Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

कुर्मीले लोकतान्त्रिक शासन व्यवस्थामा जनप्रतिनिधिसहित सबै नागरिकले कानुनको सीमाभित्र रहेर आफ्ना असन्तुष्टि र अधिकार व्यक्त गर्नुपर्ने उल्लेख गर्दै हिंसात्मक गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएका छन् । दोस्रो कार्यकालमा निर्वाचित जनप्रतिनिधिबाट यस्तो व्यवहार देखिनु जनप्रतिनिधिको मर्यादा, जिम्मेवारी र सार्वजनिक उत्तरदायित्वसँग मेल नखाने उनको भनाइ छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २, २०८३
कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

वीरगंज (पर्सा), २ साउन । पर्साको कालिकामाई गाउँपालिकामा कर्मचारीमाथि भएको भनिएको कुटपिट तथा दुर्व्यवहारको घटनाको निष्पक्ष छानबिन गरी संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही गर्न स्थानीय राजेशप्रसाद कुर्मीले माग गरेका छन् । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले २०८३ असार २३ गते कालिकामाई गाउँपालिका कार्यालयमा भएको घटनाप्रति गम्भीर चासो व्यक्त गरेका हुन् ।

विज्ञप्तिमा कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजयकुमार पटेलको नेतृत्वमा कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार भएको भन्ने आरोपलाई दुःखद, निन्दनीय तथा कानुनी शासनको मूल भावना विपरीतको घटना भएको उल्लेख गरिएको छ । कुर्मीले लोकतान्त्रिक शासन व्यवस्थामा जनप्रतिनिधिसहित सबै नागरिकले कानुनको सीमाभित्र रहेर आफ्ना असन्तुष्टि र अधिकार व्यक्त गर्नुपर्ने उल्लेख गर्दै हिंसात्मक गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएका छन् । दोस्रो कार्यकालमा निर्वाचित जनप्रतिनिधिबाट यस्तो व्यवहार देखिनु जनप्रतिनिधिको मर्यादा, जिम्मेवारी र सार्वजनिक उत्तरदायित्वसँग मेल नखाने उनको भनाइ छ ।

विज्ञप्तिमार्फत उनले घटनाको वास्तविक कारण, पृष्ठभूमि र उद्देश्यबारे स्वतन्त्र तथा निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । कार्यादेशबिनै सम्पन्न गरिएको भनिएको कामको भुक्तानीसम्बन्धी विवादका कारण उक्त घटना भएको चर्चा चलेको उल्लेख गर्दै त्यस विषयको वास्तविकता पनि सार्वजनिक हुनुपर्नेमा उनले जोड दिएका छन् ।

कुर्मीले वडाध्यक्ष पटेललाई आफ्नो कार्यकालमा वडा नं. ३ मा भएका विकास निर्माण, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा अन्य आधारभूत सेवाका कामको विवरण स्थानीयवासीसमक्ष स्पष्ट रूपमा सार्वजनिक गर्न पनि आग्रह गरेका छन् । गाउँपालिका कार्यालय रहेको वडामै अपेक्षाअनुसार शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकास हुन नसकेको विषय गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता रहेको उनको धारणा छ ।

त्यसैगरी, हालै सार्वजनिक भएको भिडियोमा उठाइएको करार नियुक्ति तथा तथाकथित ‘बाउन्सर’ भर्नासम्बन्धी विषयमा पनि आफ्नो कार्यकालमा भएका सम्पूर्ण नियुक्ति प्रक्रियाको तथ्य सार्वजनिक गर्न सम्बन्धित पक्षलाई उनले आग्रह गरेका छन् । नेपालमा विधिको शासन, सुशासन र पारदर्शिता सुदृढ बनाउने प्रयास भइरहेका बेला कुनै पनि व्यक्तिले कर्मचारीमाथि दबाब, धम्की वा बल प्रयोग गरी गैरकानुनी काम गराउने वा गराउन खोज्ने प्रवृत्ति अस्वीकार्य हुने उल्लेख गर्दै उनले कानुनको सर्वोच्चता र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

विज्ञप्तिको अन्त्यमा कुर्मीले कर्मचारीमाथि भएको भनिएको कुटपिट तथा दुर्व्यवहारको घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी छानबिन गरी दोषी जोसुकै भएपनि कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग पुनः माग गरेका छन् ।

Tags: कालिकामाई गाउँपालिकाकालिकामाई गाउँपालिकाः कर्मचारी कुटिएको विरोधमा कामकाज ठप्पकालिकामाई गाउँपालिकामा कर्मचारीमाथि आक्रमण
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि