिश कुशवाहा, वडा नं. ३ का वडाध्यक्ष सञ्जय कुमार पटेलसहित घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि संघीय कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन् । साथै सरकारी कार्यालयमा कार्यरत कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग उनीहरूले जोडदार आग्रह गरेका छन् ।

माग पूरा नभएसम्म कार्यालयको नियमित कामकाजमा सहभागी नहुने, जिल्ला प्रशासन कार्यालयमा धर्ना जारी राख्ने तथा पेनडाउन आन्दोलनलाई निरन्तरता दिने चेतावनी पनि कर्मचारीहरूले दिएका छन् । कर्मचारीहरूको आन्दोलनका कारण बुधबार गाउँपालिकाको सम्पूर्ण प्रशासनिक सेवा ठप्प भएको छ । गाउँपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयसमेत बन्द रहेका छन् ।

उता, इलाका प्रहरी कार्यालय पोखरियाले घटनामा संलग्न रहेको आरोपमा कालिकामाई गाउँपालिका–२ का रामबालक साह कानु र अरविन्द चौरसियालाई नियन्त्रणमा लिएको जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ ।

https://birgunjtimes.com/wp-content/uploads/2026/07/kalikamai.mp4
Tags: कालिकामाई गाउँपालिकामा कर्मचारीमाथि आक्रमण
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कार्यालयभित्र कर्मचारीमाथि कुटपिट भएपछि कालिकामाई गाउँपालिकामा पेनडाउन, सेवा ठप्प

कार्यालयभित्र कर्मचारीमाथि कुटपिट भएपछि कालिकामाई गाउँपालिकामा पेनडाउन, सेवा ठप्प

असार २४, २०८३
लक्षित वर्गका विरामीहरुलाई सहुलियत दिन जिल्ला प्रशासन कार्यालयको निर्देशन

लक्षित वर्गका विरामीहरुलाई सहुलियत दिन जिल्ला प्रशासन कार्यालयको निर्देशन

असार २३, २०८३
लागूऔषधसहित तीनजना पक्राउ

लागूऔषधसहित तीनजना पक्राउ

असार २३, २०८३
पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँ प्रभावित

पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँ प्रभावित

असार २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि