Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘कबाडी कर’को आडमा वीरगंजमा खुला रंगदारीः राजमार्गमै अवैध असुलीको आतँक, प्रशासन मौन

स्थानीय तहलाई ‘जडीबुटी, कबाडी तथा जीवजन्तु कर’ उठाउने अधिकार प्रदान गरिएको छ । तर, उक्त अधिकार निश्चित सीमाभित्र मात्र प्रयोग गर्न मिल्ने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार राजमार्ग वा मुख्य आवागमन मार्गमा यसरी अव्यवस्थित ढंगले कर संकलन गर्न पाइँदैन ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २४, २०८२
‘कबाडी कर’को आडमा वीरगंजमा खुला रंगदारीः राजमार्गमै अवैध असुलीको आतँक, प्रशासन मौन

वीरगंज (पर्सा), २४ चैत । वीरगंजमा ‘कबाडी कर’को नाममा भइरहेको अवैध रकम असुली पुनः विवादको केन्द्रमा आएको छ । स्थानीय बासिन्दा र सवारी चालकहरूले ठेक्का व्यवस्थापनमा संलग्न कर्मचारीहरूले विभिन्न नाकाहरूमा दबाबपूर्ण शैलीमा रकम उठाइरहेको आरोप लगाएका छन् । विशेषगरी वीरगंज–२२ स्थित जगरनाथपुर चोक आसपास खटिएका व्यक्तिहरूले आइसिपी क्षेत्रबाट बाहिरिने भारतीय नम्बर प्लेटका मालवाहक सवारीसाधनलाई लक्षित गरी मनपरी ढंगले पैसा असुल्ने गरेको गुनासो बढ्दै गएको छ ।

चालकहरूको भनाइमा, यस्तो गतिविधि सामान्य कर संकलनभन्दा बढी ‘रंगदारी’ जस्तै देखिएको छ । उनीहरूले स्थानीय सुरक्षाकर्मीको मौन समर्थन वा मिलेमतोबिना यस्तो कार्य सम्भव नहुने दाबी गरेका छन् । जगरनाथपुर चोकसहित विभिन्न ढाटहरूमा खाली गाडीबाट समेत रकम उठाइने गरिएको छ, जुन स्पष्ट रूपमा कानुनी मापदण्डविपरीत रहेको उनीहरूको भनाइ छ ।

कानुनी दृष्टिले हेर्दा, स्थानीय तहलाई ‘जडीबुटी, कबाडी तथा जीवजन्तु कर’ उठाउने अधिकार प्रदान गरिएको छ । तर, उक्त अधिकार निश्चित सीमाभित्र मात्र प्रयोग गर्न मिल्ने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार राजमार्ग वा मुख्य आवागमन मार्गमा यसरी अव्यवस्थित ढंगले कर संकलन गर्न पाइँदैन । साथै, करको दररेट स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्ने, सूचना बोर्ड राख्नुपर्ने र पारदर्शी प्रक्रिया अपनाउनुपर्ने कानुनी दायित्व पनि अनिवार्य छ । तर, वीरगंजका विभिन्न स्थानमा यी प्रावधानहरूको खुला उल्लंघन भइरहेको देखिन्छ ।

स्थानीय स्रोतका अनुसार महानगरपालिकाले चालू आर्थिक वर्षका लागि उक्त कर संकलनको ठेक्का ५ करोडभन्दा बढी रकममा स्वीकृत गरेको छ । ठेक्का सम्झौतामा स्पष्ट दररेट निर्धारण गरी सार्वजनिक सूचना राख्नुपर्ने शर्त भएपनि व्यवहारमा यस्तो व्यवस्था कार्यान्वयनमा आएको देखिँदैन । यसले कर संकलन प्रक्रियामा अपारदर्शिता र दुरुपयोगको सम्भावना बढाएको छ ।

चालकहरूले प्रतिगाडी ४ सयदेखि ७ सय रुपैयाँसम्म जबर्जस्ती असुली भइरहेको बताएका छन् । भारतीय सवारीबाट २८० भारतीय रुपैयाँसम्म लिने गरिएको उल्लेख गर्दै उनीहरूले रकम तिर्न अस्वीकार गरे दुर्व्यवहार, कुटपिट तथा धम्कीसमेत खेप्नुपरेको गुनासो गरेका छन् । कतिपय अवस्थामा रसिदसमेत नदिने वा माग्दा आनाकानी गर्ने गरिएको आरोप छ, जसले यो कार्य झन् शंकास्पद बनाएको छ ।

सुरक्षा निकायसम्बन्धी अर्को गम्भीर आरोप पनि सतहमा आएको छ । वडा प्रहरी कार्यालय श्रीपुर, सुगौली, अलौ तथा परवानीपुर क्षेत्रका केही सुरक्षाकर्मीलाई प्रभावमा पारेर यस्तो असुली भइरहेको स्थानीयहरूको दाबी छ । कुटपिट र दुर्व्यवहारका घटनामा दर्जनौँ उजुरी दिइएपनि प्रभावकारी सुनुवाइ नभएको भन्दै चालकहरू आक्रोशित छन् । लामो दूरी पार गरेर आएका चालकहरू थकित अवस्थामै हुने, गाडी रोकेर विवादमा उत्रिँदा सामान चोरी हुने जोखिम रहने र शारीरिक आक्रमणको डर हुने भएकाले उनीहरू मागिएको रकम तिर्न बाध्य हुने अवस्था सिर्जना भएको छ ।

यसले राज्यको कानुनी संरचना र सुशासनप्रतिको विश्वासमै प्रश्न उठाएको छ । यसबाहेक, वीरगंजमा सवारी करका नाममा पनि यस्तै प्रकारको अवैध असुली भइरहेको स्थानीयको गुनासो छ । पछिल्लो समय सुधारको अपेक्षा गरिएको भएपनि व्यवहारमा स्थिति यथावत् रहनुले नागरिकमा निराशा बढाएको देखिन्छ । स्थानीय तहलाई प्रदान गरिएको कर संकलनको अधिकार सेवा प्रवाह र राजस्व व्यवस्थापनका लागि हो, नकि मनपरी ढंगले नागरिकलाई दुःख दिने माध्यमका रूपमा प्रयोग गर्न ।

Tags: ‘कबाडी कर’ कि ‘रंगदारी कर’ ? सडकमै कानूनको धज्जी उडाइँदै
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि