Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘कबाडी कर’को आतंकप्रति सांसद पन्तको कडा आपत्तिः वीरगंजमा ढाटको नाममा खुलेयाम रंगदारी !

पर्सा–१ का सांसद हरि पन्तले कडा आपत्ति जनाउँदै तत्काल अवैध असुली बन्द गर्न निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्दा दिनमा बन्द र राति पुनः सञ्चालन हुने प्रवृत्तिसमेत देखिएको उनले उल्लेख गरेका छन् ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
चैत्र २८, २०८२
‘कबाडी कर’को आतंकप्रति सांसद पन्तको कडा आपत्तिः वीरगंजमा ढाटको नाममा खुलेयाम रंगदारी !

वीरगंज (पर्सा), २८ चैत । वीरगंजमा ‘कबाडी कर’ र ‘ढाट’को नाममा भइरहेको अवैध रकम असुली फेरि चर्किएको छ । केन्द्र सरकारले बारम्बार रोक्न निर्देशन दिँदा समेत व्यवहारमा कार्यान्वयन नहुँदा समस्या झन् गम्भीर बनेको हो । एकीकृत जाँच चौकी (आई.सि.पि.) वीरगंजबाट बाहिरिने मालवाहक ट्रकहरू लक्षित गरी विभिन्न स्थानमा ‘ढाट’ शीर्षकमा रकम उठाइँदै आएको छ । यो असुली रोक्न गृह मन्त्रालयले यसअघि नै निर्देशन दिइसकेको भएपनि स्थानीय तह र केही समूहको संलग्नतामा प्रक्रिया अझै जारी रहेको छ ।

यस विषयमा पर्सा–१ का सांसद हरि पन्तले कडा आपत्ति जनाउँदै तत्काल अवैध असुली बन्द गर्न निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्दा दिनमा बन्द र राति पुनः सञ्चालन हुने प्रवृत्तिसमेत देखिएको उनले उल्लेख गरेका छन् । उनका अनुसार भन्सारबाट निस्किने मालवाहक सवारीबाट ‘ढाट’को नाममा रकम उठाउनु न संघीय कानुनले मान्यता दिएको छ, न स्थानीय तहलाई त्यस्तो अधिकार नै छ ।

वीरगंज भन्सार, आईसिपी र ड्राइपोर्टजस्ता देशकै प्रमुख राजस्व केन्द्रबाट बाहिरिने ट्रकहरूबाट ५ सयदेखि १ हजार रुपैयाँसम्म जबर्जस्ती असुली भइरहेको व्यवसायीहरूको भनाई छ । यस्तो अवैध संकलनले ढुवानी लागत बढाएर उपभोक्ता मूल्यमा समेत प्रत्यक्ष असर पारिरहेको छ । लामो समयदेखि गुनासो उठ्दै आएपनि सम्बन्धित निकायको प्रभावकारी हस्तक्षेप नदेखिएको भन्दै व्यवसायीहरू असन्तुष्ट छन् ।

यता, ‘कबाडी कर’को नाममा समेत उस्तै प्रकारको अव्यवस्थित असुली भइरहेको आरोप छ । वीरगंज–२२ को जगरनाथपुर चोक आसपास भारतीय नम्बर प्लेटका मालवाहक सवारीलाई लक्षित गरी दबाबपूर्ण रूपमा रकम उठाउने गरिएको चालकहरूको भनाई छ । उनीहरूका अनुसार प्रतिगाडी ४ सयदेखि ७ सय रुपैयाँसम्म र भारतीय सवारीबाट २८० भारूसम्म असुली भइरहेको छ ।

रकम तिर्न अस्वीकार गर्दा दुर्व्यवहार, कुटपिट र धम्की दिने गरिएको तथा कतिपय अवस्थामा रसिदसमेत नदिने प्रवृत्तिले यो कार्य कर संकलनभन्दा बढी ‘रंगदारी’ जस्तो देखिएको चालकहरूको आरोप छ । खाली गाडीबाट समेत रकम उठाइने गरिएकोले यो स्पष्ट रूपमा गैरकानुनी रहेको उनीहरूको दाबी छ ।

कानुनी रूपमा स्थानीय तहलाई ‘जडीबुटी, कबाडी तथा जीवजन्तु कर’ उठाउने अधिकार भएपनि स्थानीय सरकार सञ्चालन ऐनले त्यस्तो अधिकार सीमित दायराभित्र मात्र प्रयोग गर्न मिल्ने व्यवस्था गरेको छ । राजमार्ग वा मुख्य आवागमन मार्गमा अव्यवस्थित रूपमा कर उठाउन पाइँदैन, साथै दररेट सार्वजनिक गर्नु र पारदर्शी प्रक्रिया अपनाउनु अनिवार्य हुन्छ । तर वीरगंजमा यी प्रावधानहरू खुल्लमखुल्ला उल्लंघन भइरहेको देखिन्छ ।

स्थानीय स्रोतका अनुसार महानगरपालिकाले चालू आर्थिक वर्षका लागि कर संकलनको ठेक्का ५ करोडभन्दा बढीमा दिएको छ । तर व्यवहारमा दररेट सार्वजनिक नगर्ने, सूचना बोर्ड नराख्ने र मनपरी असुली गर्ने प्रवृत्तिले प्रणाली नै अपारदर्शी बनेको छ । सुरक्षा निकायको भूमिकामाथि समेत प्रश्न उठेको छ । विभिन्न प्रहरी चौकी क्षेत्रका केही सुरक्षाकर्मीको मौन समर्थन वा मिलेमतोबिना यस्तो असुली सम्भव नहुने स्थानीयको आरोप छ । कुटपिट र दुर्व्यवहारका घटनामा उजुरी दिँदा पनि सुनुवाइ नहुने गुनासो बढ्दो छ ।

थकित अवस्थामा लामो दूरी पार गरेर आएका चालकहरू गाडी रोकेर विवाद गर्दा सामान चोरी वा आक्रमणको जोखिम हुने भएकाले बाध्य भएर रकम तिर्ने अवस्थाले समस्या अझ जटिल बनेको छ । सांसद पन्तले अवैध असुली तुरुन्तै बन्द गर्न र दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै कानुनविपरीत कुनै पनि प्रकारको शुल्क अस्वीकार्य हुने स्पष्ट पारेका छन् ।

यसअघि नै सरकारबाट समेत यस्तो असुली रोक्न आदेश जारी भइसकेको अवस्थामा अब यसको कार्यान्वयन कति प्रभावकारी हुन्छ भन्ने प्रश्न प्रमुख बनेको छ । वीरगंजमा कर संकलनको नाममा भइरहेको अव्यवस्थित र गैरकानुनी गतिविधिले सुशासन, पारदर्शिता र राज्यप्रतिको विश्वासमाथि गम्भीर चुनौती खडा गरेको छ । नागरिक र व्यवसायीहरू अब ठोस कारबाही र स्थायी समाधानको अपेक्षामा छन् ।

Tags: वीरगंज नाकामा ‘रंगदारी कर’ : कानुन कमजोर कि नियत ?
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि