Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा धुवाँ र धुलोको डरलाग्दो कहरः जनजीवन कष्टकर, स्वास्थ्य जोखिम उच्च

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ९, २०८३
पर्सामा धुवाँ र धुलोको डरलाग्दो कहरः जनजीवन कष्टकर, स्वास्थ्य जोखिम उच्च

वीरगंज (पर्सा), ९ वैशाख । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो एक सातादेखि वायु तथा वातावरणीय प्रदूषण अत्यधिक बढ्दै जाँदा स्थानीय जनजीवन कष्टकर बन्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका वन क्षेत्रमा लागेको डढेलोबाट फैलिएको धुवाँले वातावरण धुम्म बनाउँदा प्रदूषण झन् तीव्र भएको हो ।

स्थानीयका अनुसार गहुँबाली भित्र्याउने क्रममा उड्ने धुलो, गहुँको छवाली जलाउँदा निस्कने धुवाँ, र लामो समयदेखि वर्षा नहुनुका कारण सडकबाट उड्ने धुलोले अवस्था थप बिगारेको छ । दिनभरि नै धुलो र धुवाँको मिश्रणले वातावरण ढाकिँदा दैनिक क्रियाकलापसमेत प्रभावित भएका छन् ।

जगरनाथपुर गाउँपालिका–४ का स्थानीय दिनदयाल दास थारुले बिहानैदेखि वातावरण कुहिरोजस्तै धुम्म हुने, आँखा पोल्ने, आँसु आउने र रातो हुने समस्या बढेको बताए। श्वास–प्रश्वासमा समेत समस्या देखिन थालेको र अत्यधिक प्रदूषणका कारण घरभित्र बस्नसमेत कठिन भएको उनको अनुभव छ । यो समस्या ठोरी गाउँपालिका, जिराभवानी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका तथा वीरगंज महानगरपालिकाका केही वडासम्म फैलिएको छ ।

स्वास्थ्यकर्मीहरूले वायु प्रदूषणले गम्भीर असर पार्न थालेको चेतावनी दिएका छन् । पटेर्वासुगौली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र यादवका अनुसार मुटु, फोक्सो तथा श्वास–प्रश्वाससम्बन्धी दीर्घरोगीहरूका लागि अहिलेको अवस्था अत्यन्त जोखिमपूर्ण बनेको छ । प्रदूषित वातावरणका कारण आँखामा संक्रमणको खतरा समेत बढेको उनले बताए । त्यस्तै, ठोरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेशराज थिङ्गले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

अत्यावश्यक बाहेक बाहिर ननिस्किन, बाहिर जाँदा मास्क र चस्मा प्रयोग गर्न तथा सवारी चलाउँदा हेल्मेट लगाउन उनले सुझाव दिएका छन् । स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त जाँच गराउन पनि आग्रह गरिएको छ । बढ्दो प्रदूषण नियन्त्रणका लागि डढेलो व्यवस्थापन, धुलो नियन्त्रण र जनचेतना अभिवृद्धिमा सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ ।

Tags: धुवाँ र धुलोको डरलाग्दो कहर
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि