Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

राजविराज नगरपालिका–६ स्थित कारागारमा जेलर मण्डलले चौकीदार नियुक्तिको नाममा आर्थिक अनियमितता गर्दै कैदीबन्दीबाट रकम असुलेको आरोप लगाउँदै आन्दोलन सुरु गरिएको हो । आन्दोलनरत कैदीबन्दीहरूले जेलरको तत्काल सरुवा, घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि आवश्यक कारबाहीको माग गरेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २, २०८३
जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

राजविराज (सप्तरी), २ साउन । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरूले सुरु गरेको आन्दोलनले तनावपूर्ण रूप लिएको छ । तीन दिनदेखि जारी आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि केही कैदीबन्दीले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेपछि अवस्था झन् संवेदनशील बनेको हो ।

राजविराज नगरपालिका–६ स्थित कारागारमा जेलर मण्डलले चौकीदार नियुक्तिको नाममा आर्थिक अनियमितता गर्दै कैदीबन्दीबाट रकम असुलेको आरोप लगाउँदै आन्दोलन सुरु गरिएको हो । आन्दोलनरत कैदीबन्दीहरूले जेलरको तत्काल सरुवा, घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि आवश्यक कारबाहीको माग गरेका छन् ।

आन्दोलन नियन्त्रणका लागि प्रहरी परिचालन भई बल प्रयोग गर्न खोजेपछि केही कैदीबन्दीले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेको स्रोतले जनाएको छ । त्यसपछि थप अप्रिय घटना हुन नदिन प्रहरी पछि हटेको बताइएको छ । राजविराज–१५ मुसहरनियाँका कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई चौकीदार नियुक्त गराइदिने आश्वासन दिँदै चौकीदार कामेश्वर यादवले गत जेठ ५ गते कारागार बाहिरका विनोद यादवमार्फत जेलर रूपक मण्डलको नाममा आफूबाट पाँच लाख रुपैयाँ घुस लिएको आरोप लगाएका छन् ।

यता चौकीदार नियुक्तिसम्बन्धी रकम उठाएको विषयमा विवाद चर्किएपछि चौकीदार कामेश्वर यादवलाई झुम्का कारागार सरुवा गर्ने तयारी गरिएको र त्यसैक्रममा ‘बी ब्लक’का केही कैदीबन्दीमाथि कुटपिट भएको आरोपसमेत सार्वजनिक भएको छ । घटनापछि कारागार परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो टोली परिचालन गरिएको छ भने सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सञ्चारकर्मीलाई घटनास्थलमा पुगेर समाचार सङ्कलन गर्नसमेत रोक लगाइएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले कारागारभित्र शान्ति–सुरक्षा कायम गर्न प्रहरी प्रवेश गर्न खोज्दा केही कैदीबन्दीले शरीरमा मट्टीतेल खन्याएको पुष्टि गरेका छन् । उनका अनुसार अहिले कैदीबन्दीसँग संवाद र सम्झाइबुझाइ जारी रहेकाले अवस्था सामान्य बन्दै गएको छ । प्रमुख जिल्ला अधिकारी थापाले ‘बी ब्लक’का चौकीदार रामरिझनले कैदीबन्दीप्रति समान व्यवहार नगरेको आरोपपछि विवाद सुरु भएको प्रारम्भिक जानकारी प्राप्त भएको पनि बताएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ ।

Tags: आत्मदाह प्रयासपछि सप्तरी कारागार तनावग्रस्त
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि