Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय रास्वपा पर्सा वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेश प्रहरी नेतृत्वको असुली ‘नेटवर्किङ्ग’ ! आठ जिल्लामा फैलिएको ‘महिनावारी सेटिङ’ को आरोप

डीआईजी थपलियाले आफ्ना निकट मानिएका बरिष्ठ सई गोपाल थापा मगरको नेतृत्वमा मधेश प्रदेशका आठवटै जिल्लामा तल्लो दर्जाका प्रहरी कर्मचारी परिचालन गर्दै सीमा नाकाबाट हुने तस्करीबाट नियमित रकम असुली गर्ने ‘संरचित प्रणाली’ बनाएको आरोप लगाइएको छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
बैशाख ९, २०८३
मधेश प्रहरी नेतृत्वको असुली ‘नेटवर्किङ्ग’ ! आठ जिल्लामा फैलिएको ‘महिनावारी सेटिङ’ को आरोप

वीरगंज (पर्सा), ९ वैशाख । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियामाथि तस्करसँग संगठित रूपमा ‘महिनावारी असुली’ गराउने नेटवर्क सञ्चालन गरेको गम्भीर आरोप सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा फोनकल अडियो रेकर्डसहित विभिन्न विवरण बाहिरिएपछि यस विषयले सुरक्षा निकायभित्रै ठूलो तरंग पैदा गरेको छ ।

सार्वजनिक भएका दाबीहरू अनुसार, डीआईजी थपलियाले आफ्ना निकट मानिएका बरिष्ठ सई गोपाल थापा मगरको नेतृत्वमा मधेश प्रदेशका आठवटै जिल्लामा तल्लो दर्जाका प्रहरी कर्मचारी परिचालन गर्दै सीमा नाकाबाट हुने तस्करीबाट नियमित रकम असुली गर्ने ‘संरचित प्रणाली’ बनाएको आरोप लगाइएको छ । ती विवरणहरूमा विभिन्न जिल्लामा कार्यरत केही प्रहरी कर्मचारीलाई ‘कमाण्डर’ जस्तै जिम्मेवारी दिइएको दाबी गरिएको छ ।

आरोपअनुसार, मधेश प्रदेशका विभिन्न सीमा नाकाहरूमा तस्करी नियन्त्रणको नाममा उल्टै तस्करसँग महिनावारी रकम असुली गर्ने प्रणाली लामो समयदेखि सञ्चालनमा रहेको बताइएको छ । सामाजिक सञ्जालमा फैलिएका अडियो रेकर्ड तथा विवरणहरूले यो नेटवर्क उच्च तहसम्म जोडिएको दाबी गरेका छन् ।

सार्वजनिक विवरणमा उल्लेख भएअनुसार, बरिष्ठ सई गोपाल थापा मगरलाई डीआईजी थपलियाको ‘विश्वासिलो पात्र’ भन्दै प्रदेशभर असुली संयन्त्रको प्रमुख समन्वयकर्ताको रूपमा प्रस्तुत गरिएको छ । त्यसैगरी, बरिष्ठ सई जयलाल यादवलाई सिरहा र सप्तरी जिल्लामा तस्करी र असुली कार्यको जिम्मेवारी दिइएको आरोप छ ।

त्यस्तै, रोशन अधिकारी नामका बरिष्ठ सईले सर्लाही क्षेत्रमा, योगेन्द्र थापाले रौतहट क्षेत्रमा र विजय महतोले बारा जिल्लामा तस्करसँग रकम असुलीको कमाण्ड सम्हालेको दाबी गरिएको छ । पर्सा जिल्लामा बरिष्ठ सई लोकेन्द्र पंडित सक्रिय रहेको उल्लेख गर्दै विभिन्न तहमा ‘ब्याजमेट’ र ‘विश्वासिलो नेटवर्क’ तयार पारिएको आरोप लगाइएको छ ।

यसैगरी, केही कनिष्ठ प्रहरी कर्मचारीहरूलाई समेत सहायक भूमिकामा प्रयोग गरिएको दाबी सार्वजनिक भएको छ । तीमध्ये प्रहरी सहायक हवल्दारदेखि असईसम्मका कर्मचारीलाई समेत विभिन्न जिल्लामा परिचालन गरिएको आरोप छ । आरोप अनुसार, सम्पूर्ण संयन्त्रको केन्द्रमा डीआईजी थपलियाको निर्देशन वा संरक्षण रहेको भन्दै उनलाई यस कथित नेटवर्कको ‘मुख्य संरक्षक’ को रूपमा चित्रित गरिएको छ ।

सार्वजनिक अडियो र विवरणहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिँदै गएपछि सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठ्न थालेका छन् । स्थानीय स्तरमा भने यसले प्रहरी प्रशासनप्रतिको विश्वासमा समेत असर पारेको देखिएको छ । सुरक्षा विश्लेषकहरूका अनुसार यदि यस्ता आरोपहरू सत्य सावित भएमा यो केवल व्यक्तिगत बदनामीको विषय मात्र नभई समग्र प्रहरी संरचना र सीमावर्ती सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्नचिन्ह बन्न सक्ने देखिन्छ ।

Tags: सीमामा प्रहरीकै छायाँ धन्दा: ‘कमाण्डर सिस्टम’ मार्फत तस्करसँग असुली
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज भन्सारको कारोबारमा कमी

वीरगंज हुँदै ६ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

बैशाख ९, २०८३
पर्सामा धुवाँ र धुलोको डरलाग्दो कहरः जनजीवन कष्टकर, स्वास्थ्य जोखिम उच्च

पर्सामा धुवाँ र धुलोको डरलाग्दो कहरः जनजीवन कष्टकर, स्वास्थ्य जोखिम उच्च

बैशाख ९, २०८३
मधेश प्रहरी संकटमाः डीआईजीको कार्यकक्षमै जवानको आत्महत्या प्रयास, नेतृत्वमाथि गम्भीर प्रश्न !

मधेश प्रहरी संकटमाः डीआईजीको कार्यकक्षमै जवानको आत्महत्या प्रयास, नेतृत्वमाथि गम्भीर प्रश्न !

बैशाख ९, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध महासंघको आपत्तिः मुख्यमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघको आपत्तिः मुख्यमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

बैशाख ९, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि