Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २६, २०८३
खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

वीरगंज (पर्सा), २६ जेठ । वीरगंजका चर्चित फुटबल खेलाडी तथा लोकप्रिय गायक अशोक प्रधानलाई ‘रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार–२०८३’ प्रदान गरिएको छ । खेलकुद र संगीत क्षेत्रमार्फत वीरगञ्ज तथा नेपालको पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म स्थापित गर्न पुर्‍याएको योगदानको सम्मानस्वरूप उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

रिलिफ सोसाइटी अफ कमर्सको ३५औँ स्थापना दिवस तथा बुद्ध जयन्तीको अवसरमा प्रदान गरिने यो सम्मान विभिन्न कारणले निर्धारित समयमा वितरण हुन नसकेपछि आइतबार आयोजित विशेष समारोहमा प्रधानलाई सम्मान गरिएको थियो । वीरगंजस्थित रिलिफ सोसाइटी अफ कमर्सको कार्यालयमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष योगेन्द्र प्रसाद यादव, निवर्तमान अध्यक्ष अशोक लाठ, गणेश लाठ, नारायण रुङ्टा तथा निरज अग्रवाललगायतको उपस्थितिमा सम्मान हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै समाजसेवी अशोक लाठले खेलकुद र संगीत दुवै क्षेत्रमा सक्रिय रहँदै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न तथा वीरगंजको पहिचानलाई फराकिलो बनाउन अशोक प्रधानले उल्लेखनीय योगदान दिएको बताए। सोही योगदानको मूल्यांकन गर्दै उनलाई यस वर्षको सम्मान प्रदान गरिएको उनले स्पष्ट पारे । सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै अशोक प्रधानले रिलिफ सोसाइटी अफ कमर्सले समाजका विपन्न, असहाय तथा पछाडि परेका वर्गका लागि निरन्तर सामाजिक कार्य गर्दै आएको उल्लेख गरे । साथै विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरी थप प्रेरणा दिने संस्थाको प्रयास प्रशंसनीय रहेको बताए ।

‘विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरेर प्रोत्साहन गर्ने कार्यले सकारात्मक ऊर्जा प्रदान गर्छ,’ उनले भने, ‘यो सम्मानले मलाई अझ बढी जिम्मेवार र उत्प्रेरित बनाएको छ ।’ प्रधानले आफूलाई सम्मानका लागि छनोट गरेकोमा संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि खेलकुद र संगीतमार्फत समाज तथा राष्ट्रका लागि योगदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

रिलिफ सोसाइटी अफ कमर्सले हरेक वर्ष सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, खेलकुद, कला, साहित्यलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ ।

Tags: अशोक प्रधान
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

जेष्ठ २६, २०८३
विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

जेष्ठ २६, २०८३
मसिहानीमा छठघाट निर्माण सुरु, असार १५ भित्र सम्पन्न गर्ने लक्ष्य

मसिहानीमा छठघाट निर्माण सुरु, असार १५ भित्र सम्पन्न गर्ने लक्ष्य

जेष्ठ २६, २०८३
बहुअरीमा विज्ञान तथा प्रविधि तालिम सुरु, विद्यार्थीमा नवप्रवर्तनशील सोच विकास गर्ने लक्ष्य

बहुअरीमा विज्ञान तथा प्रविधि तालिम सुरु, विद्यार्थीमा नवप्रवर्तनशील सोच विकास गर्ने लक्ष्य

जेष्ठ २६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि