Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

काली सेनाको नयाँ कार्यालय उद्घाटन, २६ सयभन्दा बढी महिलालाई स्वरोजगारसँग जोड्ने अभियानलाई थप गति

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १९, २०८३
काली सेनाको नयाँ कार्यालय उद्घाटन, २६ सयभन्दा बढी महिलालाई स्वरोजगारसँग जोड्ने अभियानलाई थप गति

रक्सौल (विहार), १९ जेठ । वीरगंज–रक्सौलस्थित आश्रम रोडमा रहेको सेवक संजय नाथ काली न्यास विद्यालय परिसरमा काली सेनाको नयाँ कार्यालय सञ्चालनमा आएको छ । मंगलबार साँझ आयोजित एक विशेष समारोहबीच स्थानीय विधायक प्रमोद कुमार सिन्हाले कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् ।

महिलाको आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवद्र्धनलाई लक्ष्य बनाउँदै सक्रिय काली सेनाको नयाँ कार्यालय उद्घाटन कार्यक्रममा काली मन्दिरका पीठाधीश्वर सेवक संजय नाथ, समाजसेवी, राजनीतिक व्यक्तित्व तथा संस्थासँग आबद्ध महिला सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै विधायक प्रमोद कुमार सिन्हाले काली सेनाले महिलाहरूलाई उद्यमशीलता र स्वरोजगारतर्फ उन्मुख गराउने महत्वपूर्ण काम गरिरहेको बताए । गृह उद्योगमार्फत महिलालाई आयआर्जनको अवसर सिर्जना गरी आत्मनिर्भर बनाउने संस्थाको प्रयास उदाहरणीय रहेको उल्लेख गर्दै उनले यस्ता अभियानलाई आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

उनले संस्थाको विस्तार र विकासमा पीठाधीश्वर सेवक संजय नाथको निरन्तर सहयोगको प्रशंसा गर्दै महिलाको उत्थानका लागि सरकारी तथा गैरसरकारी तहबाट सहकार्य आवश्यक रहेको धारणा राखे । साथै, संस्थाकी अध्यक्ष पार्वती तिवारीले पिछडिएका तथा आर्थिक रूपमा कमजोर महिलाहरूलाई रोजगारीसँग जोड्न खेलेको भूमिकाको पनि उनले सराहना गरे ।

कार्यक्रममा बोल्दै पीठाधीश्वर सेवक संजय नाथले महिलाको दीर्घकालीन सशक्तीकरणका लागि आफूले देखेको सपना काली सेनामार्फत क्रमशः साकार बन्दै गएको बताए । संस्थाको पहलबाट धेरै महिलाहरू आत्मनिर्भर बन्न सफल भएको उल्लेख गर्दै उनले यसलाई सामाजिक परिवर्तनको सकारात्मक संकेतका रूपमा व्याख्या गरे ।

संस्थाकी अध्यक्ष पार्वती तिवारीका अनुसार हाल काली सेनासँग करिब २ हजार ६ सय महिलाहरू आबद्ध छन् । उनीहरूले तिसौरी, अदौरी, अचारलगायत विभिन्न घरेलु उत्पादन तयार गरी आम्दानी गरिरहेका छन् । बजारमा उत्पादित सामग्रीको माग बढ्दै गएको बताउँदै उनले नयाँ कार्यालय सञ्चालनसँगै संस्थाका गतिविधि थप व्यवस्थित र प्रभावकारी बन्ने तथा अझ धेरै महिलालाई रोजगारमूलक अवसरसँग जोड्न सहज हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा भाजपा नेता अजय पटेल, मृत्युन्जय सिंह, समाजसेवी निरुल्लाह खान, कन्हैया सर्राफ, प्रेम गुप्ता, सैफुल आजम, अबरार खान, विमल सर्राफ, दीपू श्रीवास्तव, दीपक श्रीवास्तव, पप्पु साहलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

Tags: काली सेनाको नयाँ कार्यालय सञ्चालनमा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्व. वीरेन्द्र शाहको स्मृतिमा श्रद्धाञ्जलीसभा

स्व. वीरेन्द्र शाहको स्मृतिमा श्रद्धाञ्जलीसभा

जेष्ठ १९, २०८३
नयाँ भन्सार ऐनविरुद्ध एजेन्टहरूको ‘पेन डाउन’ : देशभरका भन्सार कार्यालयहरु प्रभावित

वीरगंज नाका मार्फत दलहन आयातमा कमी

जेष्ठ १९, २०८३
हरिखेतान क्याम्पसको संचालक समिति पुनर्गठन

हरिखेतान क्याम्पसको संचालक समिति पुनर्गठन

जेष्ठ १९, २०८३
प्रतिभावान महिला क्रिकेट खेलाडी मोनरमालाई क्रिकेट कीट सहयोग

प्रतिभावान महिला क्रिकेट खेलाडी मोनरमालाई क्रिकेट कीट सहयोग

जेष्ठ १९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि