Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

केबलमा समस्या देखिएलगत्तै उच्च व्यवस्थापनको समन्वयमा विशेष Fault Locator Megger Testing Van रातारात वीरगंज ल्याएर परीक्षण सुरु गरिएको थियो । प्रारम्भिक चरणमा रातभर गरिएको परीक्षणबाट फल्टको स्थान पहिचान हुन नसकेपछि छपकैया सबस्टेसनअन्तर्गत सञ्चालित अस्पताल, विर्तामाई, नगवा, छपकैया र बलिरामपुर फिडरमध्ये बलिरामपुर, छपकैया र नगवा फिडरको विद्युत सेवा प्रभावित भएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २, २०८३
तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

वीरगंज (पर्सा), २ साउन । वीरगंजको विद्युत आपूर्तिको प्रमुख आधार मानिएको छपकैया ३३ केभी अन्डरग्राउन्ड केबलमा आएको प्राविधिक खराबी (फल्ट) तीन दिन र तीन रातको निरन्तर खोजीपछि पत्ता लागेको छ । नेपाल विद्युत प्राधिकरण, वीरगंज वितरण केन्द्रले मर्मत कार्य अन्तिम चरणमा पुगेको र विद्युत आपूर्ति पूर्ण रूपमा सहज बनाउन आवश्यक काम तीव्र गतिमा भइरहेको जनाएको छ ।

प्राधिकरणका अनुसार केबलमा समस्या देखिएलगत्तै उच्च व्यवस्थापनको समन्वयमा विशेष Fault Locator Megger Testing Van रातारात वीरगंज ल्याएर परीक्षण सुरु गरिएको थियो । प्रारम्भिक चरणमा रातभर गरिएको परीक्षणबाट फल्टको स्थान पहिचान हुन नसकेपछि छपकैया सबस्टेसनअन्तर्गत सञ्चालित अस्पताल, विर्तामाई, नगवा, छपकैया र बलिरामपुर फिडरमध्ये बलिरामपुर, छपकैया र नगवा फिडरको विद्युत सेवा प्रभावित भएको थियो ।

लामो समयसम्म विद्युत सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले प्राधिकरणले भोलिपल्टदेखि नै प्रभावित सबै क्षेत्रमा वैकल्पिक आपूर्ति व्यवस्था मिलाएको जनाएको छ, जसका कारण उपभोक्ताले पूर्ण रूपमा विद्युतविहीन हुनुपरेको अवस्था सिर्जना भएन । प्राविधिक टोलीले लगातार तीन दिन र तीन रात खटिएपछि नगवा पोखरी नजिक अन्डरग्राउन्ड केबलमा आएको खराबीको यथार्थ स्थान पत्ता लगाउन सफल भएको हो । सोही क्षेत्रमा निर्माणाधीन पसौंनी–छपकैया ३३ केभी ओभरहेड लाइन सम्पन्न भइसकेकाले पुरानो लाइन नकटाई मर्मत कार्य अघि बढाउन सहज भएको प्राधिकरणले जनाएको छ ।

वर्षायामको प्रतिकूल मौसम, केही स्थानीयको अवरोध तथा अन्य प्राविधिक चुनौतीका बाबजुद वीरगंज वितरण केन्द्रका कर्मचारी, प्राविधिक टोली र निर्माण व्यवसायीले निरन्तर खटेर निर्माणाधीन पसौंनी–छपकैया ३३ केभी ओभरहेड लाइन दुई दिनमै सम्पन्न गरी सफलतापूर्वक चार्ज गर्न सफल भएको पनि प्राधिकरणले उल्लेख गरेको छ । वीरगंज वितरण केन्द्रले कठिन परिस्थितिमा धैर्य र सहयोगका साथ साथ दिने स्थानीय उपभोक्ता, स्थानीय प्रशासन, सञ्चारकर्मी, निर्माण व्यवसायी तथा प्राधिकरणको उच्च व्यवस्थापनप्रति आभार व्यक्त गरेको छ ।

प्राधिकरणका अनुसार नयाँ ३३ केभी ओभरहेड लाइन सञ्चालनमा आएपछि वीरगंजको विद्युत आपूर्ति प्रणाली अझ भरपर्दो, गुणस्तरीय र नियमित बन्ने अपेक्षा गरिएको छ । यसलाई वीरगंजको विद्युत पूर्वाधार सुदृढीकरणतर्फको महत्वपूर्ण उपलब्धि र दीर्घकालीन सुधारको कोसेढुंगाका रूपमा समेत लिइएको छ ।

Tags: तीन दिनको खोजीपछि अन्डरग्राउन्ड केबलको खराबी फेला
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि